ककनीमा स्ट्रबेरी खेती
नुवाकोट, मङ्सिर १८ गते । नुवाकोटको ककनी गाउँपालिका–२ स्थित ओख्लेमा स्थानीय किसानले गरेको व्यावसायिक स्ट्रबेरी खेती । यहाँ स्ट्रबेरी प्रतिकिलो रु. ६०० देखि रु. एक हजारसम्ममा खरिद बिक्री भइरहेको छ । तस्बिरः रासस
‘अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार संरक्षण गर्नुपर्छ ’
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।
महिलालाई प्रत्यक्ष चुनाव लड्न आर्थिकसँगै अरु के छन् चुनौती ?
महिला राजनीतिज्ञलाई प्रत्यक्ष चुनाव लड्न आर्थिक समस्या हुने गरेको सरोकारवालाहरुले औंल्याएका छन् ।
लामिछानेका घोषणा कार्यान्वयनविहीन
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्दा घोषणा गरेका कुनै पनि कार्यक्रम अगाडि नबढेकोमा निराशा व्यक्त गरेका छन् ।
‘समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व’
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्दै उहाँहरूको अर्थपूर्ण सहभागिता र नेतृत्वलाई व्यापक बनाउनुपर्ने बताउनुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : मध्यराति पर्यटनमन्त्रीद्वारा अवलोकन
मुलुकको व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको काम तीव्र गतिमा भइरहेको छ । गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तारका क्रममा समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’लगायत काम भइरहेको हो ।
पर्यटकीयस्थल दोलालघाटमा मोटरबोट परीक्षण
जिल्लाको पर्यटकीयस्थल भुम्लु गाउँपालिका दोलालघाट क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती दुई नदीमा स्टिमर (मोटरबोट) सञ्चालनको तयारी थालिएको छ । यसका लागि सम्झौताअनुसार परीक्षण भइरहेको गाउँपालिकाले जनाएको छ ।
झ्याउरे लयको प्रवर्धन गर्न जोड
नेपाली मौलिक झ्याउरे छन्दलयको प्रवर्धन गर्ने उद्देश्यसहित झ्याउरे लयबारे चर्चा गरिएको छ ।
एकासी हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आठ हजार १६६.८ मेट्रिक टन (८१ हजार ६६८ क्विन्टल) धान खरिद गरेको छ ।
‘क्रेडिट रेटिङको नतिजाले लगानी बढाउने’
सार्वभौम साख मूल्याङ्कन (क्रेडिट रेटिङ) को नतिजाले नेपालमा थप बाह्य लगानी बढाउने वातावरण बनाएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभएको छ ।
हाम्रो पे वालेटमा पाँच सय बढी सहकारीको खाताबाट रकम लोड गर्न सकिने
अब सहकारी संस्थाहरूको खाताबाट समेत ‘हाम्रो पे’मा रकम लोड गर्न सकिने भएको छ । सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैङ्क र डिजिटल वालेट ‘हाम्रो पे’ बिच यसका लागि सम्झौता भएको हो ।
अपाङ्गताका आधारमा गरिने विभेदलाई निषेध गर्नुपर्ने : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका नागरिकले पहिचानसहित मर्यादित र आत्मसम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्ने बताउनुभएको छ ।
सधैँ महँगो भान्सा
गत असोजको अविरल वर्षापछि काठमाडौँ उपत्यकामा बढेको तरकारीको भाउ अहिलेसम्म घट्न सकेको सकेको छैन, बरु दिनदिनै बढ्दो छ ।
अस्पतालका बिग्रिएका उपकरण मर्मत गर्दै आविष्कार केन्द्र
महावीर पुन नेतृत्वमा स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्रले वीर अस्पताल र कान्ति बाल अस्पतालका १२ वटा उपकरण मर्मत गरेको छ ।
नक्कली सुन देखाइ ठगी गर्ने छ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन देखाइ ठगी गर्ने छ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नक्कली सुन देखाइ मोरङ, सुनसरी र झापाका विभिन्न १० जनालाई ठगी गर्ने छ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
उपराष्ट्रपति यादवद्वारा अपाङ्गता दिवसको शुभकामना
उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने हक सुनिश्चितताका लागि सरोकार भएका सबैलाई आह्वान गर्नुभएको छ ।
जरिबाना तिर्न नसकेका ज्येष्ठ नागरिकले कैद छुट पाउने
सर्वोच्च अदालतले जरिबाना तिर्न नसकेर कैदमा रहेका ज्येष्ठ नागरिकले पनि कैद छुटको सुविधा पाउने व्याख्या गरेको छ ।
घण्टाघर घडीमा स्वचालित दम
त्रिचन्द्र क्याम्पस भन्नेबित्तिकै धेरैको दिमागमा एउटै वस्तुको चित्र झल्किन्छ, घण्टाघर ।
गलत इन्जिनियरिङले बढी क्षति
मुलुकको पूर्वाधार निर्माणमा पर्याप्त भूगर्भिक (जियो) तथा जैविक (बायो) इन्जिनियरिङको प्रयोग भएको देखिँदैन ।
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा बिजयी
दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी उमा मगर शेर्पा बिजयी हुनुभएको छ । आइतबार सम्पन्न भएको उपनिर्वाचनमा उपाध्यक्ष पदमा शेर्पाले २ हजार ८०५ मत ल्याएर बिजयी हुनुभएको हो ।
कीर्तिपुर नपाको प्रमुखमा कांग्रेसका डंगोल विजयी
कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी हुनुभएको छ । उहाँले पाँच हजार ३३४ मत ल्याएर विजयी हुनुभएको हो ।
गोरखापत्रबाट सापकोटाको बिदाइ
गोरखापत्रको बुहभाषिक पृष्ठ ‘नयाँ नेपाल’ मा कार्यरत रहनुभएका मञ्जु सापकोटालाई बिदाइ गरिएको छ । गोरखापत्र संस्थानमा सोमबार एक कार्यक्रम गरी उहाँको बिदाइ गरिएको हो ।
कीर्तिपुर नगर प्रमुख पदमा काँग्रेसका डंगोलको अग्रता कायमै
कीर्तिपुर नगर प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै रहेको छ ।
‘राष्ट्रलाई सही बाटोमा लैजान प्राज्ञ क्षेत्रको सहयोग गर्नुपर्छ’
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा आज काठमाडौँमा ‘प्राज्ञिक भेला २०८१’ आयोजना गरिएको छ ।