कीर्तिपुरमा उपनिर्वाचनका लागि मतदान (फोटो फिचर)
कीर्तिपुर नगरपालिकामा शान्तिपूर्ण रुपमा विहान ७ बजेदेखि मतदान जारी छ । प्रमुख तीन दलका उम्मेदवारविच मुख्य प्रतिस्पर्धा रहेको नगरपालिकाको उपनिर्वाचनलाई महत्वका साथ हेरिएको छ ।
एड्स महामारी अन्त्यका लागि सहयोग गर्न मन्त्री पौडेलको अनुरोध
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य प्राप्त गर्न सहयोग गर्न सम्बन्धित सबैलाई अनुरोध गर्नुभएको छ ।
राष्ट्रपति पौडेलसमक्ष चार देशका राजदूतद्वारा शपथ ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका राजदूतले शपथ ग्रहण गर्नुभएको छ । आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलसमक्ष अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथ ग्रहण गर्नुभएको हो ।
‘राष्ट्रिय वाणिज्य बैंक अग्रणी बैंक बन्नुपर्छ’
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई एक नम्बर बैंक बनाउने गरी कार्य गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशीक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवन शनिबार उद्घाटन गर्नुहुँदै अर्थ मन्त्री पौडेलले बदलिँदो समयसँगै सबै कुराहरुलाई रुपान्तरण गरी अग्रणी बैंक बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
अनलाइनबाट हुने बालयौन दुर्व्यवहारविरुद्ध सचेतना कार्यक्रम
भ्वाइस अफ चिल्ड्रेनले अनलाइनबाट हुने बाल यौन दुर्व्यवहारविरुद्ध विद्यार्थीहरुलाई सचेतना कार्यक्रम गर्दै आएको छ । पछिल्लो समय कोभिड-१९ पछि अनलाइन शिक्षा लगायतका कार्यमा इन्टरनेट बढी मात्रामा प्रयोग भएसँगै अनलाइन बाल यौन दुर्व्यवहार र शोषणका घटनाहरु धेरै मात्रामा बढ्न थालको छ ।
हेटौँडा-१२ मा २६ सय मत खस्यो
स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. १२ को वडाध्यक्ष पदका लागि आइतबार भइरहेको मतदानमा झण्डै २६ सय मतदाताले मतदान गरेका छन् ।
आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक
आर्मी अफिसर्स क्लबमा शनिबार एक कार्यक्रमकाबीच उहाँले आफ्नो उक्त गीतको ‘भिडियो’ सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गीतमा शब्द र सङ्गीत पनि आयुमीकै छ ।
जुनार बजार लैजाने तयारी गर्दै किसान
सिन्धुली, मङ्सिर १६ गते । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ४ माझकुभिन्डेस्थित जुनार बगैँचाबाट जुनार बिक्री गर्न बजार लैजाने तयारी गर्दै किसान । तस्बिर ः रासस
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ ।
निर्वाचनमा तिनै निकायका सुरक्षाकर्मी परिचालन
हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदका लागि आइतबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । दुई वटै मतदान स्थलमा मतदान केन्द्र निर्माण, निर्वाचन
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ ।
संसदीय प्रतिनिधि मण्डल मलेसिया प्रस्थान
संसदीय अभ्यास सम्बन्धी अध्ययन तथा अवलोकनका लागि राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे नेतृत्वको १३ संसदीय संसदीय प्रतिनिधि मण्डल आज साँझ मलेसिया प्रस्थान गरेको छ ।
सिँढीमा लडेर ज्ञवालीको निधन
नेपाल शिक्षक सङ्घ नेता तथा पूर्व अध्यक्ष मोहनप्रसाद ज्ञवालीको निधन भएको छ । शुक्रवार साँझ करिब ८ः३० बजे काठमाडौँको धापासीस्थित हरिहर मन्दिरको सिँढीमा लडेर गम्भीर घाइते हुनुभएका ज्ञवालीलाई महाराजगन्ज वृत्तबाट खटिएको प्रहरी र स्थानीयले उद्धार गरी शिक्षण अस्पताल पुर्याएका थिए ।
घट्न थाल्यो तोरी उत्पादन
चितवन भन्नेबित्तिकै कुनैबेला तोरीको जिल्ला भनेर चिनिन्थ्यो तर अहिले तोरी खेती बिस्तारै घट्दो छ ।
सत्य निरूपण र कानुन आयोगमा फेरिए सचिव
न्याय सेवा आयोगले नेपाल न्याय सेवाका दुई सचिवको सरुवा गरेको छ । आयोगको शुक्रबारको बैठकले सचिव सरुवा गरेको हो ।
निजी विद्यालयलाई समस्या नहुने गरी ऐन बन्छः भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले निजी तथा संस्थागत विद्यालय सञ्चालकलाई अप्ठ्यारो नहुने गरी विद्यालय शिक्षा ऐन आउने बताउनुभएको छ ।
बिआरआई सम्झौतामा हस्ताक्षरको टुङ्गो
नेपाल र चीन सरकारबिचको सम्झौता अनुसार बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को कार्यान्वयन योजनामा दुई सरकारले हस्ताक्षर गर्ने टुङ्गो लागेको छ ।
प्रधानमन्त्री भोलि चीन जानुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणको तयारी तीव्र रूपमा भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बिआरआईमा साझा दृष्टिकोण
सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) चीन सरकारको बहुउद्देश्यीय परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) लाई नेपालको प्राथमिकता र राष्ट्रिय हितलाई दृष्टिगत गरी समझदारी गर्ने निष्कर्षमा पुगेका छन् ।
मत परिणाम निर्वाचन आयोगको वेबसाइटमा
स्थानीय तह उपनिर्वाचन, २०८१ को मतगणनाको अद्यावधिक परिणाम निर्वाचन आयोगले आफ्नो वेबसाइटमार्फत अद्यावधिक गर्ने भएको छ ।
स्थानीय तह उपनिर्वाचन आज
स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत मङ्सिर १६ गते आज (आइतबार) मतदान हुँदै छ । स्थानीय तहमा रिक्त रहेका ४१ पदका लागि मतदान हुने छ ।
पेट्रोलको मूल्य एक रुपियाँले बढ्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपियाँले बढाएको छ ।
हेटौँडा १२ को मतदान केन्द्रमा पुग्यो मतपत्र र मतपेटिका
स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाध्यक्ष पदको लागि आइतबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूराभएको छ।
बसबाट खसेर दुई जनाको मृत्यु
काठमाडौँको तारकेश्वर नगरपालिका–८ शेषमती लामबगर शान्तिटोल गेट नजिक सडकमा बा ४ ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको छ ।