• ३ पुस २०८१, बुधबार

मनकामना केबुलकार आजबाट सुचारु

blog

गुणबहादुर रोका

सुलीकोट, पुस ३ गते । नेपालको पहिलो केबलकार मनकामना केबलकार आज बुधवारबाट सुचारु भएको छ । मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै २ दिन सम्म टावर मर्मत सम्भार गर्ने कार्य सम्पन्न भएकाले आजबाट पूर्ण रूपमा मनकामना केबुलकार सञ्चालनमा ल्याइएको मनकामना दर्शन प्रालिका प्रबन्धक उज्ज्वल सेरचानले जानकारी दिनुभयो । 

उहाँका अनुसार मनकामना केबलकारको टावर मर्मत र स्तरोन्नति कार्य गर्नु परेकाले पुस १ गते देखि पुस २ गते सम्म २ दिन मनकामना केबलकार बन्द गर्नु परेको उहाँले बताउनुभयो । 

 २०५५ साल देखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनर्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । २६ वर्ष अघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरोन्नति गर्ने कार्य सम्पन्न भएता पनि टावरमा मर्मत कार्य गर्नु परेको मनकामना केबलकार प्रालिले जनाएको छ । 

२ दिन सम्म मनकामना केबुलकार बन्द हुन पुगेकोमा सम्पूर्ण नागरिकमा मनकामना दर्शन प्रालिले क्षमा याचना समेत गरेको सूचना उल्लेख गरिएको छ ।