सदनमा अड्किएका विधेयकको अवस्था हेर्न विशेष संसदीय समिति गठन गर्नुपर्छ : सांसद दाहाल
प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद देवेन्द्र दाहालले संसदमा अड्किएर बसेका विधेयकहरुको अवस्था हेर्नका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रियसभाको शून्य समय : तुइनबाट खसेर मृत्यु हुने घटना बढ्दो
तुइनबाट खसेर नागरिकको ज्यान गएका विषयमा सदनदेखि सडकसम्म चर्को आवाज उठ्ने गरेको छ । राष्ट्रियसभाको मङ्गलबारको बैठकको शून्य समयमा सांसद इन्दु कडरियाले तुइन चुडिएर नागरिकले मृत्युवरण गर्नुपरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रियसभा बैठक (प्रत्यक्ष प्रसारण)
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रियसभा बैठक जारी छ ।
सुदूरपश्चिम प्रदेशको बजेटमाथि छलफल सुरु हुन सकेन
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि प्रदेश सभामा अझै छलफल हुन सकेको छैन । बजेट पारित गर्नुपर्ने समय सीमा नजिकिए पनि सत्तारुढ दल र प्रतिपक्षी दलका प्रदेश सभा सदस्यको असन्तुष्टिका कारण बजेटमा छलफल हुन नसकेको हो ।
गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सोमबारको दोस्रो बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि बुधबारसम्मका लागि स्थगित भएको हो ।
प्रतिनिधिसभाबाट यौन हिंसासम्बन्धी विधेयक पारित
प्रतिनिधिसभाले यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पारित गरेको छ । सोमबार बसेको दोस्रो बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पारित गरेको हो ।
यौन हिंसा नियन्त्रणका लागि सुधार आवश्यक : कानुनमन्त्री कोइराला
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘क्रिमिनल जस्टिस सिष्टम’मा सुधारको जरुरी रहेको बताउनुभएको छ ।
यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति सांसद सङ्ग्रौलाकाे असन्तुष्टि
सत्तारुढ नेपाली कांग्रेसकी सांसद डा. डिला सङ्ग्रौलाले सरकारले संसदमा पेश गरेको ‘यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९’ प्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
उपत्यकाको सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी विधेयक पारित
काठमाडौं उपत्यकाको सुरक्षा प्रदेश प्रहरीसँगको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण, र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ प्रतिनिधिसभाबाट मा पारित गरिएको छ ।