आज देशभरको मौसम अनुकूल रहने
हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।
डाइभर्सन बने पनि बिपी राजमार्गको यात्रा कष्टकर
बाढीपहिरोका कारण क्षतिग्रस्त रहेको बिपी राजमार्गमा यातायात सञ्चालन भए पनि यात्रा जोखिमपूर्ण र कष्टकर नै छ । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण असोज १२ गते बिहानदेखि मध्य
कालिञ्चोक भगवतीमा दर्शनार्थी घटे
धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महìव मात्र होइन, पर्यटकीय महìवसमेत बोकेको दोलखाको कालिञ्चोक भगवतीमा बडादसैँका अवधिमा गत वर्षभन्दा आधा दर्शनार्थीले मात्र दर्शन गरेका छन् । कालिञ्चोक भगवतीलाई प्रसन्न पार्न सके मनले चिताएको पूरा हुने विश्वासका साथ घटस्थापनादेखि पूर्णिमासम्ममा १० हजार एक सय श्रद्धालु भक्तजनले भगवतीको दर्शन गरेको बताइन्छ ।
ग्लोबल आइएमई बैङ्क र महालक्ष्मी विकास बैङ्कबिच सम्झौता
ग्लोबल आइएमई बैङ्क लिमिटेड र महालक्ष्मी विकास बैङ्कबिच गैर कोषमा आधारित बैङ्किङ सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।
नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा
नेपालले शान्ति सैनिकमाथि लेबनानमा भएको इजरायली आक्रमणको कडा निन्दा गरेको छ ।
एक हजारभन्दा बढी पर्यटक मन्थलीमा रोकिए
सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजारभन्दा बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् ।
दसैँ सकिएसँगै उपत्यका फर्किनेको सङ्ख्या बढ्दै
दसैँ मनाएर उपत्यका फर्किने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा ४८ हजार छ सय जना उपत्यका भित्रिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
लेबनानमा सबै नेपाली शान्ति सैनिक सुरक्षित
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।
दुई दिनदेखि मन्थली-लुक्ला उडान ठप्प
खराब मौसमका कारण दुई दिनदेखि मन्थली–लुक्ला उडान ठप्प भएको छ ।
अन्तर व्यवस्थापिका सङ्घसँग घनीभूत सहकार्य गर्ने नेपालको चाहना
अन्तर व्यवस्थापिका सङ्घको १४९औँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहनुभएका राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घका अध्यक्ष डा. तुलिया अक्सन एवं महासचिव मार्टिन चुङगोङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ ।
‘प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनले पारित गर्ने’
गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।
डुबेर बालिकाको मृत्यु
पूर्वी मकवानपुरको बागमती गाउँपालिका १ हात्तीढुङ्गामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
‘जटिल डेंगु’ का पूर्वसङ्केतहरु के-के हुन् ?
डेंगु सरुवा रोग हैन तर यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलिने गर्छ । डेंगु लक्षणहरुका बारेमा चर्चा हुने गरेको देखिए तापनि अधिकांश सङ्क्रमितहरु लक्षण बाकेर नै आफ्नो कार्यक्षेत्रमा खटिरहेका पनि देखिन्छन् ।
विपद् उद्धारमा खटिएका इन्स्पेक्टर बडुवालको निधन
विपद् उद्धार र राहत वितरण कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको छ । बडूवालको नेपाल एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा निधन भएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापा जानकारी दिनुभयो ।
तीन महिनामा ६ गैँडा मरे
चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिएका छन्। साउन महिनायता ती गैँडा मृत भेटिएका हुन्। एउटा गैँडा करेन्ट लगाएर मारिएको हो भने दुई गैँडा अन्य कारणले मरेका हुन्।
भरतपुर र कालिका जोड्ने मुख्य सडक कालोपत्रे
भरतपुरबाट कालिका नगरपालिका जोड्ने मुख्य सडकमा कालोपत्रेको काम सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाबाट पूर्वी चितवनको कालिका नगरपालिका हुदै रत्ननगर नगरपालिकासंग जोडिएर पूर्वपश्चिम राजमार्ग जाने सडकमा कालोपत्रे कार्य भएको हो ।
अरनिको राजमार्गमा खसेको पहिरो पन्छाउन चुनौती
पहिरोका कारण एकतर्फी (वान वे) सडक सन्चालन भएको अरनिको राजमार्ग अन्तर्गतको ५० किलो सडक खण्डमा पहिरो पन्छाउन समस्या भएको छ । शनिवार रातिदेखि अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका ८, को ५० किलोमा सडकमाथिबाट खसेको सुख्खा पहिरोका कारण राजमार्ग अवरुद्ध बनेको थियोे ।
नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी
आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी छ ।
‘मल्चिङ’ मा आकर्षण बढ्दो, प्लाष्टिक व्यवस्थापनको चुनौती
पछिल्लो समय कृषि उत्पादन बढाउने उद्देश्यले कृषिमा ‘मल्चिङ’ प्रविधि प्रयोग गर्ने कृषकहरुको सङ्ख्या बढ्दो क्रममा रहेको छ । कृषकहरु मल्चिङ प्रविधितर्फ आकर्षित भए पनि मल्चिङमा प्रयोग गर्ने प्लाष्टिकको दीर्घकालिन व्यवस्थापनमा भने चुनौती देखिएको छ ।
दुर्घटना घटाउन निःशुल्क खाजासहितको विश्रामस्थल
दसैँमा यात्रुको चाप बढ्न गइ हुनसक्ने सम्भावित दुर्घटना घटाउन जिल्लाको खाँडादेवी गाउँपालिका —३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ ।
एनसीसी मलेसियाद्वारा एन्फालाई चेक हस्तान्तरण
गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले अखिल नेपाल फुटबल संघ एन्फालाई ६ लाख रुपियाँको चेक हस्तान्तरण गरेको छ । असोज १२ गतेको सिस्नेरी पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका ६ जना खेलाडीका परिवारलाई यसअघि एनआरएनए एनसीसी मलेसियाले जनही १ लाख रुरिपयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।
दुर्घटनामा एकको मृत्यु, तीन घाइते
पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका वडा ३ स्थित शान्तिचोकमा आईतवार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् ।
वर्षाको सम्भावना
पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।