विपदबाट ७६ को मृत्यु, ७२ वेपत्ता : उद्धार कार्य जारी
लगातार परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुवानबाट शनिबार साँझसम्म मर्नेको सङ्ख्या ७६ पुगेको छ ।
गुरुकुलका ३३ जनाकाे सेनाको हेलिकोप्टरबाट उद्धार
सिन्धुलीको सुनकोसी गाँउपालिका–१ स्थित आदिलिंग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जनालाई २४ घण्टापछि शनिबार साँझ सकुसल उद्धार गरिएको छ ।
पहिरोमा पुरिएर एकै परिवारका आठजना बेपत्ता
काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका–२ ढडेनपाखामा अविरल वर्षासँगै आएको पहिरोबाट एकै परिवारका आठ सदस्य पुरिएका छन् ।
बाढीपहिरोले छजनाकाे मृत्यु, दुई बेपत्ता, लार्चा पुल बगायो
चित्र मिजारसिन्धुपाल्चोक, असोज १२ गते । निरन्तर परेको अविरल बर्षाका कारण बाढीपहिरोले सिन्धुपाल्चोक छजनाकाे मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । गएराती १ बजे घरमाथिबाट आएको पहिरोले लिसंखुपाखर गाउँपालिका–३ का दम्पतीको निधन भएको छ । सो गापाका अध्यक्ष राजु लामाकानुसार पहिरोले घरमा सुतिरहेका पूर्व वडा अध्यक्ष समेत रहनु भएका ७३ बर्षीया काजी लामा र उहाँकी धर्मपत्नी ७० बर्षीया सुन्तली तामाङको निधन भएको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी संतोष खड्काले जानकारी दिनुभएको छ । उनीहरु घरमा सुतिरहेका बेला घरमाथिबाट आएको पहिरोले पुरेको थियो । त्यस्तै सोही ठेगानाका आलोङ ग्रुङम्राङमा पहिरोले घर बगाउदाँ तिर्सना मोक्तान र उहाँकी दुई छोराछोरी गरी तिनै जनाको निधन भएको अध्यक्ष लामाले बताउनुभयो । इलाका प्रहरी कार्यालय जलविरेले दिएको जानकारीनुसार पहिरोले जुगल गाउँपालिका–१ कुनेगाउँका एकै परिवारका दुई जनाको निधन भएको छ । पहिरोले ४५ बर्षीय चित्रबहादुर मिजार र उहाँको ज्वाँई अविनाष नेपालीको मृत्यु भएको छ ।मिजारको धर्मपत्नी बर्ष ४५ की ठूलीकान्छी मिजार र अविनाषको ५ बर्षीय छोरा बेपत्ता छिन् । नेपाली र उहाँको छोरा मिजारको घरमा पाहुना आएका थिए । उक्त स्थानका १० घर पहिरो उच्च जोखिममा रहेका छन् । यस्तै सुनकोशी गापा–४ बिमरेनी स्थित सिन्धुवीच रिसोर्ट माथिबाट आएको पहिरोले दुई कोरियन नागरिक र एक नेपाली गाइड बेपत्ता भएका छन् । उक्त स्थानमा रिसोर्टमाथिबाट आएको पहिरोले १५ जना पाहुनालाई प्रहरीले सकुसल उद्धार गरेको एसपी खड्काले बताउनुभयो । यस्तै भोटेकोशी बाढी उर्लेपछि चीनको सीमा जोड्ने लार्चा बेलिबिज्र बगाएको एसपी खड्काले बताउनुभएको छ । सो पुल बगाएपछि उत्तरी सीमा चीन नाकाको आवगमन बन्द भएको छ । पुल बगाएपछि भोटेकोशी गापा–२ र ३ का बस्तीहरु आउजाउ बन्द भएको छ । सो पुलले उक्त दुई बस्ती जोडने गर्छ । पुल बगाएपछि तातोपानी नाकाबाट राजधानी जाने मालबाहक कन्टेनर पूर्ण रुपमा बन्द भएका छन् । पैदल यात्रा गर्न समेत जंगलको बाटो प्रयोग गर्नु पर्ने भएको छ । २०७४ साल साउनमा पनि बाढीले उक्त ठाउँमा रहेको पक्की पुल बाढीले बगाएको थियो । यस्तै लिपिङ पुल पनि बाढीले ६० प्रतिशत भाग खसालेको छ । यस्तै भोटेकोशी बाढीले भोटेकोशी गापा–२ स्थित नौ किलो पुरानो भ्यान पार्किङदेखि भोटेकोशी ४ गोलेपा, पाङशेर्पु गाउँ जोड्ने फलामे पुल बगाएको छ ।
पहिरोमा नेपाली सेनाका दुई जनासहित पाँच बेपत्ता
माथिल्लो तामाकोशी जलविद्युत आयोजनास्थलको संरचनाको लागि रहेको हेडवक्र्स नियन्त्रण कक्ष रहेको भवनमा पहिरो खस्दा पाँच जना बेपत्ता भएका छन् ।
पहिरोमा परी दशको मृत्यु, तेह्र जना वेपत्ता, विपी राजमार्ग पूर्ण रुपमा बन्द
अविरल वर्षासँगै आएको पहिरोमा परी काभ्रेपलाञ्चोकमा दश जनाको मृत्यु भएको छ ।
पहिरोले गोठ पुर्दा महिलाको ज्यान गयो
अविरल वर्षासँगै आएको पहिरोले गोठ पुर्दा रामेछापको रामेछाप नगरपालिका –६ च्यास्कु दारिम बोटमा एक महिलाको ज्यान गएको छ ।
घर भत्किँदा थिचिएर युवतीको मृत्यु
मकवानपुरको बागमती गाउँपालिका –३ स्थित सुक्खा सल्यनीमा पहिरोले भत्किएको घरले थिचिएर एक युवतीको ज्यान गएको छ ।
पहिरोले घर पुर्दा ३ को मृत्यु
अविरल वर्षापछि गएको पहिरोमा परेर दोलखाको भीमेश्वर नगरपालिका –६ मा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । सदरमुकाम चरिकोटस्थित सिमपानीमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ । एक जना बालकको जिबितै उद्दार गरिएको छ ।
काठमाडौँ उपत्यकामा बाढीपहिराेबाट ३४ जनाको मृत्यु, दुई हजार घर डुबानमा
बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिराेमा परी काठमाडौँ उपत्यकामा ३४ जनाको मृत्यु भएको छ ।
नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक
नारायणगढ–मुग्लिन–नागढुङगा सडकखण्डमा आइतबारसम्मका लागि सवारी आवागमनमा रोक लगाइएको छ ।
उद्धार र राहतका काममा सुरक्षा संयन्त्र सक्रिय
अविरल वर्षाका कारण उत्पन्न विषम परिस्थितिको सामना तथा तत्काल उद्धार तथा राहतका काम प्रभावकारी रूपमा सञ्चालन गर्न सुरक्षा निकाय एवम् संयन्त्र सक्रियतापूर्वक प्रभावित स्थानमा परिचालन भएका छन् ।
वर्षाजन्य विपद् : ललितपुरमा १८ जनाको मृत्यु
वर्षाजन्य विपदमा परी ललितपुरमा हालसम्म १८ जनाको शव फेला परेको छ ।
वर्षाजन्य विपदबाट भएको क्षतिप्रति कांग्रेस सभापतिद्वारा दुःख व्यक्त
देशको अधिकांश भूभागमा वर्षाका कारण बाढीपहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ ।
विपदमा देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता
दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन् ।
एन्फा एकेडेमीका ६ विद्यार्थी पहिरोमा बेपत्ता
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ टेकरस्थित वत्सला माविमा पढ्ने एन्फा एकेडेमीका ६ जना विद्यार्थी पहिरोले बगाएर बेपत्ता भएका छन् ।
देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द
अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपतिको चिन्ता
राष्ट्रपति रामचन्द्र पौडेलले लगातार परेको भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे चासो र चिन्ता व्यक्त गर्नुभएको छ ।
आज साँझदेखि वर्षा कम हुने
तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि बिस्तारै कम हुँदै जाने जानकारी दिनुभयो ।
देवघाट विद्युतीय शवदाह गृह कटानको जोखिम
देवघाटमा निर्माण सम्पन्न हुन लागेको विद्युतीय शवदाह भवन नारायणी नदीले डुबाएको छ ।
५० वर्ष अघिको गीत नयाँ संस्करणमा
वरिष्ठ गायक जुजुकाजी रंजितले ५० वर्ष अगाडि गाउनुभएको नेपाल भाषाको नाप च्वने मदुसां गीत पुनः नयाँ संस्करणमा सार्वजनिक भएको छ ।
पहिरोबाट माथिल्लो तामाकोशी आयोजनामा क्षति, सबै ढोका खुल्ला
अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्स)मा क्षति पुर्याएको छ ।
‘बेवास्ता गर्दा धेरैको अदृश्य रूपमा ज्यान जान्छ’
पछिल्ला केही वर्षमा जनावरको टोकाइबाट सर्ने रेबिज रोग प्रमुख जनस्वास्थ्यको समस्याका रूपमा देखा परेको छ ।
उद्धार र राहतमा सरकार गम्भीर छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्जन्य घटनाबाट जोखिममा परेकाहरूको उद्धार र राहतमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।