म्यादी प्रहरीमा युवाको आकर्षण
बारामा नौ हजार ४५२ जना युवाले बुधबारसम्म म्यादी प्रहरीमा आवेदन दिएका छन्। सरकारले समयमा रोजगारी सिर्जना नगर्दा बेरोजगारी समस्या बढ्दै गएकाले म्यादी प्रहरीमा बेरोजगार युवाको आकर्षण बढेको हो। जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतका इलाका प्रहरी कार्यालयमा बुधबार १३९ जना महिला र एक हजार १९० जना पुरुषले एकै दिन आवेदन दिएका हुन्। आउने मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशको निर्वाचनमा शान्ति सुरक्षाको लागि नेपाल प्रहरीबाट आह्वान भएको म्यादी प्रहरी भर्नामा आठवटै जिल्लाबाट बुधबारसम्म महिला, पुरुष गरी ५८ हजार ६८८ जनाले आवेदन दिएका छन्। यता बाराबाट दुई हजार २१५ महिला, सात हजार २३७ पुरुष गरी नौ हजार ४५२, पर्साबाट एक हजार १६१ महिला,
चाडबाडको मुखमा भुक्तानी पाउँदा कृषक मक्ख
सरकारले यो वर्ष उखु किसानलाई दशैअगि नै अनुदानको रकम उपलब्ध गराएको छ । चाडवाडको मुखमा अनुदान पाएपछि उखु किसान मक्ख छन् ।
नागरिकतामा ह्वात्तै चाप बढ्यो
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नागरिकता बनाउन पुग्ने सेवाग्राहीको चाप ह्वात्तै बढेको छ। कार्यालयका प्रशासकीय अधिकृत राजकुमार थापाका अनुसार नागरिकता फाँटमा दुई दिनदेखि सेवाग्राहीको चाप अत्यधिक बढेको हो। कार्यालयबाट नयाँ र प्रतिलिपि गरी दैनिक १८० देखि दुई सयको हाराहारीमा नागरिकता जारी हुने गरेको छ।
ग्रामीण महिला आङ खस्ने समस्याबाट पीडित
महोत्तरीका ग्रामीण महिला यौन रोग तथा प्रजनन् स्वास्थ समस्याबाट लामो समयदेखि पीडित छन् । परीक्षणका क्रममा स्थानीय महिला पाठेघर मुखको क्यान्सर, आङ खस्ने, यौनजनित रोग तथा अनियमित महिनाबारीजस्ता समस्याबाट पीडित रहेको चिकित्सकको भनाइ छ ।
पोषण योजना तर्जुमा गर्दा मुसलिमलाई प्राथमिकता दिन सुझाव
मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले बहुक्षेत्रीय पोषण योजना तेस्रो तजुर्मा गर्दा दलित र मुसलिम समुदायलाई लक्षित कार्यक्रमलाई प्राथमिकतामा राख्न सुझाव दिनुभएको छ ।
कञ्चनरुपमा ६ जना डेङ्गु सङ्क्रमित
सप्तरीको खडक नगरपालिका– ८ मा डेङ्गु सङ्क्रमित एक जना ६५ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको छ भने ६ जनामा संक्रमण देखिएको छ । सप्तरीको कञ्चनरूप नगरपालिकाका १० जनामा चेकजाँच गर्दा ६ जनामा डेङ्गु संक्रमण देखिएको स्वास्थ्य केन्द्रले जनाएको छ । भदौ २४ गते कञ्चनरूपको वडा नम्बर– ११ को ४५ वर्षीय पुरुष, वडा नम्बर ६ का २४ वर्षीय पुरुष र वडा नम्बर ८ का १७ वर्षीय बालकमा डेङ्गु देखिएको थियो ।
राष्ट्रपतिबाट संविधानको उल्लङ्घन भयो : पूर्व राष्ट्रपति यादव
पूर्व राष्ट्रपति डा.रामवरण यादवले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दुई पटक पास भएर गएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेको बताउनु भएको छ।
छुट नपाइने, ब्याज तिर्नुपर्ने
नेपाल विद्युत् प्राधिकरण जलेश्वर वितरण केन्द्रको लापरबाहीका कारण यहाँका उपभोक्ताले छुट पनि लिन पाउँदैनन् भने महसुलमा ब्याज पनि तिर्नुपर्ने दोहोरो मर्का खेप्दै आएका छन्। केन्द्रले मिटर रिडिङ गरेर समयमै डाटा अद्यावधिक नगर्दा डिजिटल तथा इलेक्ट्रोनिक बैङ्किङ सेवाको माध्यमबाट विद्युत् महसुल तिर्ने ग्राहकले दोहरो मर्का खेप्दै आउनुपरेको हो।
जन्मकैद भएका पूर्वसांसदसहित अठतीस जना रिहा
संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा भएर वीरगञ्ज कारागारबाट ३८ जना कैदीबन्दी रिहा भएका छन्। ४० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीमध्ये ४० जनाको नाम रिहाइका लागि सिफारिस गरिएकोमा ३८ जनाको कैद मिनाहा भएको वीरगञ्ज कारागारका जेलर मदन घिमिरेले जानकारी दिनुभयो। जसमा ६ जना महिला र ३२ जना पुरुष गरी जम्मा ३८ जना रहेका छन्।
डेङ्गु नियन्त्रणमा बेवास्ता
देशव्यापी डेङ्गुको सङ्क्रमण फैलिए पनि सर्लाहीमा सामान्य सतर्कतासमेत अपनाइएको छैन। यहाँका स्थानीय तहले सङ्क्रमण नियन्त्रणका लागि बेवास्ता गरेका छन्। स्वास्थ्य कार्यालय मलङ्गवाका अनुसार सर्लाहीमा अहिले डेङ्गुका १२ जना सङ्क्रमित छन्। भदौ लागेयता काठमाडौँबाट आएकालाई परीक्षण गर्दा १२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको र उनीहरूको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय मलङ्गवाका निमित्त प्रमुख डा. नवलकिशोर झाले जानकारी दिनुभयो। उहाँका अनुसार सर्लाहीमा प्रादेशिक अस्पताल मलङ्गवामा डेङ्गुको निःशुल्क परीक्षण हुन्छ। स्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्रमा पनि डेङ्गु
सिम्रौनगढमा झड्प, कार्यालयमा तोडफोड
सिम्रौनगढ नगरपालिकाले बिद्यार्थीको भ्रमण खर्च उपलब्ध नगराएको बिषयमा विवाद हुँदा झडप भएको छ । विद्यार्थीले नगरपालिकामा तोडफोड गरेका छन् । दुई पक्षबीच झडप भएपछि प्रहरीले अवस्था नियन्त्रण गर्न हवाई फायर पनि गरेको छ ।
एक हजार सात सयभन्दा बढी नयाँ सवारीसाधन वीरगञ्ज नाकामा अलपत्र
भारतसहित तेस्रो मुलुकबाट नेपाल भित्रिने तयारीमा रहेका करिब एक हजार ७०० बढी नयाँ साना ठूला सवारी साधन वीरगञ्ज नाकामा अलपत्र अवस्थामा रहेका छन् ।
पुरानालाई हटाएर नयाँलाई नियुक्ति
निर्वाचित भएर आएपछि पहिलो कदम स्वरूप करारका कर्मचारीलाई कामबाट हटाएका सर्लाहीका जनप्रतिनिधिले अहिले फेरि नयाँ कर्मचारी नियुक्ति गर्न थालेका छन्। जिल्लाका २० मध्ये अधिकांश स्थानीय तहले आ–आफ्नो पालिकामा करारका नयाँ कर्मचारी राखिसकेका छन्। अघिल्ला जनप्रतिनिधिले नियुक्ति दिएर राखेका कर्मचारीलाई नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि गएको असार मसान्तदेखि कामबाट हटाइएको थियो।
‘प्रण गरौँ : आत्महत्या गर्दिनँ, गर्न दिन्नँ’
मधेश प्रदेशका जिल्लामा आत्महत्याका घटनामा वृद्धि भएको पाइएको छ। उच्च मनोबलले आत्महत्याको घटनालाई रोक्न निकै मद्दत पुग्ने र त्यस किसिमको वातावरण र अवस्था सिर्जना गरेर यस्तो घटनालाई नियन्त्रण गर्न सकिने यस क्षेत्रका विज्ञले बताउनुहुन्छ। ‘आत्महत्या रोक्न आजबाटै प्रण गरौँ, आत्महत्या गर्दिनँ, गर्न दिन्नँ,’ भन्ने कुरालाई आत्मसात् गरी व्यवहारमा देखाउनुपर्छ।
विश्वविद्यालय र मालपोतबीच सम्झौता
मधेश कृषि विश्वविद्यालय सञ्चालन गर्न सङ्घ सरकारका तर्फबाट मालपोत कार्यालय सप्तरी र विश्वविद्यालयबीच चालिस वर्षको सम्झौता भएको छ। नेपाल सरकारको भदौ २१ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम जग्गा भाडा तथा लिजसम्बन्धी भू–कार्यनीति–२०७९, अनुसार सप्तरी मालपोत र मधेश कृषि विश्वविद्यालयबीच शुक्रबार सो सम्झौता गरिएको मधेश कृषि विश्वविद्यालयका रजिस्ट्रार भगवान् ठाकुरले जानकारी दिनुभयो।
रक्सौल बजारमा थामिनसक्नु भीड
वीरगञ्जको रानीघाटमा बस्ने जयकिशन यादव शनिबार बिहान ११ बजे एउटा बोरा साइकलको पछाडि त्यसमाथि दुई प्याकेट बिस्कुट अनि साइकलको ह्यान्डलको दुवैतर्फ दुई झोला झुन्ड्याएर भारत सीमावर्ती बजार रक्सौलबाट आउँदै हुनुहुन्थ्यो। करिब आधा भरिएको जस्तो देखिने उक्त बोरामा पाँच किलो आलु, पाँच किलो प्याज रहेको एउटा झोलामा तीन लिटर खाने तेल, दुई लिटर रिफाइन तेल, छवटा नुहाउने साबुन, छवटा कपडा धुने साबुन र तीन किलो सर्फ थियो। अर्को झोलामा पाँच किलो चिनी, चियापत्ती, मसला, अगरबत्ती, चिउरा र सखर (भेली) रहेको उहाँले बताउनुभयो।
मिटरब्याजी रकम तिर्न नसक्दा आत्महत्या
बाराको महागढीमाई नगरपालिका –४ दहियार टोलका सिभिल इञ्जिनियर प्रभात जैसवाल (४०) ले मिटरव्याजको चक्रीय व्याज तिर्न नसक्दा आत्महत्या गरेको खुलेको छ ।
म्यादीमा युवाको झुत्ती
आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना गर्न लागिएको म्यादी प्रहरीमा युवाको व्यापक ‘क्रेज’ देखिएको छ। आवेदन खुलेको बिहीबार पहिलो दिन नै मधेश प्रदेशमा आठ हजारभन्दा बढीको आवेदन परेको छ। जनकपुरस्थित मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशको आठ जिल्लाबाट दुई हजार २९७ महिलासहित आठ हजार ४१३ जनाको आवेदन परेको हो। सबैभन्दा बढी सप्तरी जिल्लाबाट ४३५ महिलासहित एक हजार ६०३ जनाको आवेदन परेको छ। पर्सा जिल्लाबाट सबैभन्दा कम २२९ महिलासहित ६९२ जनाको मात्र आवेदन आएको छ। त्यस्तै महोत्तरीबाट २६० महिलासहित ७८५ जनाको आवदेन परेको जनाएको छ।
लिम्पियाधुरासहितको पुस्तक तत्कालीन प्रमले रोके
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले आफू शिक्षामन्त्री हुँदा कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेटेर तयार पारिएको पाठ्यक्रम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेको दाबी गर्नुभएको छ। धनुषाको ढल्केबरमा शहीद गणेशबहादुर जर्घामगरको १९औँ स्मृति दिवस तथा स्वास्थ्यकर्मी रामकुमार महतोद्वारा लिखित संस्मरणात्मक पुस्तक सार्वजनिक गर्दै उहाँले शिक्षा मन्त्रालयले कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेटेर तयार पारेको पाठ्यक्रम तत्कालीन प्रधानमन्त्री ओलीले रोकेको दाबी गर्नुभएको हो।
राजमार्गमा दर्जनभन्दा बढी विद्युतीय चार्जिङ स्टेसन
विद्युतीय सवारीसाधनको प्रयोग र प्रवद्र्धनमा जोड दिँदै आएको नेपाल विद्युत् प्राधिकरणले बर्दिबासमा चार्जिङ स्टेसन स्थापना गर्न लागेको छ। प्राधिकरण र नेपाल प्रहरीबीच भएको सम्झौताअन्तर्गत इलाका प्रहरी कार्यालय बर्दिबासको परिसरमा निर्माण कार्य सुरु भएको हो। यसका लागि बर्दिबास प्रहरीले आवश्यक जग्गा उपलब्ध गराएको छ भने ठेकेदार कम्पनीले चार्जिङ मेसिन, ट्रान्सफर्मर, पोललगायतका आवश्यक सामग्रीसमेत निर्माण स्थलमा पु¥याएका छन्। सेवा पनि छिट्टै सुरू हुने जनाइएको छ। चाइनिज ठेकेदार ‘वाङ बान डिजिटल इनर्जी कम्पनी’ र नेपाल विद्युत् प्राधिकरणबीच मुलुकका ५१ ठाउँमा चार्जिङ स्टेसन स्थापना गर्ने सम्झौताअन्तर्गत बर्दिबासमा पनि निर्माण हुन लागेको हो। चिनिया ठेकेदार कम्पनीका नेपालस्थित प्रतिनिधि ‘दीगो’का प्रोजेक्ट म्यानेजर शिव
महिलाद्वारा जितवाहनको पूजा र कथा श्रवण
तराई मधेशका महिलाले मनाउने पर्व जितीया पर्वको दोस्रो दिन शनिबार व्रतालुहरुले उपवास बसी जितवाहनको पूजागरी कथा श्रवण गरेका छन् । शुक्रबारदेखि नहाय खायबाट सुरु भएको जितीया पर्वको दोस्रो दिन जितीया व्रतको कथा सुनेर जितीया मनाएका हुन् । जितीयाको तेस्रो दिन आइतवार साँझ ५ वजेतिर सम्पन्न हुनेछ ।
परिवर्तनको संवाहक जितिया पर्व
सन्तती स्नेह एवम् उत्सर्गको पवित्र पर्व जीतिया सुरु भएको छ । मधेश तराईका आमाहरुले आफ्ना सन्तानको सुरक्षा, दीर्घायु र प्रगतिका लागि २४ घन्टाभन्दा बढी समय निराहार व्रत बसेर यो पर्व मनाउने परम्परा छ ।
उजुरीले थिचिएको छ स्थानीय न्यायिक समिति
न्यायलाई छिटो छरितो र सर्वसुलभ बनाउने उद्देश्यले गठन भएका ‘स्थानीय न्यायिक समिति’ ले संविधानको परिकल्पनाअनुसार जिम्मेवारी बहन गर्न नसक्दा यसको आवश्यक्ता र औचित्यमाथि प्रश्न उठ्न थालेको छ। समयमै न्याय निरुपण हुन सक्दा समितिमा उजुरीको चाङ लागेको छ। न्यायिक समितिले साध–सिमाना, अंशबन्डा, झैझगडा, घरायसी विवादजस्ता स्थानीय तहमा घट्ने देवानी प्रकृतिका मुद्दाहरू निरुपण गर्ने संवैधानिक व्यवस्था छ। यसले एक वर्षसम्म कैद हुन सक्ने फौजदारी प्रकृतिका मुद्दा पनि हेर्न पाउँछ। स्थानीय प्रशासन ऐनअनुसार न्यायिक समितिलाई १३ प्रकारका मुद्दा हेर्ने अधिकार छ तर अधिकार र दायित्वअनुसारको न्यायसम्पादन गर्न नसकेको समितिकै पदाधिकारीको स्वीकारोक्ति छ।
क्षतिपूर्तिको सत्ताइस लाख लिएर दोस्रो बिहे
विदेशमा छोराको मृत्युपछि पाउने अनुदानको २७ लाख रुपियाँ लिएर बुहारीले अर्को बिहे गरेपछि एक परिवार बिचल्लीमा परेका छन्। बाराको आदर्श कोतवाल गाउँपालिका–८, कोतवाली टोल बस्ने २१ वर्षीया बुहारी रिन्कुदेवी साहले सो रकम लिएर भारतको बिहार राज्य घोडासहन थाना अठमुहान गाउँ पञ्चायतमा अर्को (दोस्रो) बिहे गरेको उनका ससुरा ७२ वर्षीय झापस साह कानुले बताउनुभएको छ।