नेकपा एमालेको लुम्बिनी संसदीय दलको नेतामा गिरी
नेकपा [एमाले]को लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा लीला गिरी चयन हुनु भएकाे छ । दाङको देउखुरीमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र सचिव छविलाल विश्वकर्माको उपस्थितिमा बसेको बैठकले गिरीलाई सर्वसम्मत रूपमा संसदीय दलका नेता चयन गरेको हो ।
सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल
माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि तत्काल सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल देखिएको छ ।
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेको दाबी रहन्छ : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेको दाबी रहने बताउनुभएको छ।
सरकार गठनमा एमाले र माओवादीले दाबी कायमै
प्रदेश प्रमुख पर्शुराम खापुङले सात दिनको समय आह्वान गर्नुभएसँगै सरकार गठनको प्रक्रिया अगाडि बढेको छ।
दुई अध्यादेश पेश, पुरानै प्रदेश सभा नियमावलीलाई निरन्तरता
प्रदेश १ प्रदेश सभाको अधिवेशन आइतबारबाट सुरु भएको छ। प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले सभामुखको भूमिका निर्वाह गर्दै प्रदेश सभाको बैठक सञ्चालन गर्नुभयो।
लुम्बिनीका प्रदेश सभा सदस्यको शपथ
लुम्बिनी प्रदेश सभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
खेलकुद क्षेत्रलाई सरकारले हेर्नुपर्छ : एमाले अध्यक्ष ओली
सत्ता साझेदार दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई सरकारले प्रभावकारी रूपमा हेर्नुपर्ने बताउनुभएको छ।
सुशासन र समृद्धिका निम्ति काम गर्छौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर जनताको निम्ति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
सुदूरपश्चिम प्रदेश माओवादी संसदीय दलको नेतामा भट्ट सर्वसम्मत
नेकपा (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन हुनुभएको छ ।
बृहत्तर बाम एकताको पहल गर्ने पक्षमा छौँ : एकीकृत समाजवादी
नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक परिस्थिति सम्बन्धनमा सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ।
नयाँ वर्षले बिथोलिएको राजनीतिलाई अगाडि बढाउनेः अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।
जसपाबाट मन्त्री चयन गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी (जसपा) पार्टी, नेपालले सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ ।
माओवादी बागमती प्रदेशको दलका नेतामा जम्मकट्टेल
नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन हुनुभएको छ । बागमती प्रदेशका इञ्चार्जलगायतका शीर्ष नेताहरुको उपस्थितिमा आज यहाँ सम्पन्न बैठकले दल नेतामा जम्मकट्टेललाई चयन गरेको हो ।
ईयूको सुरक्षा जोखिम सूचीबाट हट्ने नेपालको अपेक्षा
नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (ईयु)को टोली नेपाल आउने भएको छ।
प्रतिकूलतामा गम्भीरता, नवीनताको प्रतिबद्धता : महामन्त्रीद्वय थापा र शर्मा
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिमा आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम तथा त्यसबाट उत्पन्न परिस्थितिको इमानदार समीक्षा गर्ने उल्लेख गर्नुभएको छ ।
बाँकी जीवन सुशासन र विकासमा समर्पित गर्छु : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि यो कार्यकालमा सुशासन र विकासमा केन्द्रीत भएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि पहिलो पटक शनिबार गृह जिल्ला चितवन पुगेर उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
सुदूरपश्चिम एमाले संसदीय दलको नेतामा रावल
नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतामा राजेन्द्रसिंह रावल सर्वसम्मतले चयन हुनुभएको छ।
सुशासन र सुरक्षाको प्रत्याभूति गराउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिनुभएको छ।
‘समुन्नतिका लागि राष्ट्रिय एकता’
वि.सं. २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएका जननायक बीपी कोइरालाले भन्नुभएको थियो, “राष्ट्रिय सङ्कटका घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर, समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ। हाम्रो कार्यक्रम ‘राष्ट्र रहेन भने हामी रहन्नौँ’ भन्ने भावनाले प्रेरित हुनुपर्छ।”
जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आज प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभइ उपस्थित प्रहरी कर्मचारीलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिनुभएको छ।
प्रधानमन्त्रीलाई श्रीलङ्काका राष्ट्रपतिको बधाइ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलकाका राष्ट्रपति रणिल विक्रमासिङ्गेबीच आज टेलिफोन वार्ता भएको छ।
प्रचण्डलाई प्रधानमन्त्री नदिनु गल्ति : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. सशांक कोइरालाले पहिलो कार्यकालका लागि प्रधानमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अस्वीकार गरेर कांग्रेसले गल्ति गरेको बताउनुभएको छ ।
देशमा राष्ट्रिय सहमतिको आवश्यक : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा राष्ट्रिय सहमतिको आवश्यक रहेको बताउनुभएको छ । व्यास नगरपालिका–६ खहरेमा मिलिजुली युवा क्लबले तमू ल्होसारको अवसरमा आयोजित सांस्कृतिक तथा खुला भलिबल प्रतियोगिताको शुक्रबार उद्घाटन गर्नुहुँदै वरिष्ठ नेता पौडेलले सो कुरा बताउनु भएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षीको बधाइ पत्र
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले बधाइ दिनुभएको छ ।