बलात्कार आरोपमा ८० वर्षीय बिक पक्राउ
बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउँपालिका–७ का ८० बर्षीय दिलबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
दूध तथा मासुजन्य वस्तुमा आत्मनिर्भर हुुने योजना
दोलखाको गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित विश्वास कार्कीले पालिकालाई तरकारी, दूध तथा मासुजन्य वस्तुमा आत्मनिर्भर हुने गरी काम गर्ने बताउनुभएको छ । किसानको उत्थान हुने आलु, प्याज, लसुन, बेसार, अन्डा र मासुजन्य जस्ता वस्तुमा आत्मनिर्भर तुल्याउने गरी काम गर्ने जानकारी दिँदै उहाँले भन्नुभयो, “प्रोत्साहनस्वरूप किसानलाई उत्पादनको आधारमा पालिकाले अनुदान दिने व्यवस्था मिलाउँछु । खेतीका लागि आवश्यक सिँचाइ, मललगायतमा सहजीकरण गर्दै बजारीकरणको पनि बन्दोबस्त मिलाइनेछ ।”
बहुमतबाट बजेट पारित
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रदेश सभाको बहुमतबाट पारित भएको छ । अब प्रदेश सरकारलाई आगामी साउन १ गतेबाट बजेट खर्च गर्ने बाटो खुलेको छ । प्रदेश सभाको बिहीबार बसेको बैठकले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले पेस गर्नुभएको विनियोजन विधेयक २०७९ बहुमतले र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
अस्पतालको बस दुर्घटना हुँदा एकको मृत्यु
काभ्रेको बनेपा नगरपालिका-११ मा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको कर्मचारी बस पल्टिँदा एक जनाको ज्यान गएको छ।
चितवनका ५० हजार परिवार बाढीको जोखिममा
जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्ने छन् । बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको छ । भरतपुर महानगरपालिकामा ३० हजार परिवार प्रभावित बन्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । यस्तै माडी नगरपालिकाका चार हजार ५०० परिवार, रत्ननगरका पाँच हजार, कालिका नगरपालिकाका एक हजार ५०, खैरहनी नगरपालिकाका ३२० र रा
ट्रकको ठक्करबाट एक कर्मचारीको मृत्यु
झापामा सवारी दुर्घटनामा परेर एक सहकारीका कर्मचारीको ज्यान गएको छ । झापाको दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बजार व्यवस्थापक दिपक नेपालको बुधबार राती सडक दुर्घटनामा परेर ज्यान गएको हो ।
मन्त्रीद्वारा मन्त्रालय खारेजीको माग
बागमती प्रदेशका आठवटा मन्त्रालयलाई टुक्र्याएर १४ वटा पु-याएकोमा विरोध गर्दै आएका प्रदेश सभाका सदस्यले बुधबारको प्रदेश सभाको बैठकमा हाँसोको माहोल खडा गरेको देखियो । प्रदेशका एक मन्त्रीले अर्को विभागीय मन्त्रीसँग बजेट माग र मन्त्रालयको औचित्य नभए खारेज गरिदिन भनेपछि सभामा हाँसो फैलिएको थियो ।
धान रोपेर रमाए बालबालिका
यलु जोशी काठमाडौं, असार १५ गते। हाम्रो संस्कृति हामीले बचाउनुपर्ने उद्देश्यले बालबालिकाले असार १५ गते हिलो खेल्दै धान रोपेर मनाएका छन्। राष्ट्रिय धान दिवसको अवसर विभिन्न स्कुलबाट आएका बालबालिकाले कोही धान रोपेर त कोहीले हिलो खेलेर रमाइलो गरेका हुन्। मध्यपुरथिमी लोकन्थलीस्थित भक्तपुर निस्ट माध्यमिक विद्यालयका स–साना बालबालिकालाई असार १५ र धानको महत्त्व बुझाउन रोपाइँ गर्न लगाएको विद्यालयको शिक्षिका साधना शर्माले जानकारी दिनुभयो। उहाँले बालबालिकालाई सानैदेखि नैतिक शिक्षाको आवश्यकता पर्ने भएकाले असार १५ मा धान रोप्न लगाएको बताउनुभयो। विद्यालयका शिक्षक ज्ञानु श्रेष्ठले बालबालिकालाई हामीले खाने खाना (भात) कसरी आउछ भन्ने बुझाउने उद्देश्यले रोपाइँमा सहभागी गराएको जानकारी दिनुभयो। किसानले कति मिहिनेतका साथ रोपाइँ गर्छन् भन्ने कुराको ज्ञान नयाँ पुस्तालाई सिकाउन रोपाइँ कार्यक्रम गरेको उहाँले प्रष्ट पार्नुभयो। स–साना बालबालिका पानी र माटोमा रमाएर धान रोप्न सक्रिय थिए। धान रोप्न सिकाउँदै गर्नुभएको सूर्जमाया द्वारेले हाम्रो संस्कृति र परम्पराको संक्षण गर्नका लािग यस्तो नैतिक शिक्षाको महत्त्व रहेको उल्लेख गर्नुभयो। बोलीचालीको भाषामा आफ्नो व्यस्तता दर्शाउन पनि ‘मलाई अहिले असारको पन्ध छ’ भन्ने गरिन्छ। रोपाइँ गर्दा आफ्ना दुःख, पीर तथा जीवनका घटनालाई असारे गीत गाएर पोख्ने गरिन्छ। यसै अवसरमा केही समुदायमा असारे गीतमा जुहारी खेल्ने पनि गरिन्छ।
नारायणगढ–मुग्लिन सडक : १७ ठाउँ उच्च जोखिममा
डिभिजन सडक कार्यालय भरतपुरका ई सागर कार्कीका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिममा देखिएका छन् ।