• १२ साउन २०८१, शनिबार

सर्लाही ४ (क)मा कांग्रेसका वीरेन्द्रप्रसाद सिंह विजयी

blog

धनुषा, मङ्सिर ११ गते । सर्लाही निर्वाचन क्षेत्र नं. ४ (क)मा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्रप्रसाद सिंह विजयी हुनुभएको छ ।

सिंहले १५ हजार ६९३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रामबाबु रायले १४ हजार ६१६ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, जनमत पार्टीका उम्मेदवार प्रमोदकुमार रायले दुई हजार ३८८ र बहुजन एकता पार्टी नेपालका उम्मेदवार शुवलाल रामले दुई हजार २०८ मत प्राप्त गर्नुभएको छ ।