फुटपाथ पार्किङको समस्या (फोटो कथा)
काठमाडौं, साउन ३ गते। काठमाडौं उपत्यकाको समस्या पार्किङ एक प्रमुख समस्या हो। बढ्दो शहरीकरण तथा सवारी साधनको बढ्दो चापले पार्किङ पाउन मुस्किल हुनेगर्छ। जसकारणले गर्दा मानिसले फुटपाथमा पार्किङ गर्ने गर्दछ। फुटपाथमा पार्किङ गर्नाले सर्वसाधारणलाई हिँडडुल तथा आवतजावत गर्नमा समस्या परेको छ। दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी फुटपाथमा पार्किङ गर्नाले साधारण मानिसलाई भन्दा अपाङ्गता भएकालाई झनै समस्या पर्ने गरेको छ। कतिपय स्थानमा सडकपेटी अपाङ्ग मैत्री बने पनि सावारी पार्किङ गर्नाले आवतजावत गर्न निकै कठिन भएको पाइन्छ। उपत्यकाको बबरमल बानेश्वर सडकखण्ड, कुपण्डोल जावलाखेल सडकखण्ड, कलङ्की कोटेश्वर सडकखण्ड केही अपाङ्ग मैत्री बनेको छ। सडकमा सवारी पर्किङ गर्नाले विशेषत सेतो छडी टेकेर हिँडडुल गर्नेलाई समस्या भएको छ। स्थल अभावका कारणले कतिपय ठाउँका रिकण्डिसन तथा वर्कशपले शाखा सडक तथा फुटपाथ अतिक्रण गरेर सावरी बिक्री तथा मर्मत गर्न राखिएको पाइन्छ।जसकारण सर्वसाधारणलाई आवतजावत गर्न कठिन हुने र सवारीसाधनको ट्राफिक जाम हुने गरेको छ।
१० तलासम्म आगो निभाउन सक्ने दमकल ल्याइयाे
काठमाडौं महानगरपालिकाले इन्डोनेसियाबाट मङ्गलबार तीन वटा दमकल ल्याएको छ ।
साउनमा हरियो चुरा र मेहेन्दीको धार्मिक महत्व (फोटो फिचर)
साउन अर्थात् विभिन्न रंग समायोेजनको महिना । साउनमा अधिकांश महिलाका हातमा मेहन्दी र रातो, हरियो, पँहेलो चुराले सजिएको हुन्छ । नेपाली परम्पराअनुसार साउनलाई विशेष महत्वको महिना मानिन्छ ।
साउनको पहिलो सोमबार पशुपतिमा भीड
साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
मगर समुदायले मनाए साउने सकराई (फोटो फिचर)
मगर समुदायले साउने सकराई र उधेलि पर्व मनाएका छन् । अठार मगरात मगर प्रतिस्थान लगायत विभिन्न ७ वटा संघ सस्थाको आयोजनामा काठमाडौंको थानकोटको त्रिभुवन पार्कमा आइतबार साउने सकराती पर्व मनाएका हुन् ।
मिथिला येँ आर्ट ग्यालरीमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी (फोटो फिचर)
बंगालादेशका वरिष्ठ कलाकार एस.एम. सुल्तानको स्मृतिमा गरिएको अन्तर्राष्ट्रिय कला प्रदर्शनी आज आइतबार सम्पन्न भएको छ । एसएम सुल्तान फेन आर्टिस्ट गुप्रले जीपी कोइराला फाउण्डेसन आर्ट एण्ड कल्चर डिपार्टमेन्टको सहकार्यमा मिथिला येँ आर्ट ग्यालरी ठमेलमा शुक्रबारदेखि शुरुभएको तीन दिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी आज समापन भएको हो ।
मनसुनका सौन्दर्य भ्यागुता (फोटोफिचर)
मनसुन पानी पर्ने समय। तर, मनसुनमा कुन दिन पानी पर्छ भन्ने कुरा यत्तिकै ठ्याक्कै भन्न सकिँदैन। मौसमविद्ले वर्षाबारे पूर्वानुमानसहितको जानकारी दिने गर्छन्। तर, मौसमविद्बारे जानकारीसमेत नभएका हाम्रा किसानको सम्भावित वर्षाबारे थाहा पाउने तरिका भने फरक छ।
अचम्मको गणेश मन्दिर
ललितपुर जिल्लाको पाटनमा अवस्थित बगलामुखी मन्दिरबाट हिँडेर आधा घण्टामा शिखबहील टोल अर्थात् शंखमुल जाने बाटो, यम्पी महाविहारबाट करिब ५ मिनेटमा हिँडेर पुगिन्छ मन्दिरमा । नेपालकै अचम्मको गणेश मन्दिर । यस गणेशलाई सेंठु गणेश भन्ने गरिएको छ।