• २४ वैशाख २०८१, सोमबार

प्रतिनिधिसभाको कार्यव्यवस्था र संसदीय समितिमा हेरफेर

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १७ गते । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्यहरुको हेरफेर र पदस्थापन गर्नुभएको छ ।

मङ्गलबारको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले प्रतिनिधि सभाको कार्यव्यवस्था समितिमा सदस्यहरुको चयन र मातहतका संसदीय समितिमा सदस्यको छनोट र हेरफेर गर्नुभएको हो ।

प्रतिनिधिसभाका समितिमा सांसदहरूको चयन देहाय अनुसार हेरफेर गरिएको  छ ।

विष्णु पौडेल, अर्थ समिति
हृदयेश त्रिपाठी, अर्थ समिति
मिनेन्द्र रिजाल, अर्थ समिति
केपी शर्मा ओली, अन्तर्राष्ट्रिय सम्बन्ध समिति
ईश्वर पोखरेल, अन्तर्राष्ट्रिय सम्बन्ध समिति
प्रदीप ज्ञवाली, अन्तर्राष्ट्रिय सम्बन्ध समिति
लिलानाथ श्रेष्ठ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
नवराज राउत, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
जुली महतो, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
भानुभक्त ढकाल, कानून, न्याय तथा मानव अधिकार समिति
पार्वत गुरुङ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति
कृष्णगोपाल श्रेष्ठ, राज्यव्यवस्था तथा सुशासन समिति
वसन्त नेम्वाङ, विकास तथा प्रविधि समित
पद्मा अर्याल, विकास तथा प्रविधि समिति
जगत सुनुवार, शिक्षा तथा स्वास्थ्य समिति
शिवमाया तुम्वाहाम्फे, सार्वजनिक लेखा समिति
गणेशसिंह ठगुन्ना, सार्वजनिक लेखा समिति
उमाशंकर अरगरिया, कानुन समितिबाट उद्योग समिति
विमला विक, महिला समितिबाट कानुन समिति
रामकुमारी चौधरी, कानुन समितिबाट कृषि समित
खगराज अधिकारी, शिक्षा समितिबाट राज्यव्यवस्था समिति
शक्ति बस्नेत, कृषि समितिबाट राज्यव्यवस्था समिति
हरिराज अधिकारी, अर्थ समितिबाट राज्यव्यवस्था समिति
शान्ता चौधरी कृषि, समितिबाट विकास समिति
विद्या भट्टराई, शिक्षा समितिबाट विकास समिति
दामोदर भण्डारी, राज्यव्यवस्था समितिबाट लेखा समिति