राम्रा काममा सरकारको सहयोग रहन्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाले गरेका राम्रा काममा सरकारको सहयोग रहने बताउनुभएको छ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रयासरत छुः मन्त्री खतिवडा
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफू प्रयासरत रहेको बताउनुभएको छ।
प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे
काठमाडौं, जेठ १८ गते। प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने भएको छ। आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ। सभामुख अग्निप्रसाद सापकोटाले थप छलफलका लागि बिहीबार बिहान ११ बजे बैठक बस्ने सदनलाई जानकारी गराउनुभएको हो। अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी छ। संघीय संसदका महासचिव डा. भरतराज गौतमले बिहीबारको सम्भावित कार्यसूची सार्वजनिक गर्नुहुँदै आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने उल्लेख गर्नुभएको छ ।
संघर्षको स्वरुप बदल्नुपर्छ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनभित्र पार्टीले संघर्षको स्वरुप बदल्नुपर्ने बताउनुभएको छ । स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बुधबार यहाँ प्रशिक्षण कार्यक्रममा बोल्नुहुदै उहाँले जुन उद्देश्यकासाथ गठबन्धन भयो त्यो उद्देश्य कायमै रहेको तर माओवादी अलि उदार र गठबन्धनप्रति नै बढी भरोसा गरेको बताउनुभयो ।
राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल
प्रतिनिधि सभाको बैठकमा बुधबार पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी छ ।
माओवादी केन्द्रले जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै
नेकपा (माओवादी केन्द्र)ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग
काठमाडौँ, १७ फागुन (रासस) : सांसदले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गर्नुभएको छ। राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुदैँ सांसदहरूले हवाई सेवालाई गुणस्तरीय बनाउन सरोकारवाला निकायले विशेष ध्यान दिन जरुरी भएको उल्लेख गर्नुभयो।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले मुलुकभित्र बढ्दो हवाई दुर्घटना नियन्त्रण तथा हवाई उडानलाई व्यवस्थित र सुरक्षित बनाउन सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो। देशभित्र बारम्बार भइरहेका हवाई दुर्घटनाको अनुसन्धान गरी यसको निर्मुलिकरणका उपाय अपनाउन सबै निकायले चासो दिनुपर्ने उहाँको भनाइ थियो।नेकपा (एकीकृत समाजवादी) का सांसद मदनकुमारी शाहले हवाई यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन माग गर्नुभयो। उहाँले अहिले नेपालमा ४० वर्ष भन्दा बढी पुराना जहाज चलिरहेकाले उडान सुरक्षामा चुनौती थपिएको भन्दै हवाई यातायातलाई गुणस्तरीय र विश्वसनीय बनाउ सरकारको ध्यान जान जरुरी भएको उल्लेख गर्नुभयो। यही जेठ १५ गते पोखराबाट जोमसोमका लागि बिहान ९:५५ बजे उडेको तारा एयरको ट्वीनअटर विमान सम्पर्कविहीन भई सोमबार बिहान मुस्ताङ्को थासाङस्थित सानोसुरे भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। उक्त विमानमा सवार तीन चालक दलका सदस्य र १९ यात्रुगरी कूल २२ जनाको निधन भएको थियो।
स्थानीय तहका प्रमुख : ‘शासक होइन सेवक बन्नुपर्छ’
स्थानीय तहको निर्वाचन सकिएको छ। देशभर ३४ हजार ९५३ जना निर्वाचित जनप्रतिनिधिले आ–आफ्नो कार्यभार सम्हाल्नु भएको छ।
प्रतिनिधिसभाको कार्यव्यवस्था र संसदीय समितिमा हेरफेर
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्यहरुको हेरफेर र पदस्थापन गर्नुभएको छ ।