बुद्धको मार्गले सामाजिक एकता र सहअस्तित्व बलियो बनाउँछ : प्रदेश प्रमुख मियाँ
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले बुद्धको प्रेम, सद्भाव र आत्मीयताको मार्गले व्यक्तिको आध्यात्मिक उन्नतिमात्रै नभई सामाजिक एकता र सहअस्तित्वलाई बलियो बनाउने गरेको बताउनुभएको छ ।
सर्वोच्चको आदेशमा आयोगको परीक्षा स्थगित
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाका अधिकृत नवौँ तहको परीक्षा स्थगित गरेको छ ।
जनसरोकारका विषयमा सार्वजनिक सुनुवाइ
सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले आफ्नो विषयगत क्षेत्रभित्र परेको जनसरोकारका विविध विषयमा आइतबार सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको थियो ।
किसान सङ्घको तेह्रबुँदे घोषणापत्र जारी
कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने भन्दै तरकारी उत्पादक किसान सङ्घ नेपालले १३ बुँदे घोषणापत्र जारी गरेको छ । ‘कृषि पेसा किसानको सम्मान, समृद्ध नेपालको आह्वान’ भन्ने मूल नाराका साथ आइतबार ललितपुरको खुमलटारस्थित राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रमा उक्त घोषणापत्र जारी गरिएको हो ।
नेतृत्वमा पुग्न थाले दलित
गोकर्ण दयालबैतडी, वैशाख २९ गते । जिल्लामा पछिल्लो समय दलित समुदायका युवा नेतृत्व तहमा पुग्न थालेका छन् । राजनीतिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र कर्मचारी क्षेत्रमा दलितको उपस्थिति बढ्न थालेको छ । पाटन नगरपालिका–५,का नरेशकुमार विश्वकर्मा नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षको नेतृत्व सम्हालिरहनु भएको छ । जिल्लामा सक्रिय राजनीतिक दल मध्ये नेकपा एमालेको जिल्ला अध्यक्षको नेतृत्व गर्ने नरेशकुमार विश्वकर्मा एक्ला दलित युवा हुनुहुन्छ । राजनीतिक परिवर्तनपछि नीति निर्माण गर्ने तहमा यसअघि नेकपा एमालेबाट पुरनसिंह दयाल संविधानसभा सदस्य भई सक्नु भएको छ । स्वास्थ्यको क्षेत्रमा डा.सुशील विक जिल्ला अस्पताल बैतडीको प्रमुख (मेडिकल सुपरिटेण्डेन्ट) हुनुहुन्छ । शिक्षाको क्षेत्रमा जिल्लाको पुर्चौडी नगरपालिका–७,का दिनेश नागारी नगरपालिकाको शिक्षा शाखा प्रमुख हुँदै अहिले गलिनाथ माविको प्रधानाध्यापकको नेतृत्व गरिरहनु भएको छ । उहाँ एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । सामाजिक क्षेत्रमा बैतडीकै राजु राम भुलले आन्दोलनको नेतृत्व गरेर हलिया मुक्त राष्ट्र घोषणा गर्न सफल हुनु भएको छ । धार्मिक क्षेत्रमा शिवनाथ गाउँपालिका बैतडी मूल निवासी आचार्य कृष्ण दमाई पशुपति कोटी होमको व्यासबाट प्रवचन दिएर चर्चामा हुनुहुन्छ । राष्ट्र सेवक कर्मचारीतर्फ बैतडीकै हरिशरण वड, दशरथ ओड, ध्रूव दयाल, महेश पार्की लगायतले जिल्लाका विभिन्न कार्यालयको प्रमुख भएर जिम्मेवारी बहन गरिसक्नु भएको छ । सुरक्षातर्फ बैतडी त्रिपुराका गोविन्दराम परियार नेपाल प्रहरीको उच्च तह एसपी भएर सेवा निवृत्त हुनुहुन्छ । हाल उहाँ कानुनको क्षेत्रमा कुशल अधिवक्ताका रूपमा क्रियाशील हुनुहुन्छ । स्थानीय तहको सरकारमा सरस्वती कोली २०७४ को निर्वाचनमा पाटन नगरपालिकाको उपप्रमुख भई सक्नु भएको छ । यद्यपि २०७९ को निर्वाचनमा नेतृत्व तहमा भने दलितको अर्थपूर्ण सहभागिता हुन सकेको छैन । बैतडीका ८४ वडामा भने दलित महिला वडा सदस्य रहँदै आएका छन् । साहित्यिक क्षेत्रमा मेलौली नगरपालिकाका कर्ण दयाल सोराडीले बैतडीमै बसेर आठ वटा कृति प्रकाशित गरिसक्नु भएको छ । इन्जिनियरिङको क्षेत्रमा नरेश भुल पूर्वाधार विकास कार्यालय बैतडीमा अधिकृत छैटौँ स्थानमा कार्यरत हुनुहुन्छ । सङ्गीत तथा देउडा गायनको क्षेत्रमा पञ्चेश्वरमा महेश औजी, मेलौलीका गोपाल दयाल सुदूरपश्चिममै चर्चामा हुनुहुन्छ । बैतडीको कुल जनसङ्ख्या दुई लाख ४२ हजार ४४४ मध्ये दलितको जनसङ्ख्या ५० हजार रहेको छ । जनसङ्ख्या अनुसार सङ्घ र प्रदेश निर्वाचन क्षत्रेमा दलित समुदायबाट अब प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्नु पर्ने आवाज उठ्न थालेको छ । राजनीतिक परिवर्तनपछि दलित समुदायले शिक्षा, स्वास्थ्य र लोक सेवा जस्ता क्षेत्रमा विशेष अधिकार प्राप्त गरे पनि राजनीतिक दलहरूले दलितलाई स्थानीय तहको कार्यकारी पदमा निर्वाचन लडाउन अझैँ डराई रहेको विश्लेषक डा.केदारचन्द्र भट्टले बताउनुभयो ।जिल्लामा ५० हजार जनसङ्ख्या भएको दलित समुदायका कम्तीमा पनि ३० हजार मतदाता छन् । निर्वाचन प्रणाली फेरेर भए प्नि अब जनसङ्ख्याका आधारमा दलितलाई कार्यकारी पदमा चक्रीय प्रणाली अनुसार उम्मेदवार बन्ने मार्गको खोजी हुनु पर्ने उहाँले बताउनुभयो ।
स्थानीय सेवा ऐनकाे माग गर्दै कर्मचारी धर्नामा
सुदूरपश्चिमका स्थानीय सेवाका कर्मचारीहरु स्थानीय सेवा ऐन ल्याउन माग गर्दै आन्दोलित भएका छन् । प्रदेश सभामा गत माघमै दर्ता भएको विधेयक प्रदेश सभाबाट पारित गर्नुपर्ने माग राख्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ
कैलालीमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ परेका छन् । चुरे गाउँपालिका–४ की एक किशोरीमाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो ।
६० लाख बराबरको छात्रवृत्ति प्रदान गरिने
कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले ६० लाख रुपियाँ बराबरको लोक कल्याणकारी छात्रवृत्ति प्रदान गरिने भएको छ ।
ट्याक्टरमा ठोकिदा रिमालको मृत्यु
चाँदनी आचार्यघोडाघोडी(कैलाली) वैशाख २८ गते । कैलालीमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर १ पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लम्की बहुमुखी क्याम्पस नजिक गए राती मोटर साइकल दुर्घटना भएको थियो । बल्चौरबाट लम्की फर्किँदै गरेका सोही ठेगाना भएका लक्ष्मीप्रसाद रिमालको निधन भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । से ७ प ३२२३ नम्बरको मोटरसाइकल सवार रहेका रिमाल रोकिराखेको से १ त ९६२३ नम्बरको ट्याक्टरमा ठोक्किए गम्भीर घाइते भएपछि स्थानीय अस्पताल लगिएको थियो ।गयरातीनै रिमालको लालरत्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रिमाल कैलाशधाम तीर्थस्थल लम्कीका संस्थापक अध्यक्ष रहेको जनाइएको छ ।
‘आमसञ्चार नीति छिट्टै’
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले मसौदाका रूपमा रहेको आमसञ्चार नीतिलाई संसद्बाट छिट्टै पास गर्ने बताउनुभएको छ ।
नेपाल–भारत सीमामा चेकजाँच कडाइ
दक्षिण एसियाका दुई शक्तिशाली राष्ट्र भारत र पाकिस्तानबिच तनाव बढेका बेला कैलालीसँग जोडिएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमामा सुरक्षा व्यवस्था कडाइ गरिएको छ ।
पालिकाको विकासमा नौलो प्रयास गर्न “कचहरी ”
बाजुराको् बुढीगङ्गा नगरपालिकाले पालिकाको विकासलाई तीब्रता दिनका लागि नयाँ खालको शैली अपनाएर “कचहरी ” आयोजना गरेको छ । शनिबार सुरु भएको कचहरीको सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्नुभयो ।
साहित्य समाजले मनायो दानवीर भण्डारीको १००औँ जन्मजयन्ती
सुदूरपश्चिमाञ्चल साहित्य समाजले धनगढीमा दानवीर बद्रीनाथ भण्डारीको १००औं जन्मजयन्ती मनाएको छ ।
भारत–पाकिस्तान तनाव : सीमामा लुटिँदै घर फर्किने नेपाली
भारतसँग सीमाना जोडिएका सुदूरपश्चिमका प्रमुख दुई नाका कैलालीको त्रिनगर भन्सार र कञ्चनपुरको गड्डा चौकी नाकामा नेपालीहरुले चेकजाँचका क्रममा लुटिने गरेको गुनासो गरेका छन् ।
बातचित घरद्वारा पत्रकार चौधरी सम्मानित
बातचित घर धनगढीले गोरखापत्रमा धनगढीबाट कार्यरत पत्रकार अविनाश चौधरीलाई सम्मान गरेको छ । पत्रकारितासँगै सक्रिय रक्तदान गरेर जीवन बचाउने काम गरेको भन्दै बातचित घरले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा आज उहाँलाई सम्मान गरेको हो ।
उज्यालो बन्यो दुर्गमका अँध्यारा बस्ती
बाजुरामा पुस्तौँ देखि अँध्यारा रहँदै आएका दुर्गम गाउँ बस्ती पछिल्लो समय उज्याला हुन थालेका छन् ।
छ महिनापछि घर फर्किए टिङ्करवासी
दार्चुला, वैशाख २७ गते । दार्चुलाको उत्तरी सिमानामास्थित टिङ्कर गाउँका स्थानीय छ महिनापछि गाउँ फर्किएका छन् । गत मङ्सिरमा चिसो छल्न गाउँ छोडेर खलङ्गा झरेका ७० परिवार पुनःगाउँ फर्किएका हुन् । गत मङ्सिरमा कठोर जाडो छल्न गाउँ छाडेका यहाँका स्थानीय वैशाख अन्तिम साता मात्रै पुनःफर्किएका छन् । “छ महिनापछि फर्कंदा आफ्नो घरको ढोका देवी–देवता भरोसामा जस्तोको तस्तै रहेछ”, स्थानीय जसपाल तिङ्करीले भन्नुभयो, “भगवान् भरोसा छोडिएका घरका ताला खुलेका छन् ।” छ दिनको यात्रापछि अहिले सबै स्थानीय गाउँपुगेपछि चहलपहल बढेको छ । टिङ्कर पुग्न नेपालकै भूमि भएर जान सकिने गोरेटो बाटो छैन । स्थानीय भारतको बाटो हुँदै कठिन यात्रा गरी गाउँ पुगेका छन् । वडा नम्बर १ का वडा सदस्य एवं टिङ्करका स्थानीय हितेश बुढाथोकीले भन्नुभयो, “आफ्नै भूमि भएर गाउँ फर्किन नपाउँदा नरमाइलो लाग्छ ।” आफ्नो गाउँ जान भारतीय अनुमति लिनुपर्दा अपमानित महसुस हुने गरेको स्थानीयको गुनासो छ । राज्यले समयमै पूर्वाधार निर्माणमा ढिलाइ गर्दा यहाँका नागरिकले सास्ती खेप्नुपरेको हो ।सरकारले विशेष अनुदानअन्तर्गत चालु आर्थिक वर्षमा पाँच करोड ५० लाख बजेट पठाएको भए पनि गाउँपालिकाले ठेक्कामा ढिलाइ हुँदा बाटो बन्न सकेन । यद्यपी गाउँपालिकाले यसै साता मात्र निर्माण कम्पनी छनोट गरेको छ । यो पटक आफ्नै भूमि भएर गाउँ जाने सपना बुनेका व्यासीहरू अन्ततः भारतकै भूमि भएर गाउँ फर्किनुपरेको बुढाथोकी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कहिलेकाही आफ्नै सरकारप्रति हिनताबोध हुन्छ ।” विसं २०७७ जेठ ७ गते सरकारले चुच्चे नक्सा जारी गर्दा स्थानीय निकै खुसी थिए । “भूगोल नआए पनि नक्सामा हाम्रो भन्ने अधिकार पाएको महसुस गर्यौँ”, जसमल बुढाथोकीले सुनाउनुभयो, “तर नक्सा पाएका नागरिकका लागि पैदलबाटो बनाउन सरकारले यतिका वर्ष लगाउँदैछ । सडक सपना त अझै धेरै टाढाको छ ।”नक्साजारी भएपछि एकपटक सरकारले हेलिकाेप्टरमार्फत खाद्यान्न ढुवानी गर्यो । नागरिकमा एक प्रकारको खुसी महसुस छायो । तर विस्तारै ती सबै सपना जस्तै लाग्न थालेको स्थानीय दानसिंह तिङ्करीको बुझाइ छ । उती बेला राज्यका माथिल्लो निकायबाट भएको भ्रमण हेर्दा व्याससम्म सडक चाडै पुग्ने विश्वास थियो । यहाँका बासिन्दा वर्षको आधा समय खलङ्गामा र बाँकी समय टिङ्करमा बस्ने गर्छन् । उनीहरूको भाषामा यसलाई ‘कुञ्चा’ सर्नु भनिन्छ । कुञ्चा भनेको सौका समुदायको भाषामा बसाइसराइ हो । तीन हजार तीन सय मिटर उचाइमा अवस्थित यस गाउँमा ६ फिटभन्दा बढी हिउँ पर्ने हुँदा हिउँदमा बस्न सकिँदैन दानसिंह भन्नुहुन्छ । चिसो छल्न उनीहरू परिवार, पशुचौपाया, खाद्यान्नसहित खलङ्गातिर सर्छन् ।चिसो मौसम भएका कारण छ महिनागाउँ सुनसान हुन्छ । घरका ढोकामा चाबी लगाइएको हुन्छ । दानसिंहले थप्नुभयो, “अहिलेसम्म गाउँमा चोरी भएको घटना छैन । यो सबै भगवान्को देन हो ।” हामीहरूको संस्कृति, परम्परा र पूजापाठमा गहिरो आस्था छ । यही कारण कोही नहुँदा पनि हाम्रो खाद्यान्न, घर सुरक्षित नै रहेको हुन्छ । स्थानीयको मुख्य जीविकोपार्जन कृषि, व्यापार र जडिबुटी सङ्कलन हो । यहाँ फापर, उवा, काकनु, आलु गहुँजस्ता अन्नबाली उत्पादन हुन्छ । उनीहरू गाई, चौरी, खच्चड, घोडा, बाख्रा पाल्छन् । अहिले गाउँपुगेपछि स्थानीय आलु फापर, गहुँ, छर्ने तयारीमा छन् । चीनसँगको व्यापार खुला हुँदा तिब्बतसँग किनमेल गर्थे । पछिल्लो समय भने चीनबाट खाद्यान्न आउन रोकिएको छ । नेपालमा मात्रै बसोवास गर्ने व्यासी सौका समुदायको मात्रै यहाँ बसोवास हुन्छ । परम्परागत घरले सुन्दरता दिएको छ । टिंकर प्राकृतिक रूपमा अत्यन्त सुन्दर छ । फुलेका मनमोहक फूल, घर नजिकै देखिने नाउर जस्ता वन्यजन्तु, अपि हिमाललगायत हिमशृङ्खला, सुदूरहिमाली जीवनशैलीले यहाँलाई विशेष बनाउँछ । सौका समुदायले आफ्नै भाषा ‘रङ्ग’ बोल्छन् । छैन आधारभूत सेवा व्याँस गाउँपालिका–१ कातिङ्करवासीहरू वर्षको करिब ६ महिना गाउँमा बसोवास गर्छन् । सो अवधिमा स्वास्थ्य चौकी नहुँदा उनीहरू सामान्य रोग लाग्दा पनि भारतीय सुरक्षाकर्मी समक्ष धाउनुपर्छ या आफैँले खलङ्गाबाट बोकेर लिएको औषधी प्रयोग गर्न बाध्य छन् ।“सामान्य टाउको दुख्दा औषधी हुँदैन, स्थानीय जसमल बुढाथोकी भन्नुभयो, “ज्येष्ठ नागरिक बिरामी हुँदा अकालमै ज्यान गुमाउनुको विकल्प छैन ।” धेरैले सिटामोल, दमलगायत औषधी खलङ्गाबाटै आफूसँगै बोकेर लिने गर्छन् । उनीहरूको भाषामा आफ्नै स्वास्थ्यकर्मी आफैँ बिरामी जस्तै हो । व्यास १ को छाङ्गरूमा स्वास्थ्य चौकी छ । तर तिङ्कर गाउँबाट छाङ्गरू आउजाउ गर्न पाँच घण्टा बढी समय लाग्छ । गाउँमा युवा कमै बस्छन् । बिरामी हुँदा बोक्न पनि मुस्किल पर्छ । पढाई र रोजगारीको सिलसिलामा गाउँभन्दा बाहिर युवा हुँदा गाउँमा कुनै अप्ठ्यारो पर्दा समस्या हुने गर्छ । “पहिले त कोही बिरामी हुँदा चार पाँच दिनपछि खबर पाउने अवस्था थियो”, बुढाथोकीले भन्नुभयो, “गतवर्षदेखि ल्याण्डलाइन र नेपाल टेलिकमको टु जी फोन सञ्चालन भएपछि सहज भएको छ ।” चिसोका कारण बिरामी पर्ने जोखिम उच्च छ, तर यस क्षेत्रमा राज्यको ध्यान कम गएको देखिन्छ । सर्वसाधारण मात्र होइन यहाँका सुरक्षाकर्मीले बोेकरै औषधी लिनुपर्छ । वडा सचिव विनोदसिंह बुढाथोकीका अनुसार टिङ्करमा तीन–चार वर्षअघि निर्माण थालिएको स्वास्थ्य भवन अझै पूरा हुन सकेको छैन । उहाले भन्नुभयो, “समयमै बजेट नआउँदा स्वास्थ्य संस्था सञ्चालनमा आउन सकेको छैन ।”पञ्चायतकालमा नेपाली बाटो, अहिले विदेशको भरपञ्चायतकालमा टिङ्कर पुग्न नेपाली गोरेटो बाटो प्रयोग हुन्थ्यो । बहुदल आएपछि त्यो बाटो बन्द भयो । गोरेटो बाटो मर्मतमा ध्यान नजाँदा स्थानीयले जहिल्यै आफ्नै गाउँ फर्किन भारतीय भूमि र भारतीय अनुमतिको भर पर्नुपरेको छ । व्याँस गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामी भन्छन्, “व्यास गाउँपालिका–१ को छाङ्गरू टिङ्कर जोड्ने गरी पटकपटक बजेट नगएको भने होइन । तर नियमन निकायको अभाव भयो । बजेटको सही प्रयोग हुन नसक्दा यो बाटो कहिल्यै बनेन् । तत्कालीन जिल्ला विकास समिति, गाउँविकास समितिमार्फत बजेट राख्यो । विसं २०७४ मा स्थानीय सरकार बनेपछि गाउँपालिकाले लगानी गर्यो । गतवर्ष बाटो मर्मत सम्भारमा करोड खर्च भयो । तर बाटोको अवस्था उस्ताको उस्तै छ । बिगतमा केही ठाउँमा भारतीय सडक निर्माणको क्रममा नेपालतिरको बाटो अवरूद्ध भएको स्थानीयवासी बताउँछन् । ठाउँठाउँमा भारतले महाकाली नदी किनारैकिनार सडक लाँदा ड्याम बाधिएर नेपालतर्फको बाटो क्षति हुन पुगेको छ । केही ठाउँमा पहिरो गएपछि बाटो अवरुद्ध भएको छ । तम्बाकुलगायत क्षेत्रमा नेपालतिर नदीले पूरै कटान गरेपछि पूर्णरूपमा बाटो बन्दभएको वडाध्यक्ष योगेश बोहरा बताउनुभयो । नेपालतिर बाटो नबनेकै कारण व्यासका नागरिक मात्र होइन, व्यासमा कार्यरत सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म, इलाका प्रहरी कार्यालय छाङ्गरू, बिओपी टिङ्कर तथा सीमा चौकी टिङ्करी प्रहरीलगायतले भारतकै बाटोको भर पर्नुपरेको छ ।टिङ्करमा प्रहरी र सशस्त्रको छ महिना मात्रै दार्चुलाको टिङ्कर क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरीको बसाइ अधिकतम छ महिनासम्म मात्र हुने गरेको छ । चिसो मौसमका कारण सुरक्षाकर्मीहरू स्थानीय जस्तै बसाइ सर्नुपर्ने अवस्था आइपरेको हो ।स्थानीयको कुञ्चागाउँ पुग्ने बेला सशस्त्र प्रहरी टिङ्कर उक्लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति डिएसपी लीलीबहादुर चन्दले बताउनुभयो । अहिले सशस्त्र प्रहरी बल नेपाल ४४ गण हेडक्वाटर दार्चुलाबाट सशस्त्र प्रहरी निरीक्षक अनिल शाहीको नेतृत्वमा सशस्त्र प्रहरी टिङ्करमा खटिएको हो । उनीहरू भारतीय बाटो हुँदै टिङ्करको छायालेक बिओपी पुगेका हुन् । दुई वर्षदेखि टिङ्करको छायालेकमा सशस्त्र प्रहरी बस्न थालेको हो । व्यासकै छाङ्गरूमा गुल्म रहेको छ । चुच्चे नक्सा जारी भएसँगै यहाँ सुरक्षाकर्मी राखिएको हो । छाङ्गरूमा सशस्त्र प्रहरी र नेपाल प्रहरी वर्षभरि नै बस्ने गर्छन् । नेपाल प्रहरी भने एक दुई दिनभित्र टिङ्कर उक्लिने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्र रावतले बताउनुभयो । अहिले नेपाल र भारत दुवैतर्फबाट अनुमति पत्र बनाउने काम भइरहेको उहाँको भनाइ छ ।
नेपाली वैज्ञानिकको खोज: लालीगुराँसमा महत्त्वपूर्ण पोषण
नेपालको राष्ट्रिय फूल लालीगुराँस केवल सौन्दर्यको प्रतीक मात्र नभई खाद्य र पोषण सुरक्षाका साथै रोग प्रतिरोधात्मक तत्त्वले भरिपूर्ण रहेको पाइएको छ । लालीगुराँसको फूलबाट गुणस्तरीय जुस, वाइन बनाउन सकिने सम्भावना हालै प्रकाशित नेपाली वैज्ञानिकको अध्ययनले देखाएको छ ।
खरबुजा बेच्न चटारो
नदीआसपास बसोबास गर्ने कैलालीका किसानलाई खरबुजा बिक्री गर्न भ्याइनभ्याइ भएको छ ।
महाराणा प्रतापको जन्मजयन्तीमा कार्यक्रम
संविधान सभा सदस्य कृपाराम रानाले रानाथारु भाषा चुनौतीको घेराबन्दीमा रहेको बताउनुभएको छ । शुक्रवार भारतको उत्तराखण्ड प्रदेशको खटिमा स्थित रानाथारु विकास भवनको हलमा आयोजित महाराणा प्रतापको जन्मजयन्तीको अवसरमा उहाँले सो कुरा बताउनुभएको हो ।
घाँस काट्न गएकी एक महिलाको मृत्यु
बाजुरामा घाँस काट्न वनमा गएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–७ सेरकाटियाकी अदाजी ५० वर्षीया काली जोशी हुनुहुन्छ ।
सहज रूपमा सूचना उपलब्ध गराउन निर्देशन
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सूचना मागकर्तालाई सही सूचना सहज रूपमा उपलब्ध गराउन सरकारी कार्यालयमा कार्यरत सूचना अधिकारीहरुलाई निर्देशन दिनु भएको छ।
गति लिँदै महाकाली सिँचाइ तेस्रो चरणले
राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि महाकाली सिँचाइ तेस्रो चरणको कामले गति लिन थालेको छ । आर्थिक वर्ष २०६३/६४ देखि सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाका लागि सुरुआतदेखि नै पर्याप्त बजेट नहुँदा निर्माण कार्यले गति लिन सकेको थिएन ।
सुदूरपश्चिममा ३२ वटा नमुना सामुदायिक विद्यालय छनाेट
सुदूरपश्चिम प्रदेश सरकारले नौ जिल्ला नमुना सामुदायिक विद्यालय छनोट गरेको छ । सामाजिक विकास मन्त्रालयले १६ निर्वाचन क्षेत्रका ३२ सामुदायिक विद्यालयलाई नमुना विद्यालय छनोट गरेको हो ।