प्रशासनद्वारा बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक तीन ‘सिफ्ट’मा सेवा सुरुआत गरेको छ । कार्यालयमा सेवाग्राहीको चाप बढेपछि कार्यालयले बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा दिन थालनी गरेको हो । कार्यालयमा सेवा लिन आउने राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीको चाप अत्यधिक वृद्धि भएपछि प्रशासनले सेवाग्राहीलाई तीन सिफ्टमा दैनिक १२ घण्टा सेवा दिन सुरु गरेको हो । यही असार २७ गते बिहान ७ बजेबाट कार्यालयको सेवा प्रवाह समय दैनिक तीन सिफ्टमा विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।
समयसीमाअगावैै पुल निर्माण
सरकारी सार्वजनिक निर्माणका काम निर्धारित समयमा सम्पन्न नगर्ने प्रवृत्ति पछिल्लो समयमा बढ्दै गएको पाइएको छ । ठेक्का सम्झौताअनुसार काम पूरा नगर्ने ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्ने काम पनि हुँदै आएकोमा बागमती प्रदेशको प्रदेश यातायात पूर्वाधार निर्देशनालयमार्फत ठेक्का आह्वान गरिएको हेटौँडाको पुल भने निर्धारित समयभन्दा अगावै सम्पन्न भएको छ ।
हिंसापीडितलाई सीपमूलक तालिम
दोलखाको भीमेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा उज्यालो भविष्य दोलखाको आयोजनामा सञ्चालित हिंसापीडित महिलाका लागि पाँच दिने सीपमूलक तालिम सम्पन्न भएको छ । आइतबार तालिमको समापनमा नगरप्रमुख ईश्वरनारायण मानन्धरले मानवीय सम्वेदनालाई पहिलो प्राथमिकता दिने चुनावी घोषणपत्रमा उल्लेख रहेको जानकारी दिनुभयो ।
साझा समस्या समाधानका लागि संयुक्त प्रयास आवश्यक
काठमाडौँ उपत्यकामा दीगो फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी वितरण जस्ता साझा समस्याका रूपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान निकाल्नुपर्ने बताइएको छ ।
पुनःस्थापनाको पर्खाइमा मेलम्चीवासी
गत वर्ष बाढीका कारण घर बगाएर आश्रयविहीन बनेकाको पीडा एकाथरि छ भने घर भएर पनि असुरक्षित भएका स्थानीयबासीको पीडा बेग्लै छ । बाढीले नभत्काए पनि असुरक्षित बस्तीका घरमा नागरिक ढुक्कले बस्न पाएका छैनन् । गत वर्षको बाढीले बढी क्षति पुर्याएको हेलम्बु, पाँचपोखरी तथा मेलम्चीका बासिन्दालाई कतिबेला बाढी आउने हो भन्ने त्रासले छाडेको छैन ।
दोलखाका निजामती कर्मचारी संघसंगठनले बुझाए ज्ञापनपत्र
दोलखाका निजामती कर्मचारी संघसंगठनले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुुझाएका छन् ।
नागरिकता विधेयकबारे गृहमन्त्री खाणद्वारा माओवादी अध्यक्ष दाहालसँग छलफल
नेपाल सरकारले संघीय संसद्मा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्नुभएको छ ।
वर्षौंदेखि नवीकरणबिनै क्रसर सञ्चालन
काभ्रेपलाञ्चोक जिल्लामा क्रसर उद्योगहरू वर्षौंदेखि नवीकरणबिना नै सञ्चालित छन् । ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन गर्दै आएका क्रसरका विषयमा सरकारी निकायले फरक–फरक निर्णय तथा परिपत्र गरेका कारण क्रसर उद्योगहरू नवीकरणबिना नै सञ्चालन हुँदासमेत कुनै निकायले सञ्चालनमा रोक लगाउन सकेका छैनन् । जिल्लामा सञ्चालन भएका ढुङ्गा, गिट्टी, बालुवा तथा खानीजन्य उद्योगहरू सङ्घीय र प्रदेश सरकार आफू मातहत हुनुपर्ने औद्योगिक
काभ्रेमा पाँचजनामा कोरोना सङ्क्रमण
काभ्रेमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकामा गरिएको दुई पिसिआर र २४ एन्टिजेन परीक्षणमा चार महिलासहित पाँचमा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । जिल्लामा साढे चार महिनापछि सङ्क्रमणको लहर देखिएको कार्यालयले जनाएको हो । “काभ्रेमा कोरोनाको लहर बढ्न सुरुआत गरेको अनुमान गर्न सकिन्छ” कार्यालयप्रमुख डा पुरुषोत्तम सेडाइँले भन्नुभयो । उहाँका अनुसार परीक्षणको दायरा क्रमशः बढाइँदै लगिनेछ । पाँच सङ्क्रमितको अवस्था सामान्यनै रहेको जनाइएको छ ।