खासाबाट दैनिक दुई कन्टेनर भित्रिँदै
तातोपानी नाका आंशिक रूपमा खुला भएको छ । अहिले यो नाकाबाट दैनिक दुई–तीन मालवाहक कन्टेनर नेपाल भित्रिने गरेका छन् ।तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत लक्ष्मण बास्तोलाले बिहीबार चीनको खासाबाट दुईवटा कन्टेनर भित्रिएको जानकारी दिनुभयो । उक्त दुई गाडीमध्ये एउटाले जलविद्युत् आयोजनाका उपकरण र अर्कोले ऊन लिएर आएको बास्तोलाले बताउनुभयो ।
प्रदेश सभा दसौँ अधिवेशनमा सीमित
गत साउनमा बागमती प्रदेश सभाको दसौँ अधिवेशन अन्त्य गरेपछि बागमती प्रदेश सरकारले ११औँ अधिवेशन आह्वानको निर्णय नगर्दै बागमती प्रदेश सभाको पहिलो पाँच वर्षीय कार्यकाल सकिने भएको छ । प्रदेशको एकल अधिकार सूचीका ऐनहरू बनाउन बाँकी हुँदै सत्तापक्ष र प्रमुख विपक्षी दलसँगै सत्ता गठबन्धन दलबीचको विवादका कारण प्रदेश सरकारले प्रदेश सभाको अधिवेशन आह्वान गर्न रुचि नदेखाएको हो ।
जय नेपाल हलको कम्पाउण्ड भित्र टुकुचा खोला भेटियो
बिहीबार काठमाडौं महानगरपालिकाले जय नेपाल हलको कम्पाउण्ड भत्काउने क्रममा १५ फिट खन्दै गर्दा टुकुचा खोला फेला पारेको हो।
विश्वकर्मा पूजाको तयारी (फोटो फिचर)
अहिले हरेक वर्ष सयौंको संख्यामा विश्वकर्माको मूर्ति बिक्री हुन्छन्। विश्वकर्माको पूजाका दिन अधिकांश मूर्ति बिक्री हुने गरेका छन्।
सौराहामा फोटो पत्रकार महासंघको महाधिवेशन सुरु
भरतपुर, भदौ ३० गते। नेपाल फोटो पत्रकार महासङ्घको दोस्रो केन्द्रीय महाधिवेशन बिहीबारबाट सौराहामा सुरु भएको छ। महाधिवेशनको उद्घाटन गर्दै बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले पत्रकारको पेसालाई व्यावसायिक बनाउँदै विशिष्टीकृत र मर्यादित बनाउन जरुरी रहेको बताउनुभयो। “पत्रकारितामा भविष्य छ भन्ने देखाउन पनि यसको मर्यादा र व्यावसायिकतामा जोड दिन जरुरी छ”, उहाँले भन्नुभयो, “हरेक क्षेत्रमा जस्तै पत्रकारितामा पनि अब विशिष्टीकरण हुन जरुरी छ।”उहाँले फोटो झुट नहुने बताउँदै फोटो पत्रकारिताको विकास भएमात्रै पत्रकारिता भित्रका विकृतिको अन्त्य हुने बताउनुभयो। प्रदेश सरकारले पत्रकारको क्षमता विकासका लागि तालिम, सभा समारोह, गोष्ठी तथा भवन निर्माणमा सहयोग गर्ने योजना अघि सारेको उहाँको भनाइ छ। नयाँ नेतृत्व चयनका साथ महाधिवेशन शनिबार सम्पन्न हुनेछ। महाधिवेशनमा देशभरबाट ६ सय जना फोटो पत्रकारको सहभागिता रहेको महासचिव हरी रेग्मीले जानकारी दिनुभयो। उक्त अवसरमा फोटो पत्रकार राजेश ढुङ्गाना सम्मानित हुनुभएको छ। महासङ्घले उहाँलाई सम्मान पत्र र दोसल्लाका साथ सम्मान गरेको हो। उहाँ गोरखापत्र अनलाइनमा मेरो तस्बिर स्तम्भका लागि तस्बिर खिच्नुहुन्छ।
जापनिज इन्सेफ्लाइटिसका कारण एकको मृत्यु
चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण एक जनाकोे मृत्यु भएको छ । संक्रमितको मृत्यु भएपछि स्वास्थ्य कार्यालय चितवनले संक्रमितको खोजी शुरु गरेको छ ।
पहिरोले मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध
वर्षाका कारण आएको पहिराले गर्दा मकवानपुरका सिस्नेरी सडकखण्डमा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको पहिराका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । उक्त पहिरो स्थानीय सरकारको समन्वयमा सडक विभागका प्राविधिकले हटाउने प्रयास भइरहेको र अपराह्नसम्ममा यातायात सञ्चालनमा ल्याउने इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिनुभयो । पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने साना सवारीसाधन वैकल्पिक सडक प्रयोग गरेर चलिरहेका छन् । बर्खायाम लागेसँगै विभिन्न स्थानमा पहिराका कारण यातायात अवरुद्ध हुने गरेको छ ।
पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा अबिरल वर्षासँगै गएको पहिरोमा परी एकै परिवारका तीन जनाको निधन भएको छ ।
महानगरले गर्यो ३९ ठाउँमा मापदण्ड विपरीतका संरचनामाथि कारबाही
काठमाडौँ महानगरपालिकाले १९ ठाउँका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ ।