सामाजिक समस्या बन्दै कुकुरको टोकाइ
राजधानीमा भुसिया कुकुर सामाजिक समस्या बन्दै गएको छ । काठमाडौँको त्रिपुरेश्वरमा काम गर्ने सन्तोष पौडेल मूलपानीमा बस्नुहुन्छ ।
अनलाइन सेवा पाउन झन्झट
‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा अनुरूप राज्यका निकायले नागरिकलाई अनलाइनमार्फत दिने सेवा पटक पटक ‘जाम’ मा पर्ने गरेको छ ।
नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित (मत सूचिसहित)
नेपाल पत्रकार महासंघको संघीय अध्यक्षमा पत्रकार निर्मला शर्मा निर्वाचित हुनुभएको छ । उहाँले आफ्नो प्रतिस्पर्धी रमेश विष्टलाई १ हजार ७९ मतले पराजित गरी सो पदमा निर्वाचित हुनुभएको हो ।
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपियाँ घटाएको हो ।
एमालेले तीन महिना वडाकेन्द्रित अभियान चलाउने
नेकपा (एमाले) केन्द्रीय संगठन विभागद्वारा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठी आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ ।
हर्षोल्लासका साथ मनाइयो उधौली
किरात समुदायले उधौली चाड हर्षोल्लासका साथ मनाएका छन् ।
किराँत समुदायको उधौली (फोटो फिचर)
आइतबार उधौली पर्व, देशभर विभिन्न कार्यक्रमसहित हर्ष उल्लासका साथ मनाइएको छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चार्ड मनाउने गरिन्छ।
परिश्रम गर्नेलाई कदर गरौँ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले परिश्रम गर्नेलाई कदर गर्न जान्नुपर्ने बताउनुभएको छ ।
पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको अध्यक्षमा टेनिस रोका (टेकबहादुर रोका) निर्वाचित हुनुभएको छ। उपत्यका प्रदेश निर्वाचन समितिले शुक्रबार सम्पन्न मतदानको अन्तिम परिणाम आइतबार दिउँसो सार्वजनिक गरेको हो।
आगो लगाएर घाइते हुनुभएकी महिलाको मृत्यु
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोक नजिकको बागमती नदीकिनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको आइतबार मृत्यु भएको छ ।
तस्बिरमा २१ औं ज्यापु दिवस
यःमरी पुन्हिका दिनमा मनाइँदै आइरहेको ज्यापू दिवस आज हर्षोल्लासका साथ मनाइयो । २१ औं ज्यापू दिवस नाथेश्वर छुट गुथि वटु टोलको संयोजकत्वमा वटु टोलबाट र्याली तथा परम्परागत झाँकीका साथ सुरु भएको थियो ।
विद्युतीय सवारीसाधन आजको आवश्यकताः भौतिकमन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विद्युतीय सवारीसाधन आजको आवश्यकता र माग भएको बताउनुभएको छ । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पाँचदिने औपचारिक भ्रमणका लागि दक्षिण कोरिया प्रस्थान गर्नुभएको छ । मन्त्री भण्डारी आइतबार औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
देशलाई विकृतिबाट सुकृतितर्फ लग्न यो सरकार बनेको हो : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट गर्नुभएको छ ।
जीवनको सत्य
शारदाकुमारी मानन्धर आस्था हुन्छ कहाँ कहाँ, भन्नै सकिँदैन ।छेक्छ बाटो सबतिर, हिँड्नै सकिँदैन ।।भोकतिर्खा के हो के हो, बुझ्नै सकिँदैन ।मानव हो कि अमानव, चिन्नै सकिँदैन ।।आवेशमा सही गलत, केही छुट्टिदैन ।मानिसको भावनालाई, जान्नै सकिँदैन ।।सत्यतालाई दोषले, गलाउन सक्दैन ।असत्यको अस्तित्व सर्वदा, हुँदै हुँदैन ।।सूर्यदेवलाई हत्केलाले, छेक्नै सकिन्न ।चन्द्रदेवको शीतलता, दिनमा देखिन्न ।।समयको गति यो रोक्न, कसैले सक्दैन ।सेवाको भावविना कोही मानव बन्दैन ।।आफ्नो देश, संस्कृति, बिर्सनै सकिन्न ।धर्म, कर्म, भेषभूषा, त्याग्न पनि हुँदैन ।।कहिल्यै पनि आफ्नोपन, छोड्नै हुँदैन ।सत्यलाई कहिल्यै उपेक्षा, गर्नै हुँदैन ।।पाको, न्यूरोड काठमाडौं ।
मन्त्री पाण्डेद्वारा कम्बोडिया–भैरहवा सिधा उडानको प्रस्ताव
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गर्नुभएको छ ।
कांग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी भएको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने
मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने जानकारी दिनुभयो ।
नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक श्रेष्ठ पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई १३ वर्षपछि पक्राउ गरेको छ ।
सबैपक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाओस् : सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले उधौली, यःमरी पुन्ही तथा धान्यपूर्णियामा पर्व २०८१ को पावन अवसरमा समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवर्द्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सिङ्गो पार्टी परिचालित हुनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का केपी शर्मा ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो परिस्थिति आउँछ, त्यसैगरी सामना गर्न सक्ने खालको श्रेष्ठता हासिल गर्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
धादिङबेसीमा नेवा : खाना उत्सव
धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा शनिबारदेखि सडक नेवाः खाना उत्सव सुरु भएको छ ।
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोटरसाइकलले ठक्कर दिँदा भक्तपुरमा एकजना पैदलयात्रीको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक जोरपाटीमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलले नलिञ्चोकमा आज बिहान पैदलयात्रीलाई ठक्कर दिएको हो ।
अनुसन्धानलाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिन हुँदैन : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले अनुसन्धानलाई प्रभावित पार्ने गरी कसैले अभिव्यक्ति दिन नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले भरतपुरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा गहमन्त्री लेखकले सहकारीको रकम अपचलन गरेको विषयमा प्रहरीले अनुसन्धान गरिराखेको व्यक्तिका विषयमा टिकाटिप्पणी गर्दा ध्यान दिनुपर्ने बताउनुभएको छ ।