माओवादी केन्द्रले जननिर्वाचित प्रतिनिधिलाई प्रशिक्षण दिने
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले स्थानीय निर्वाचनमा जननिर्वाचित प्रतिनिधिसहित प्रशिक्षण गर्ने निर्णय गरेको छ।
महिला मुद्दाबारे सरकारको ध्यानाकर्षण गराउँदै कांग्रेस नेत्री
काठमाडौं, जेठ ११ गते। सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय “डिना” को नेतृत्वमा महिलाका समसामयिक मुद्दाबारे सरकारको ध्यानाकर्षण गराएको छ। बुधबार कांग्रेस केन्द्रीय सदस्यले सानेपास्थित बीपी स्मृति भवनमा पत्रकार सम्मेलन गर्दै यस्तो ध्यानाकर्षण गराएका हुन्। पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य उपाध्यायले स्थानीय निर्वाचनमा महिलाको संख्या कम, लैङ्गिकमैत्री बजेट, मूल्यवृद्धिले आम उपभोक्ता, महिला र गृहिणीमा परेको असर एवम् विद्यमान परिप्रेक्षमा महिलाका विभिन्न सवालबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने बताउनुभयो।“गठबन्धनमा २२ प्रतिशत महिला आएको भन्ने देखिन्छ, संविधान अनुसार प्रमुख वा उपप्रमुखमा एक महिला र एक पुरुष भन्ने आवाज उठाएका थियौं”, उहाँले भन्नुभयो, “अहिले हामीले त्याग गरेको र भोलि यसको क्षतिपूर्तिसहित लिन्छौं भन्ने विचार राखेका छौं।” यसबाट अहिलेको कानून फितलो रहेको निष्कर्ष आफ्नो रहेको उहाँको भनाइ छ। बजेट र प्रस्तुत भइसकेको नीति तथा कार्यक्रम पनि महिलामैत्री, समावेशी र समानुपातिक हुनुपर्ने विषयमा संशोधनका विषय संसदमा क्रमागत छलफलको क्रममा उठाइने उहाँले बताउनुभयो।भर्खरै, वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा महिलाको संख्या घट्नुको कारण र आगामी संसदीय निर्वाचनमा समानुपातिक सहभागिताको विषयमा प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापनपत्र बुझाइने उहाँले बताउनुभयो।
कटारी नपामा प्रमुखमा गठबन्धनबाट कांग्रेस, उपप्रमुखमा एमालेको जीत
उदयपुरको कटारी नगरपालिकामा गठबन्धनतर्फ नेपाली कांग्रेसको राजेशचन्द्र श्रेष्ठले प्रमुख पदमा विजय हाँसिल गर्नुभयो भने उपप्रमुखमा नेकपा एमालेकी गीता खड्काले विजय हाँसिल गर्नुभयो ।
भ्रष्टाचार रोक्न जनलोकपालको विकल्प छैन : यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले देशमा लुटतन्त्र र भ्रष्टाचार नियन्त्रण गर्न जनलोकपाल आयोग गठन गर्नुपर्ने बताउनुभएको छ ।
पार्टीको अध्यक्ष पदबाट रवीन्द्र मिश्रद्वारा राजीनामा
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ ।
पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ
कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ ।
पोखरामा रोकिएको मतगणना सुरु
सन्तोष सुवेदीकास्की, जेठ १० गते। पोखराको स्थागित भएको मतगणना पुनः सुरुभएको छ।७ घण्टासम्म स्थगित भएको गणना सहमतिपछि पुनः सुरु भएको हो ।पोखरा वडा १८ मा खसेको मत र गणना भएको मत समान नभएपछि नेकपा (एमाले)ले पुनः गणना माग गर्दै निवेदन दिएपछि गणनास्थलबाट प्रतिनिधि फिर्ता बोलाउँदै आन्दोलन थालेको थियो।त्यसपछि पोखरा २२, ३२ र ३३ को जारी मतगणनासमेत सात घण्टासम्म रोकिएको थियो ।पोखरा १८ को निवेदनमा कार्यालय गम्भीर रहेको र यस विषयमा थप कारबाहीका लागि कार्यालय प्रतिवद्ध हुने सहमतिपछि पुनःमतगणना सुचारु हुने भएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो।पोखरा १८ को हकमा निवेदन परिसकेपछि कानुनी प्रक्रियामा जाने उहाँको भनाइ थियो।अहिले पोखरा २२, ३२ र ३३ को गणना जारी छ।
काठमाडौं महानगरको मतगणना बिहीबार दिउँसोसम्म सम्पन्न हुने
काठमाडौं, जेठ १० गते। काठमाडौं महानगरपालिकाको भृकुटीकण्डपस्थित राष्ट्रिय सभा गृहमा जारी मतगणना जेठ १२ गते बिहीबार दिउँसोसम्म सम्पन्न हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।कार्यालयका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठले मतगणनामा सबै प्रतिनिधिबाट सहयोग भएको र सो कार्य यसैगरी अघि बढेको खण्डमा सो दिनको २ बजेसम्ममा सम्पन्न हुने बताउनुभयो। महानगरमा खसेको एक लाख ९१ हजार १८६ मतमध्ये अहिलेसम्म एक लाख ५५ हजारको हाराहारीमा मतगणना भएको उहाँले बताउनुभयो। मंगलबार साँझसम्म एक लाख ५३ अजार ८०४ को मतगणना गर्दा प्रमुख पदमा “लौरो” निर्वाचन चिह्न रहेका स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ५१ हजार ५३० पुगेको छ। यसैगरी, नेपाली कांग्रेसका सिर्जना सिंहले ३१ हजार ६४८ र नेकपा (एमाले) का केशव स्थापितको मत ३१ हजार ५७ रहेको छ।राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मदनदास श्रेष्ठले चार हजार ७२२ मत र स्वतन्त्र उम्मेदवार सुमन सायमीले नौ हजार ५३७ मत ल्याउनुभयो।महानगरको उपप्रमुखमा एमालेकी सुनिता डंगोलले ५६ हजार २६८ मत ल्याउनुभएको छ। नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १९ हजार १९३ मत ल्याउनुभयो। राप्रपाकी बिनिता मगैयाको नौ हजार ९७३ मत रहेको छ।
ललितपुर महानगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी : कुन नगरमा कसको जित ?
ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी हुनुभएको छ।