तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो
पोखराबाट मुस्ताङका लागि आइतबार विहान उडेर सम्पर्कविहिन भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
तारा एयरको विमान दुर्घटना : उद्धारका लागि छ शेर्पा खटिए
पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज भेटिएको भनिएको स्थानमा पुग्न शेर्पा टोलीलाई पठाइएको छ । उनीहरु हिमाली क्षेत्रका आरोही हुन् । पोखरा विमानस्थलबाट कैलास एयर र डाइनेस्टिकको हेलिकोप्टरले आइतबार साँझ दुर्घटना स्थलको पहिचान गरेका थिए ।
बेनी नगरकार्यपालिकामा गठबन्धनका उम्मेदवार विजयी
हिमाली जिल्ला म्याग्दीको एकमात्रै नगरपालिका बेनी नगरपालिकाको कार्यपालिका सदस्यहरुमा गठबन्धनतर्फका उम्मेदवारहरु विजयी हुनुभएको छ ।
भूमिहीन र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्ने तयारी
राष्ट्रिय भूमि आयोग पाल्पाले सुकुमवासी, दलित, भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्न काम अगाडि बढाएको छ ।
हराएको विमान लाङ्चिगोला क्षेत्रमा जलिरहेको अवस्थामा फेला
आइतबार बिहान पोखराबाट मुस्ताङ जिल्लाको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको जहाज जलिरहेको अवस्थामा फेला परेको छ ।
गणतन्त्र दिवसमा अशक्त ४८ वर्षीया महिलालाई नागरिकता प्रदान
तिलाचन पाण्डे तम्घास, जेठ १५ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले पूर्ण अशक्त ४८ वर्षीया पुनीकला आचार्यलाई घरमै गएर नागरिकता प्रदान गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर आइतबार रेसुंगा नगरपालिका वडा नम्वर १४ मा रहनुभएकी ४८ वर्षीया पूर्ण अशक्त पुनीकला आचार्यलाई घरमै गएर नागरिकता प्रदान गरिएकाे गणतन्त्र दिवस नागरिकले अनुभूति गर्ने खालको होस् भनेर घरमै गएर नागरिकता प्रदान गर्ने योजना बनाएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । घरमै आएर नेपाली नागरिकता प्रदान गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीको सम्पूर्ण टोलीलाई आचार्यले धन्यवाद दिँदै सरकारको अनुभूति ढिलै भए पनि पाएको बताउनुभयो । गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय गुल्मीले कार्यालय परिसरमा सरसफाइ गरेको छ ।गणतन्त्र दिवसको अवसरमा रचानात्मक कार्य गर्ने उद्देश्यले कार्यालयको परिसरमा सरसफाई गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।यस्तै दिवसरको अवसरमा जिल्लामा रहेका सबै सरकारी कार्यालयमा शनिबार साँझदेखि सोमबारसम्म तीन दिन दीपावली गर्ने र रचानात्मक कार्यक्रमहरु गर्ने कार्यक्रम तय गरिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।
थासाङ क्षेत्रमा हराएको विमान खोज्दै सेनाको हेलिकोप्टर
मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाका पूर्व अध्यक्ष बुद्धिप्रसाद शेरचनका अनुसार, यस क्षेत्रमा तारा एयरको विमान हराएको कुरा आएको छ तर यहाँ नै छ भनेर भन्ने ठोस जानकारी प्राप्त भएको छैन ।
बागलुङ नगरपालिकामा नयाँ सडक खन्न निषेध
बागलुङ नगरपालिकामा बागलुङमा नवनिर्वाचित जनप्रतिनिधिले नगर क्षेत्रको कुनै पनि स्थानमा नयाँ सडक विस्तार गर्न कामलाई निषेध गरेका छन् ।
हराएकाे विमान खोजीका लागि नेपाली सेनाको हेलिकोप्टर सम्भावित क्षेत्रमा
पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य जारी छ । जहाज खोजीका लागि दुर्घटना आशङ्का रहेको क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टर पोखराबाट मुस्ताङतर्फ उडेको छ ।