लक्ष्यभन्दा बढी राजस्व
लक्ष्यभन्दा बढी राजस्व काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आव २०७८/७९ मा नौ अर्ब ८७ करोड १३ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा १० अर्ब ६० करोड ४८ लाख ३७ हजार ८६० रुपियाँ राजस्व सङ्कलन भएको महानगरले जनाएको छ । यो लक्ष्यको ११६ प्रतिशत हो ।
किसान जुटे अवैध आयात रोक्न
स्वदेशमै आत्मरिर्भर हुँदै गरेको माछा, दूध, कुखुराको मासुलगायतको आयात रोक्न किसान सक्रिय भएका छन् । लामो समयदेखि कुखुराको अवैध आयात नियन्त्रणमा जुटेका यहाँका किसान माछाको आयात रोक्न पनि सक्रिय भएका छन् । सरकारले दूध आयात खुला गरेकोप्रति असन्तुष्ट बनेका किसानले आयातित दूध नियन्त्रणमा लिएर नष्ट गर्ने चेतावनी दिएका छन् ।
सयभन्दा बढी झोलुङ्गे पुल बन्दै
बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाले झोलुङ्गे पुलसम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ। निर्देशनालयले बागमती प्रदेशको धादिङ, चितवन, मकवानपुर, काभ्रे र रामेछाप जिल्लाका २० स्थानीय तहका झोलुङ्गे पुल सम्पर्क व्यक्ति इन्जिनियर र सब–इन्जिनियरलाई तालिम प्रदान गरेको हो।
सडक स्तरोन्नतिमा ढिलाइ
तीन दशक अघिबाट निर्माण सुरु गरिएको दोलखा जिल्लाको भीरकोट–झुले–छौँडे सडकले अझै पूर्णता पाउन सकेको छैन। तामाकोसी गाउँपालिकामा रहेको भीरकोट–झुले–छौँडे सडकभन्दा पछि ट्र्याक खोलिएका दोलखाका कतिपय सडक कालोपत्रे सम्पन्न भइसकेको त कतिपय धमाधम कालोपत्रे भइरहँदा अन्यत्र सडकमा ग्राभेलसम्म गरिएको छैन।
विवाहअघि स्नातक गर्ने छात्रालाई एक लाख
सिन्धुलीको मरिण गाउँपालिकाले बालविवाह न्यूनीकरण गर्न नगद तथा साइकल सहयोग कार्यक्रम ल्याएको छ। पालिकाले चालू आर्थिक वर्ष २०७९÷८० देखि कार्यान्वयन गर्ने गरी विवाह नगर्दै स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई नगद एक लाख रुपियाँ र एसईईपछि कक्षा ११ मा भर्ना हुने छात्रालाई साइकल सहयोग गर्ने कार्यक्रम ल्याएको हो।
कपनको लसुनटारमा आगलागी, तीन जनाको मृत्यु
काठमाडौं, असोज ५ गते । काठमाडौं कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा बुधबार साँझ पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको हो । मृतकको भने पहिचान खुल्न सकेको छैन ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा केहीबेर अगाडि नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।आगलागी के कारणले भयो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको उहाँको भनाइ छ । आगलागी नियन्त्रणमा लिए पनि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको खोज तथा उद्धारको टोलीले अहिले घटनास्थलमा रहेका छन् ।आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीका साथै वारुणयन्त्र र पानी ट्याङ्करको प्रयोग गरिएको प्रवक्ता मैनालीले बताउनुभयो ।रासस
'राष्ट्रपतिको कदम असंवैधानिक रहेको कानुनविद्को निष्कर्ष'
सत्ता गठबन्धनले राष्ट्रपतिको कदम सम्बन्धमा बुधबार दिउँसो बालुवाटारमा कानुनविद्सँग परामर्श गरेको छ।
कवाडी सामान राख्ने छाप्रोमा आगलागी
ललितपुरको नयाँ बाटोस्थित एभेन्स स्कुलसँगै जोडिएको कवाडी सामान राख्ने छाप्रोमा आगलागी भएको छ । स्कुलको कम्पाउण्डसँगै जोडिएको भए पनि स्कुलमा कुनै क्षति भएको छैन ।
डेंगुबाट बागमती प्रदेशमा एघार जनाको मृत्यु
बागमती प्रदेशमा डेंगु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।