राज्य व्यवस्था समितिबाट नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक पारित
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट पास गरेको छ ।
तेजाब कारण महिलाहिंसाका घटना हृदयविदारक : गृहमन्त्री खाण
“तेजाबका कारण महिलाहिंसाका घटना हृदयविदारक छन्, उत्पादन गर्दा पनि व्यवस्थितरुपमा गर्नुपर्ने, आयात निर्यात गर्दा सुरक्षित बनाउन यो ऐन जरुरी भएको हो ।’’
राष्ट्रियसभामा दुई विधेयक पेश
बिहीबारको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट पारित भएका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियम) विधेयक–२०७९ पेश गर्नुभएको हो ।
संसद् शून्य समय : कर्णालीका बालबालिकालाई पाठ्यपुस्तक उपलब्ध गराउन माग
राष्ट्रियसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसद दुर्गा गुरुङले कर्णालीमा अझै पनि बालबालिकाले पाठ्यक्रपुस्तक नपाएकाले पाठ्यपुस्तक माग गर्नुभयो ।
राष्ट्रियसभा बैठक जारी
सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक जारी छ । बिहीबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित
काठमाडौं, असार २२ गते। गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बुधबारको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। प्रतिनिधिसभाको बैठकमा सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक संशोधनका लागि सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गर्नुभए पनि गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो। सांसद झपटबहादुर रावलले प्रतिनिधिसभामा निर्णायार्थ प्रस्तुत प्रस्ताव पास गर्नु अगाडि उपस्थितिको संख्या गणनाको माग राख्नुभएपछि गणना गर्दा गणपुरक संख्या नपुगेको हो। कार्यसूची अनुसार सभामुख सापकोटाले सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक राज्य व्यवस्था तथा सुशासन प्रतिवेदनको क्रम संख्या १ देखि ४ सम्म उल्लेखित संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। प्रस्ताव पारित गर्न संविधानको धारा ९४ अनुसार एक चौथाई अर्थात् ६९ सदस्य उपस्थित हुनुपर्छ। बैठकमा ६७ सदस्यमात्र उपस्थित भएको भन्दै सभामुख सापकोटाले कार्यसूचीबाट बाँकी कार्यक्रम हटाएर अर्को बैठक बिहीबार दिउँसो २ बजे बस्ने सूचना सुनाउनुभएको हो। बुधबारको अघिल्लो बैठकसमेत गणपुरक संख्या नपुगेर १५ मिनेटका लागि स्थगित भएको थियो। अघिल्लो बैठकमा ६९ सदस्य उपस्थित हुनुपर्नेमा ६५ सदस्य मात्र उपस्थित थिए। अघिल्लो बैठकमा औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न लाग्दा गणपूरक सङ्ख्या नपुगेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको थियो । बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गरेपछि सभामुख सापकोटाले बैठकमा ३ मिनेट जनाऊ घण्टी बजाएर सांसदहरूको सङ्ख्या यकीन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।
प्रतिनिधिसभाको दोस्रो बैठकबाट दुई विधेयक स्वीकृत
प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकले ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
संसदीय समिति गठन हुनु सकारात्मक : भट्टराई
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेका प्रश्नहरूको छानबिन गर्न संसदीय छानबिन विशेष समिति हुनु सकारात्मक भएको बताउनुभएको छ ।
अर्थमन्त्री शर्माद्वारा पदबाट राजीनामा
अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीको पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । उहाँले बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुँदै सो घोषणा गर्नुभएको हो ।