शिवशिखर बहुउद्देश्यीय सहकारी अनियमितता, धितो लिलाम गर्दै बैङ्क
भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको विभिन्न जिल्लामा रहेको चलअचल सम्पत्ति लिलामी प्रक्रिया अघि बढ्ने भएको छ । नेपाल एसबिआई बैङ्कले सूचना प्रकाशित गरी जग्गासहित चलअचल सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएपछि बचतकर्ता झस्किएका छन् ।
साना सडकको जिम्मा पालिकालाई
सडक विभागले १५० किलोमिटर सडक काठमाडौँ र ललितपुर महानगरलाई हस्तान्तरण गर्ने भएको छ ।
स्ववियु निर्वाचनका लागि सङ्गठनबिच भागवण्डा
आगामी चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा रहेको तीन वटा विद्यार्थी सङ्गठनले नेतृत्वको लागि सहमति गरेका छन् ।
साहित्यमा काव्यात्मकताको चेत बढाऔं : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साहित्यमा काव्यात्मकताको चेत कमजोर हुँदै गएको बताउनुभएको छ ।
किङकमलाई भेट्रान्स कप उपाधि
१०औँ हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाडौँले चुमेको छ ।
पहिरो खसेर स्काभेटर दुर्घटना
राममणि दाहालहेटौँडा, फागुन २६ गते । मकवानपुर भीमफेदी गाउँपालिका –९ स्थित च्यानपाखामा ढुङ्गासहितको पहिरो खसेर स्काभेटर दुर्घटनामा परेको छ । भौतिक पूर्वाधार विकास कार्यालय हेटौँडाले निर्माण गर्दैगरेको गोलमोडदेखि फापरबारी जाने भित्री सडकखण्डको नयाँ सडक खन्नेक्रममा माथिबाट ढुङ्गासहितको पहिरो खसेर प्र.३–०१–००३ क ६८०९ नम्बरको स्काभेटर दुर्घटना हुँदा क्षतिभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार पहिरोले पुरिएर स्काभेटरको आधा भागमा क्षति भएको छ । मानवीय क्षति भने भएको छैन ।
नसर्ने रोगका प्रमुख कारण सूर्ति तथा मदिराजन्य पदार्थ : विज्ञ
सूर्ति तथा मदिराजन्य पदार्थको प्रयोग शरीरका लागि अति घातक रहेको विज्ञहरुले बताएका छन् । नसर्ने रोगको प्रमुख कारण सूर्ति तथा मदिराजन्य पदार्थ रहेको र यसको सेवनले अति घातक रोग निम्तिरहेको विज्ञहरुले बताएका हुन् ।
‘डिजिटल मिडिया अलायन्स’ गठन
डिजिटल माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सञ्चारमाध्यमका प्रतिनिधिहरूले ‘डिजिटल मिडिया अलायन्स’ (डिम्यानम) गठन गरेका छन् । आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीबाट औपचारिकरूपमा डिम्यानम घोषणा गरिएको हो ।
प्रज्ञा प्रतिष्ठानमा ललितकला प्रदर्शनीको रौनक (फोटो फिचर)
सामाजिक रुपान्तरण : ललितकलाको अभियानको मूल भावमा रही आयोजना गरिएको बागमती प्रादेशिक ललितकला प्रदर्शनी–२०८१ सामेबारदेखि सुरु भएको छ ।
प्रधानमन्त्रीबाट उप्रेतीको ‘मेरा अतीतका कथाहरू’ को लोकार्पण
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरू’ को सोमबार आयोजित कार्यक्रमबिच लोकार्पण गर्नुभएको छ ।
श्रम शक्तिको व्यवस्थापन गर्न नसक्दा मुलुक वैदेशिक रोजगारीको चपेटामा : श्रममन्त्री
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा श्रम बजारको व्यवस्थापन गर्न नसक्दा युवा जनशक्ति वैदेशिक श्रम बजारको चपेटामा परेको बताउनुभएको छ ।
अध्यक्ष प्रचण्डले मङ्गलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नुहुने
संसदबाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक २८ गते बस्ने प्रतिनिधिसभाको कार्यसूचीमा राखेर प्रक्रिया अघि बढाइने भएको छ । सोमबार सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरुको बैठकले सो निर्णय गरेको हो ।
हनुमन्ते खोलामा फेला परेको शवको पहिचान खुल्यो
भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित हनुमन्ते खोलामा शनिबार फेला परेको शवको पहिचान खुलेको छ । शनिबार अपराह्न ३ः४५ बजे हनुमन्ते खोलामा एक युवकको शव फेला परेको थियो ।
राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा चार विधेयक प्रमाणित
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चार वटा विधेयक प्रमाणित गर्नुभएको छ । अध्यक्ष दाहालले राष्ट्रियसभामा उत्पत्ति भएका चार वटा विधेयकलाई सोमबार प्रमाणीत गर्नुभएको हो ।
सूचनाको हक कार्यान्वयन परीक्षण निर्देशिका स्वीकृतिको अन्तिम चरणमा
राष्ट्रिय सूचना आयोगले सूचनाको हक कार्यान्वयन परीक्षण निर्देशिका, २०८१ स्वीकृतिको अन्तिम चरणमा रहेको जनाएको छ । सोमबार आयोगको कार्यालयमा पत्रकार सम्मेलन गरेर आयोगले यसबारे जानकारी गराएको हो ।
वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी हो : अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रतिगामी तत्त्वहरू सल्बलाउन थालेकाले परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।
निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयलाई आग्रह गर्नुभएको छ ।
‘सूचनाले सत्य र वास्तविकताको नजिक पुर्याउँछ’
बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सूचनाले सत्य र वास्तविकताको नजिक पुर्याउँदै सही दिशामा हिँड्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थाहरूलाई आग्रह गर्नुभएको छ ।
परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा सोमबार भारत प्रस्थान गर्नुभएको छ । मन्त्री डा. राणा भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा पूजाआजाका लागि पुग्नुहुने कार्यक्रम छ ।
वीर अस्पतालमा दुवै सिफ्टमा अपरेसन सेवा सुरु
देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेसन सेवा सुरु भएको छ । बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई सिफ्टमा सुरु गरेको हो ।
न्यायाधीशले फलको आस नगरी कर्म गर्नुपर्ने : पूर्वप्रधानन्यायाधीश कार्की
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरूले फलको आस नगरी कर्म गर्नुपर्ने बताउनुभएको छ । सोमबार ललितपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
महिला न्यायाधीश न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्छः प्रधानन्यायाधीश राउत
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महिला न्यायाधीशहरु नेपालको न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्ने बताउनुभएको छ । सोमबार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्त्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।