प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
राष्ट्रियसभा बैठक सुरु
सङ्घीय संसदको राष्ट्रियसभा बैठक सुरु भएको छ । सोमबार दिउँसो १ बजेबाट राष्ट्रियसभा बैठक सुरु भएको हो ।
सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता
सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच भेटवार्ता भएको छ ।
‘शून्य समय सुन्ने मात्र भयो’
संसद्को चालू अधिवेशनमा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्रामका (एसपीपी) कारण सदनमा सरकारको खोजी भयो । सत्तापक्ष तथा प्रतिपक्षका सांसद तथा पूर्वमन्त्रीहरूले रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ खोज्नुभयो तर उहाँ उपस्थित नभएपछि सदन र संसदीय समितिलाई समेत प्रधानमन्त्रीले उपेक्षा गरेको भन्दै आलोचना भयो ।
रेल्वे विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित, अर्को बैठक सोमबार बस्ने
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गर्नुभएको रेल्वे विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
राष्ट्रियसभा बैठकबाट तीन आर्थिक विधेयक पारित
राष्ट्रियसभा बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।
एमाले सांसद राष्ट्रियसभा बैठकबाट बाहिरिए
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राष्ट्रिय सभा बैठकबाट बाहिरिएका छन् ।
राष्ट्रियसभा बैठक (प्रत्यक्ष प्रसारण)
नयाँबानेश्वरस्थित सङ्घीय संसदअन्तर्गत शुक्रबार राष्ट्रिय सभाको बैठक सुरु भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न हुन्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न भएको उल्लेख गर्दै अब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि समयमै सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।