• १८ जेठ २०८२, आइतबार

“चलचित्र विधेयक, २०८१” राष्ट्रिय सभामा पेस

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ चलचित्र विधेयक २०८१ राष्ट्रियसभामा पेस गर्नुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौँ, जेठ ५ गते । सरकारले “चलचित्र विधेयक, २०८१” राष्ट्रियसभामा पेश गरेको छ । सोमबार बसेको बैठकमा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले “चलचित्र विधेयक, २०८१” राष्ट्रिय सभामा पेस गर्नुभएको हो ।

विधेयक पेस गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले वि.सं. २०२६ सालमा बनेको चलचित्र ऐनलाई समय सापेक्षा परिमार्जन गरी समावेशी एवम् सङ्घीय संरचना र नयाँ प्रविधिअनुरू बनाउन नयाँ चलचित्रसम्बन्धी विधेयक तर्जुमा गरिएको बताउनुभयो । 

चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगको रूपमा विकास गर्न, चलचित्रमार्फत देशलाई पर्यटन गन्तव्यको रूपमा अघि बढाउन, स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शन गर्नुअघि चलचित्र जाँच गर्ने व्यवस्था गर्न तथा स्वदेशी चलचित्र विकास, विस्तार र प्रवर्धन तथा नियमन गर्न आवश्यक भएको बताउनुभयो ।