भरतपुर महानगरपालिका
नेपालमा छ वटा महानगरपालिका छन् ।
हेटौंडा सिमेन्ट उद्योगले पुस पहिलो सातादेखि उत्पादन गर्ने
हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताएपनि उद्योगको बिभिन्न उपकरणहरु मर्मतको काम नसकिदाँ अझै उत्पादन अझै सुरु हुन नसकेको हो ।
एनपिएलः काठमाडौँ गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदै छन् ।
काठमाडौँ १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ विजयी हुनु भएका छन् ।
फेरियो कार्यविधि भिभिआइपी बिदाइको लाम घट्ने
अति विशिष्ट व्यक्ति (भिभिआइपी) ले विदेश भ्रमण गर्दा हुने बिदाइ र स्वागतका क्रममा हुने विशिष्ट व्यक्तिको उपस्थिति घटाइएको छ ।
दातृनिकायको सहयोग बालुवामा पानी
नेपालमा एचआइभी/एड्स नियन्त्रणमा लगानी गरे अनुसारको प्रतिफल प्राप्त हुन नसकेको भन्दै सरोकारवालाले आक्रोश व्यक्त गरेका छन् ।
उपनिर्वाचनः कीर्तिपुर र काठमाडौँ १६ मा मतगणना जारी
काठमाडौँका दुई स्थानीय तहमा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । आज बिहान ४ बजेसम्मको विवरण अनुसार काठमाडौँ, महानगरपालिका वडा नं १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रोजिना श्रेष्ठले एक हजार तीन सय पाँच मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ ।
प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जानुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ प्रस्थान गर्नुहुने भएको छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो ।
उखु कृषकलाई अनुदान
सरकारले उखु कृषकलाई प्रति क्विन्टल ७० रुपियाँ अनुदान रकम दिने निर्णय गरेको छ । मङ्सिर १३ गते बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गर्दै हुनुहुन्छ ।
बिआरआई समृद्धिको नवीनतम् आधारशिला
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा चीन सरकारको बहुदेशीय परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयनसम्बन्धी समझदारी हुँदै छ ।
हेटौँडा उपमहानगर १२ को वडाध्यक्षमा कांग्रेसका तिवारी निर्वाचित
स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. १२ को वडाध्यक्ष पदको लागि भएको निर्वानचमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी निर्वाचित हुनुभएको छ ।
उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५८५ रुपियाँ
सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५८५ रुपियाँ तोकेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रीपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्नुभएको हो ।
प्रधानमन्त्री ओली सोमबार चीनको औपचारिक भ्रमणमा जानुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि भोलि सोमबार बिहान बेइजिङ प्रस्थान गर्नुहुने भएको छ ।
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको नयाँ दिल्लीमा हुने दुई दिने साझेदारी शिखर सम्मेलन २०२४ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
फार्मेसीमा परिचय र पोसाक अनिवार्य गर्न सघाउने मन्त्री पौडेलको प्रतिबद्धता
नेपाल फार्मेसी परिषद्ले पुस ४ गतेबाट लागू हुने गरी गर्न लागेको अनिवार्य पोसाकको व्यवस्था लागू गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सघाउने भएको छ ।
नेप्से परिसूचक नौ दशमलव ९९ अङ्कले घट्यो
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आइतबार परिसूचक नौ दशमलव ९९ अङ्कले घटेर दुई हजार सात सय ३८ दशमलव शून्य छको बिन्दुमा कायम भएको हो ।
हेटौँडा १२ मा ६४ प्रतिशतभन्दा बढी मत खस्यो
स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा १२ को वडाध्यक्ष पदका लागि आज आइतबार भइरहेको मतदानमा हालसम्ममा ६४ प्रतिशतभन्दा बढी मत खसेको छ ।
विश्व एड्स दिवस : सङ्क्रमित भन्छन्,“नियमित औषधी सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ”
आफू एचआइभी सङ्क्रमित भएको थाहा पाउँदा धरानका खगेन्द्र खड्कालाई संसारै अन्धकार लागेको थियो । एकातिर परिवार र समाजले के भन्ला भन्ने भय, अर्कोतिर अब धेरै बाँचिँदैन भन्ने डर । लागूऔषध प्रयोग गर्ने क्रममा २६ वर्षअघि उहाँमा एचआइभी देखिएको थियो ।
हेटौँडाका १०२ वर्षीय वृद्धद्वारा मतदान
स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ का एक सय दुई वर्षका गोविन्द लामिछानेले मतदान गर्नुभएको छ । आइतबार वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा उहाँले मतदान गर्नुभएको हो ।
टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
काठमाडौँ महानगरपालिका–३२ जडीबुटीमा रोकिराखेको टिपरमा ठक्कर खाएर गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।
भारत र चीनबाट पर्यटक भित्र्याउन ‘नाइस–२०२५’ गरिँदै
पर्यटन प्रवर्द्धन गरी छिमेकी मुलुक भारत र चीनबाट धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले संयुक्त रूपमा ‘नेपाल इन्डिया चाइना एक्सपो (नाइस–२०२५)’ गरिने भएको छ ।
कीर्तिपुरमा उपनिर्वाचनका लागि मतदान (फोटो फिचर)
कीर्तिपुर नगरपालिकामा शान्तिपूर्ण रुपमा विहान ७ बजेदेखि मतदान जारी छ । प्रमुख तीन दलका उम्मेदवारविच मुख्य प्रतिस्पर्धा रहेको नगरपालिकाको उपनिर्वाचनलाई महत्वका साथ हेरिएको छ ।
एड्स महामारी अन्त्यका लागि सहयोग गर्न मन्त्री पौडेलको अनुरोध
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य प्राप्त गर्न सहयोग गर्न सम्बन्धित सबैलाई अनुरोध गर्नुभएको छ ।