• २० वैशाख २०८१, बिहिबार

मिथिला येँ आर्ट ग्यालरीमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी (फोटो फिचर)

blog

तस्विर : मनोजरत्न शाही/गोरखापत्र अनलाइन

काठमाडौं, साउन १ गते । बंगालादेशका वरिष्ठ कलाकार एस.एम. सुल्तानको स्मृतिमा गरिएको अन्तर्राष्ट्रिय कला प्रदर्शनी आज आइतबार सम्पन्न भएको छ । एसएम सुल्तान फेन आर्टिस्ट गुप्रले जीपी कोइराला फाउण्डेसन आर्ट एण्ड कल्चर डिपार्टमेन्टको सहकार्यमा मिथिला येँ आर्ट ग्यालरी ठमेलमा शुक्रबारदेखि शुरुभएको तीन दिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी आज समापन भएको हो ।

प्रदर्शनीमा नेपाल, बंगालादेश, भारत, थाइल्याण्ड, जर्मनी, जिम्बाबे, अमेरिका, बुल्गेरिया, रसिया, मलेसिया, टर्की र श्रीलंकाका ६९ जना कलाकारको कला प्रदर्शनीमा राखिएका थिए । जसमा बंगालादेशका ३५, भारतका १९, नेपालका दुई र विभिन्न देशका गरी ६९ कलाकारका चित्रहरु राखिएका थिए । 

प्रदर्शनीमा विभिन्न देशका विभिन्न कलाकारका फोल्क आर्ट, मोर्डन मिथिला आर्ट, वाटर कलर, वुड कट, एक्रेलिक बेसका सांस्कृतिक कलाहरु देख्न सकिन्छ । संसारभरिका कलाकारलाई कलाको माध्यमबाट जोड्न र विभिन्न देशको कला संस्कृति चिनाउन र प्रचारप्रसार गर्ने उद्देश्यसाथ यस प्रदर्शनीको आयोजना गरिएको जीपी कोइराला फाउण्डेसन आर्ट एण्ड कल्चरका संयोजक सुन्दरकुमार यादवले बताउनुभयो । 

एसएम सुल्तान बंग्लादेशको सबैभन्दा सिनियर कलाकार हुनुहुन्थ्यो । उहाँलाई पाब्लो पिकासो अफ बंगलादेशको नामबाट समेत चिनिन्छ । संयोजक यादवका अनुसार मिथिला येँ आर्ट ग्यालरीमा हालसम्म ३०० भन्दा बढी स्वदेशी तथा विदेशी कला प्रदर्शन भइसकेका छन् । जसमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी २ सयभन्दा बढी छन् ।