• ३२ जेठ २०८१, शुक्रबार

सेवा शुल्क घटाउन प्रशासनको निर्देशन

blog

फाइल तस्बिर

मुरारी अधिकारी

धादिङ, भदौ ३१ गते । पासपोर्ट र राष्ट्रिय परिचयपत्रको सेवा शुल्क घटाउन र गुणस्तर बढाउन सम्बन्धित साइबर व्याबसायी, सेवा केन्द्रका जिम्मेवार सञ्चालकलाई जिल्ला प्रशाासन कार्यालय धादिङले निर्देशन दिएको छ ।

राष्ट्रिय परिचयपत्र र पासपोर्ट शुल्क बढी भएको भन्दै नागरिकबाट गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय धादिङले शुल्क घटाउन दिर्नेशन दिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो । 

अबदेखि राष्ट्रिय परिचयपत्रमा १ सय ५० र पासपोर्टमा २ सय ५० भन्दा कम लिने तथा सोको आधिकारिक बिल भर्पाइ अनिवार्य रुपमा फर्म भर्ने निवेदकलाई उपलब्ध गराउनुपर्ने प्रशासनले निर्देशन दिएको छ । 

राष्ट्रिय परिचयपत्र र पासपोर्टको फर्म भर्ने सेवा शुल्क हालसम्म २ सयदेखि ५ सयसम्म लिने गरेको थियो ।  नागरिकको सुझाव क्रमशः कार्यान्वयन प्रक्रियामा रहेको पनि जिल्ला प्रशाासन कार्यालय धादिङले जनाएको छ ।