बजेट कटौतीले मारमा मिडिया
मधेश प्रदेश सरकारको नेतृत्व परिवर्तनको सिधा मारमा स्वरोजगारमूलक सञ्चार माध्यम परेको छ। प्रदेश सरकार सञ्चारमैत्रीभन्दा विरोधी जसरी प्रस्तुत भएको सञ्चारकर्मी तथा सञ्चार उद्यमीहरूको आरोप छ। नीतिगत रूपमै मधेश प्रदेश सरकारले सञ्चार माध्यमलाई दिँदै आएको लोककल्याणकारी विज्ञापनसहित नियमित बजेटमा चार गुणा कटौती गरेका कारण सरकार सञ्चारमैत्री नभएको उनीहरूको आरोप छ। अघिल्लो प्रदेश सरकारले प्रदेशका विभिन्न सञ्चार माध्यमको संरक्षण, संवर्धन र क्षमता अभिवृद्धिका लागि आमसञ्चार प्राधिकरण नै गठन गरेर लोककल्याणकारी विज्ञापनका लागि बजेट विनियोजन गर्दै आएको थियो।
काठ मापनको ‘हवर फर्मुला’ खारेजीको माग
नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष मञ्जिलबाबु मास्केले सरकारको नीतिगत कमजोरीले वन पैदावारको राजस्व, उपयोग र कारोबारमा बेथिति बढ्दै गएको बताउनुभएको छ । उहाँले एकातिर मुलुकका बहुमूल्य काठ बिक्री हुन नसकेको र अर्कोतिर अर्बौं रुपियाँका विदेशी काठ र सामग्री आयात भएकाले वन नीतिमाथि विविध प्रश्न खडा भएको बताउनुभयो ।
मधेश प्रदेश सरकारको मन्त्रिपरिषदले पायो पूर्णता
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाँचौ पटक मन्त्रिपरिषद बिस्तार गर्नुभएको छ । सोमबार गृह सञ्चार तथा कानून मन्त्रीमा नेपाली काँग्रेसका मोहम्मद समिम र श्रम तथा यातायात मन्त्रीमा जनमत पार्टीका चन्दन सिंहलाई नियुक्त गरेपछि मुख्यमन्त्री यादव नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाएको हो ।
महोत्तरीका लेखापाल राउतविरुद्ध एक लाख २५ हजार भ्रष्टाचार मुद्दा
महोत्तरीको सम्सी गाउँपालिका लेखापाल रौशन कुमार राउतविरुद्ध एक लाख २५ हजार भ्रष्टाचार आरोपको मुद्दा दायर भएको छ ।
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
सप्तरीको बोदेबर्साईन नगरपालिका वडा न. ३ मा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
'हवर फर्मुला' खारेजीको माग
नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष मंजिलबाबु मास्केले सरकारको नीतिगत कमजोरीले वन पैदावारको राजस्व, उपयोग र कारोबारमा बेथिति बढ्दै गएको बताउनुभएको छ ।
मध्य साउनमा खानेपानीकै हाहाकार
मध्य साउनमा जताततै पानीको छेलोखेलो हुनुपर्नेमा महोत्तरीमा भने खानेपानीकै हाहाकार पर्न थालेको छ । पानीका स्रोतका मुहान धमाधम सुक्दै गएपछि यहाँ खानेपानीको हाहाकार पर्दै गएको हो ।
मधेस प्रदेश सरकारका दुई मन्त्रीद्वारा राजीनामा
मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिनुभएको छ । प्रदेश सरकारका विना विभागीय मन्त्री वसन्त कुशवाहा र विना विभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाउनुभएको हो । उहाँहरु दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी हुनुहुन्थ्यो ।
मुसहर महिलालाई बाख्रा वितरण
चन्द्रनगर गाउँपालिकामा ३१ परिवार मुसहरलाई बाख्रा वितरण गरिएको छ। मुसहर समुदायको उत्थानमा क्रियाशील संस्था साउथ एसिया पार्टनरसिप नेपाल (साप–नेपाल) ले अति विपन्न मुसहर परिवारलाई जीविकोपार्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले बाख्रा बाँडेको हो।
सुख्खा क्षेत्र घोषणाको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र
मधेश प्रदेशलाई तत्काल सुख्खा क्षेत्र घोषणागरी पीडित किसानलाई राहत र क्षतिपूर्ति दिनुपर्नेसहितका पाँच सूत्रीय माग राख्दै नेकपा (एमाले) ले मुख्यमन्त्री सरोज यादवलाई ज्ञापनपत्र बुझाएको छ ।
सागरनाथ वन विकास परियोजनाभित्र काठ तस्करी बढ्दो
वन रक्षकसहित सम्पूर्ण कर्मचारी तलब माग गर्दै काठमाडौँमा आन्दोलन गर्न पुगेपछि सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा काठ तस्करी बढेको छ ।
साइकलबाटै काठ तस्करी
काठ तस्करहरूले ट्रयाक्टर, बयलगाडा र ट्रक जस्ता साधन छाडेर पछिल्लो समय काठ चोरी तस्करीमा साइकलको प्रयोग गर्न थालेको घटनाक्रमले देखाएका छन् ।
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
महोत्तरीको सोनमा गाउँपालिका– ५ खैरबन्नीमा मामाघर आएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
सात करोडभन्दा बढीको सामान बरामद
सशस्त्र प्रहरीले नेपाल भारत सीमा नाकाबाट तस्करी भई आएका ७ करोडभन्दा बढी मूल्यका सामान पक्राउ गरेको छ ।
पानी बाँड्दै गाउँपालिका
चापाकलमा पानी सुकेपछि सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बस्तीमा ट्याङकर पठाएर खानेपानी वितरण गर्न सुरु गरेको छ। खडेरीका कारण गाउँपालिकाभरि खानेपानीको चरम अभाव हुन थालेपछि ट्याङकरबाट पानी वितरण गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो। “चापाकल सुकेपछि खानेपानीको हाहाकार हुन थाल्यो, त्यसैले बस्तीमै ट्याङक पठाएर पानी बाँडिरहेका छौँ,” उहाँले भन्नुभयो, “बिहान ४ बजेदेखि राति ८ बजेसम्म विभिन्न बस्तीमा ट्याङकर पठाएर स्थानीयवासीलाई पानी खुवाइरहेका छौँ।”
खानेपानी समस्या : दीर्घकालीन योजना बनाउन सुझाव
मधेश प्रदेश सरकारले शुक्रबार जलस्रोत विज्ञहरूसँग छलफल गरेको छ। लामो समयदेखि पानी नपरेपछि मधेश प्रदेशका केही जिल्लामा ग्राउन्ड वाटर लेभल घटेर चापाकलहरूमा पानी नआएपछि खानेपानीका लागि उत्पन्न समस्याको समाधान गर्ने विषयमा सो छलफल गरिएको हो। मधेश प्रदेश सरकारको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी विज्ञहरूले चुरेको दोहन र लामो समयदेखि पानी नपरेपछि ग्राउन्ड वाटर रिचार्ज नहुनुले यस प्रकारको समस्या आएको र यो झनै बढन सक्ने भन्दै समस्या समाधानका लागि मन्त्रालयले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गरी अघि बढनुपर्ने सुझाव दिनुभयो।
पानी माग्दै किसानले धनुष मन्दिरमा चढाए दुध
लामो खडेरीका कारण चिन्तित बनेका धनुषाधामका किसान वर्षाको कामना गर्दै धनुष मन्दिरमा दुध चढाएका छन् । साउन महिनाको दोस्रो साता बितिसक्दा समेत पानी नपरेर धान रोप्न नपाएर चिन्तित यहाँका किसान धनुषाधाममा रहेको प्रसिद्ध धनुष मन्दिरमा शनिबार दुध चढाएका हुन् ।
कतै खेत वाँझै कतै बाली बिरुवा सुक्दै
मनसुनी वर्षा नहुँदा महोत्तरीका अधिकांश खेतहरू बाँझै छन् । साउनको दोस्रो साता वित्न लाग्दा पनि यहाँ थोपो पानी नपरेपछि अकालको अवस्थाले किसानहरू चिन्तामा छन् ।
ढल्केबरमा राखियो राष्ट्रिय झन्डा
धनुषाको ढल्केबरमा राष्ट्रिय झन्डा राखिएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधामको मुख्य प्रवेशद्वार ढल्केबरमा शुक्रबार स्थानीय क्लब तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा १५ वटा राष्ट्रिय झन्डा राखिएको छ। पूर्वपश्चिम राजमार्गसँग जोडिएको नेपालकै सबैभन्दा ठुलो महेन्द्र पार्कका तीन वटै कुनामा मिथिला उद्योग वाणिज्य सङ्घ, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, मिथिला लायन्स क्लब र मिथिला ब्याडमिन्टन क्लब ढल्केबरले उक्त झन्डा राखेका हुन्।
राजविराज नगरपालिकाले अतिक्रमित संरचना भत्काइयो
राजविराज नगरपालिकाले अतिक्रमण गरी बनाएको संरचना शुक्रबार बेलुकीदेखि नगरक्षेत्रमा त्यस्ता संरचना भत्काउन सुरु गरेको छ । नगरपालिकाले सूचना जारी गरेर पनि खाली नगरिएको संरचना एक्स्काभेटर लगाएर भत्काउन सुरु गरिएको हो ।
जनकपुरमा सौन्दर्यीकरण र सडक निर्माणको काम हुने
मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र एशियाली विकास बैंक (एडीबी) को सहयोगमा दोस्रो पटक नगरको सौन्र्दयीकरण र कालोपत्रे सडकको निर्माणको काम हुनेभएको छ ।
रक्सौल–काठमाडौं रेलमार्गको रुट तय : १२ वटा स्टेसन रहने
नेपाल–भारत अन्तरदेशीय काठमाडौं–रक्सौल रेलमार्गको रुट तय भएको छ । भारतीय पक्षले रेलमार्गको अध्ययन गरेर नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा रुट समावेश भएको छ ।
‘लम्पी स्किन’ रोग नियन्त्रणको माग राखी प्रदर्शन
पशु चौपायामा फैलिरहेको ‘लम्पी स्किन’ रोग नियन्त्रणको माग राख्दै सर्लाहीको हरिवनमा शुक्रबार पीडितहरुले प्रदर्शन गरेका छन् ।
एउटै नम्बर प्लेटको दुई मोटरसाइकल फेला
धनुषामा एउटै नम्बर प्लेट भएका दुई वटा मोटरसाइकल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार साँझ जाँचका क्रममा एउटै नम्बर प्लेट भएका मोटरसाइकल फेला पारेको हो ।