उदयपुरको बेलका ९ मा माओवादीका घिमिरे विजयी
उदयपुरको बेलका नगरपालिका वडा नं ९ को वडा अध्यक्ष पदका लागि आइतबार सम्पन्न भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी हुनुभएको छ ।
हाम्रो पे वालेटमा पाँच सय बढी सहकारीको खाताबाट रकम लोड गर्न सकिने
अब सहकारी संस्थाहरूको खाताबाट समेत ‘हाम्रो पे’मा रकम लोड गर्न सकिने भएको छ । सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैङ्क र डिजिटल वालेट ‘हाम्रो पे’ बिच यसका लागि सम्झौता भएको हो ।
स्थानीय तह उपनिर्वाचनः सबै नतिजा (विवरण सहित)
स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ ।
अपाङ्गताका आधारमा गरिने विभेदलाई निषेध गर्नुपर्ने : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका नागरिकले पहिचानसहित मर्यादित र आत्मसम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्ने बताउनुभएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, स्वीस फ्रयाङ्क, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्यवृद्धि भएको छ । यस्तै, युरोपियन युरो, स्वीस फ्रयाङ्कलगायतको मूल्य घटेको छ ।
पर्वतमा खानेपानी विस्तारका लागि एक सय नौ योजना
नागरिकलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले पर्वतमा चालु आर्थिक वर्षमा एक सय नौ वटा योजना सञ्चालन हुने भएका छन् । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा सङ्घीय र गण्डकी प्रदेश सरकारका गरी एक सय नौ योजना सञ्चालन हुने भएका हुन् ।
सधैँ महँगो भान्सा
गत असोजको अविरल वर्षापछि काठमाडौँ उपत्यकामा बढेको तरकारीको भाउ अहिलेसम्म घट्न सकेको सकेको छैन, बरु दिनदिनै बढ्दो छ ।
अस्पतालका बिग्रिएका उपकरण मर्मत गर्दै आविष्कार केन्द्र
महावीर पुन नेतृत्वमा स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्रले वीर अस्पताल र कान्ति बाल अस्पतालका १२ वटा उपकरण मर्मत गरेको छ ।
नक्कली सुन देखाइ ठगी गर्ने छ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन देखाइ ठगी गर्ने छ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नक्कली सुन देखाइ मोरङ, सुनसरी र झापाका विभिन्न १० जनालाई ठगी गर्ने छ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
उपराष्ट्रपति यादवद्वारा अपाङ्गता दिवसको शुभकामना
उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने हक सुनिश्चितताका लागि सरोकार भएका सबैलाई आह्वान गर्नुभएको छ ।
जरिबाना तिर्न नसकेका ज्येष्ठ नागरिकले कैद छुट पाउने
सर्वोच्च अदालतले जरिबाना तिर्न नसकेर कैदमा रहेका ज्येष्ठ नागरिकले पनि कैद छुटको सुविधा पाउने व्याख्या गरेको छ ।
आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्ले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ ।
प्रधानमन्त्री ओली र उहाँका चिनियाँ समकक्षीबीच आज भेटवार्ता
चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओली चीनमा, आज उच्चस्तरीय भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ चीनको राजधानी बेइजिङ पुग्नुभएको छ ।
मतगणना सम्पन्न ठुला दलकै वर्चस्व
स्थानीय तह उपनिर्वाचन २०८१ मा मतदान भएको ४१ पदको मतगणना सम्पन्न भएको छ ।
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमिल्सिना निर्वाचित
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको स्थानीय तहको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की देवकी तिमिल्सिना विजयी हुनुभएको छ ।
घण्टाघर घडीमा स्वचालित दम
त्रिचन्द्र क्याम्पस भन्नेबित्तिकै धेरैको दिमागमा एउटै वस्तुको चित्र झल्किन्छ, घण्टाघर ।
गलत इन्जिनियरिङले बढी क्षति
मुलुकको पूर्वाधार निर्माणमा पर्याप्त भूगर्भिक (जियो) तथा जैविक (बायो) इन्जिनियरिङको प्रयोग भएको देखिँदैन ।
चोयाबाट निर्मित सामग्रीको व्यापार
मोरङको बेलबारी नगरपालिकास्थित सोमबारे बजारमा बाँसको चोयाबाट निर्मित भकारी । डोको तथा खुगीलगायतको सामग्री बिक्रीका लागि यहाँ राखिँदै आएको छ ।
अन्तर माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिता सुरु
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा पछिल्लो दुई दशकदेखि लगातार जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिता जारी छ ।
गोरखापत्रबाट सापकोटाको बिदाइ
गोरखापत्रको बुहभाषिक पृष्ठ ‘नयाँ नेपाल’ मा कार्यरत रहनुभएका मञ्जु सापकोटालाई बिदाइ गरिएको छ । गोरखापत्र संस्थानमा सोमबार एक कार्यक्रम गरी उहाँको बिदाइ गरिएको हो ।
विद्युत् सबस्टेसन निर्माण ढिला हुँदा सास्ती
कर्णालीका तीन जिल्ला मुगु, हुम्ला र जुम्लाको लागि कालिकोट जिल्लाको नाग्मस्थित विद्युत उत्पादनका लागि विद्युत सबस्टेसन निर्माण कार्यमा ढिलाइ हुँदा जिल्लाको विद्युत उत्पादनमा समस्या आउँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।
नीलगाई मारेको आरोपमा दुई पक्राउ
बाँकेमा जङ्गली जनावर नीलगाईलाई मारेको आरोपमा डिभिजन वन कार्यालयले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
'सञ्चार क्षेत्रको विकास र उत्थानका लागि प्रदेश सरकार प्रतिबद्ध छ'
मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले सञ्चार क्षेत्रको विकास र उत्थानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।