• ७ वैशाख २०८१, शुक्रबार

फुटपाथ पार्किङको समस्या (फोटो कथा)

blog

बबरमहलस्थित जिल्ला अदालत अगाडि फुटपाथमा पार्किङ गरिएका सावरीसाधन । तस्बिरः केशब गुरुङ

काठमाडौं, साउन ३ गते। काठमाडौं उपत्यकाको समस्या पार्किङ एक प्रमुख  समस्या हो।  बढ्दो शहरीकरण तथा सवारी साधनको बढ्दो चापले पार्किङ पाउन मुस्किल हुनेगर्छ। जसकारणले गर्दा मानिसले फुटपाथमा पार्किङ गर्ने गर्दछ। फुटपाथमा पार्किङ गर्नाले सर्वसाधारणलाई हिँडडुल तथा आवतजावत गर्नमा समस्या परेको छ। दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी फुटपाथमा पार्किङ गर्नाले साधारण मानिसलाई भन्दा अपाङ्गता भएकालाई झनै समस्या पर्ने गरेको छ। कतिपय स्थानमा सडकपेटी अपाङ्ग मैत्री बने पनि सावारी पार्किङ गर्नाले आवतजावत गर्न निकै कठिन भएको पाइन्छ। 

उपत्यकाको बबरमल बानेश्वर सडकखण्ड, कुपण्डोल जावलाखेल सडकखण्ड, कलङ्की कोटेश्वर सडकखण्ड केही अपाङ्ग मैत्री बनेको छ। सडकमा सवारी पर्किङ गर्नाले विशेषत सेतो छडी टेकेर हिँडडुल गर्नेलाई समस्या भएको छ। स्थल अभावका कारणले कतिपय ठाउँका रिकण्डिसन तथा वर्कशपले शाखा सडक तथा फुटपाथ अतिक्रण गरेर सावरी बिक्री तथा मर्मत गर्न राखिएको पाइन्छ।

जसकारण सर्वसाधारणलाई आवतजावत गर्न कठिन हुने र सवारीसाधनको ट्राफिक जाम हुने गरेको छ।   






Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।