शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                सन्तोष सुवेदी
कास्की, जेठ १० गते। पोखराको स्थागित भएको मतगणना पुनः सुरुभएको छ।७ घण्टासम्म स्थगित भएको गणना सहमतिपछि पुनः सुरु भएको हो ।
पोखरा वडा १८ मा खसेको मत र गणना भएको मत समान नभएपछि नेकपा (एमाले)ले पुनः गणना माग गर्दै निवेदन दिएपछि गणनास्थलबाट प्रतिनिधि फिर्ता बोलाउँदै आन्दोलन थालेको थियो।त्यसपछि पोखरा २२, ३२ र ३३ को जारी मतगणनासमेत सात घण्टासम्म रोकिएको थियो ।
पोखरा १८ को निवेदनमा कार्यालय गम्भीर रहेको र यस विषयमा थप कारबाहीका लागि कार्यालय प्रतिवद्ध हुने सहमतिपछि पुनःमतगणना सुचारु हुने भएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो।
पोखरा १८ को हकमा निवेदन परिसकेपछि कानुनी प्रक्रियामा जाने उहाँको भनाइ थियो।अहिले पोखरा २२, ३२ र ३३ को गणना जारी छ।
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...