बिहानैदेखि लामबद्ध यातायातका सेवाग्राहीको आक्रोश
बिहान ६ बजेको चिसो तुसारो। जाडोले थरथर कमाउने शरीर। साँघुरो गल्लीमा लामबद्ध सेवाग्राही। अगाडि कालोपत्र सडकमा दायाँबायाँ सवारी साधनको पार्किङ। त्यही सडकमा सेवाग्राहीको लर्को।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
दलको नेताका लागि कांग्रेसमा सातजनाको दाबी
नेपाली कांग्रेसबाट सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलको नेताका लागि सात जनाले दाबेदारी प्रस्तुत गर्नुभएको छ । सो पार्टीको मंगलबार बसेको प्रदेश समितिको बैठकमा सात जनाले दावेदारी प्रस्तुत गर्नुभएको हो ।
नयाँ सरकारले दिगो विकासमा ध्यान दिनुपर्छ : वामदेव गौतम
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गर्दै दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ।
राष्ट्रपति भण्डारीसमक्ष श्रीलङ्काका राजदूतको बिदाइ भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुणातिलकाले बिदाइ भेट गर्नुभएको छ।
समाजवादीको केन्द्रीय सचिवालयले सरकारमा जानेबारे निर्णय गर्ने
नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषय केन्द्रीय सचिवालयले टुङ्गो लाउने भएको छ।
नागरिकका सुझाव संसद्बाट सम्बोधन हुनुपर्छ : पूर्व सभामुख घर्ती
नेकपा (माओवादी केन्द्र) की नेत्री एवं प्रतिनिधि सभाकी पूर्व सभामुख ओनसरी घर्तीले सङ्घीय कानुन निर्माण हुन नसक्दा प्रदेश र स्थानीय सरकारलाई समस्या परिरहेको भन्दै कानुन निर्माणमा पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ।
सास्ती हटाउने कामलाई प्राथमिकतामा राख्नुहोस् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन ३० बुँदे निर्देशन दिनुभएको छ ।
कांग्रेसको मुख्य सचेतकमा लेखक
नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनीत हुनुभएको छ ।
गृहमन्त्री लामिछाने र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङबीच भेट
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ ।
सांसदद्वय आले र राईले लिनुभयो शपथ
नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद प्रेमबहादुर आलेमगर र नेपाली कांग्रेसकी सांसद माया राईले आज (मङ्गलबार) पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
व्यक्तिगत मोबाइल आयातमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट नेपाल फर्किदा व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइलका सम्बन्धमा नागरिकस्तरबाट गुनासो आएपछि त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिनुभएको छ ।
शपथ लिन बाँकी सांसद आले र राईले आज शपथ लिँदै
नेकपा (एकीकृत समाजवादी पार्टी) का सांसद प्रेमबहादुर आले मगर र नेपाली कांग्रेसकी सांसद माया राईले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।
सरकारमा सहभागिताबारे जसपा अनिर्णीत
जनता समाजवादी पार्टी (जसपा)को राजनीतिक समितिको बैठक सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा ठोस निर्णय नगरी टुङ्गिएको छ । सरकारमा सहभागी हुने वा नहुने विषयमा निर्णय गर्न बसेको जसपा बैठकमा सोमबार सबै नेताले धारणा राख्न समय नपुगेको भन्दै बैठक निष्कर्षविहीन टुङ्गिएको जनाइएको छ ।
सम्पदा संरक्षणबारे विशेष चासो
राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका चाडबाड, संस्कृति र सम्पदा संरक्षणका लागि चासो व्यक्त गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र उपप्रमुख सुनीता डङ्गोलसँग सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटघाटमा राष्ट्रपति भण्डारीले काठमाडौँको चाडबाड, जात्रा र यहाँको पुरातात्त्विक सम्पदा संरक्षणबारे विशेष चासो व्यक्त गर्नुभएको राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टीका ढकालले जानकारी दिनुभयो ।
महत्त्वपूर्ण विधेयक चाँडो अघि बढाउन आग्रह
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन तर्जुमाक्रममा सरोकारवालासँग सर्वपक्षीय र बृहत् परामर्श आवश्यक भएको बताउनुभएको छ । सर्वोपरि रूपमा कानुनले निरन्तरता पाउने अवस्था हुनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।
बामपन्थी शक्तिबीच एकता गर्न एकीकृत समाजवादीमा दबाब
नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिबीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् ।
सभाकक्षमा आपत्कालीन द्वार तत्काल निर्माण गर्न गृहमन्त्रीको निर्देशन
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपत्कालीन द्वार (इमर्जेन्सी इक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिनु भएको छ ।
लुम्बिनीमा कांग्रेस र माओवादीले छाने संसदीय दलको नेता
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन हुनुभएको छ । सोमबार बसेको बैठकले दाङबाट निर्वाचित प्रदेश सभा सदस्य चौधरीलाई संसदीय दलको नेता चयन गरेको हो ।
राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ मा गर्न परामर्श
निर्वाचन आयोगले आउँदो माघ २५ गते बुधबार राष्ट्रिय सभा सदस्यको रिक्त एक सदस्यका लागि उपनिर्वाचन गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई आयोगले परामर्श दिएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा विभिन्न मन्त्रालयको काम कारबाहीबारे चासो व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विभिन्न मन्त्रालयको काम कारबाहीबारे जानकारी लिनुभएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूलाई बोलाई त्यसका काम कारबाहीको विवरण लिनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मत लिनुहुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिनुहुने भएको छ । सोमबार सङ्घीय संसद्का महासचिवलाई पत्र लेख्नुहुँदै प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने उल्लेख गर्नुभएको हो ।
सत्तारुढ गठबन्धनमा सामेल हुन सकिँदैन : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताउनुभएको छ ।
समयमै विकास निर्माणका काम सम्पन्न गर्न सांसद माझीको आग्रह
प्रतिनिधिसभा सदस्य उर्मिला माझी (पौडेल)ले विकास निर्माणका काम समयमा सम्पन्न गरी जनतालाई प्रभावकारी सेवा दिन सक्रिय पहल गर्नुभएकाे छ। निर्वाचनमा विजय घाेषित भएपछि जिल्ला आउनुभएकी नेकपा माओवादी केन्द्रकी सांसद माझीले प्रमुख जिल्ला अधिकारी र पूर्वाधार प्रमुखलगायतसँग छलफल गर्दै विकासका कामहरू तोकिएको समयमा नसक्दा जनताले असुविधा भोग्न बाध्य हुनुका साथै जिल्लाको परिचय पनि बिग्रने बताउनुभयाे ।