• १५ चैत २०८०, बिहिबार

हाम्रा सम्पदा

अचम्मको गणेश मन्दिर

blog

तस्बीर सौजन्य: राजेश ढुंगाना

काठमाडौं, असार ३२ गते । ललितपुर जिल्लाको पाटनमा अवस्थित बगलामुखी मन्दिरबाट हिँडेर आधा घण्टामा शिखबहिल टोल अर्थात् शङ्खमूल जाने बाटो, यम्पी महाविहारबाट करिब ५ मिनेटमा हिँडेर पुगिन्छ मन्दिरमा ।  नेपालकै अचम्मको गणेश मन्दिर । यस गणेशलाई सेंठु गणेश भन्ने गरिएको छ।

यी गणेश प्यागोडा शैलीको मन्दिरभित्र पित्तलको मन्दिरको आकारमा रहेका छन् । यी गणेशको तलपट्टि विभिन्न देव देवताका मूर्ति छन् भने बायाँतर्फ ६ वटा घण्ट झुण्डाइएको छ । यी गणेश कालो चिल्लो प्रस्तरबाट बनेका छन्।

यी गणेश मन्दिरको परिसरमा नागस्थान, शिवलगायत अन्य देव देवता पनि छन्। मन्दिरको अगाडि गोरखनाथको मूर्ति  छ भने पछाडि कालिकाको मूर्ति छ । हेर्दा निकै नै विचित्र देखिन्छ । मङ्गलबार र विशेष चाडपर्वमा यी सेंठू गणेश मन्दिरमा निकै नै भक्तजनहरुको भीड लाग्ने गर्दछ । तस्बीर सौजन्य : राजेश ढुङ्गाना









Author
राजेश ढुंगाना

ढुंगाना गोरखापत्र संस्थानका पूर्व प्रमुख फोटो सम्पादक तथा हाल स्वतन्त्र फोटो पत्रकार हुनुहुन्छ ।