पचास प्रतिशत महिला सहभागिता आवश्यक
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले हरेक क्षेत्रमा ५० प्रतिशत महिला सहभागी नभएसम्म देश विकासको कल्पना गर्न नसकिने बताउनुभएको छ ।
मोतीविन्दुका बिरामीको शल्यक्रिया
चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका आँखामा मोतीविन्दु भएकाको उपचार गरेको छ । नगरपालिकाले अभियानकै रूपमा मोतीविन्दु समस्या भएका बिरामीको उप
माथिल्लो तमोरले तीव्रता पाउने
ताप्लेजुङमा निजी क्षेत्रको लगानीमा निर्माण गर्न लागिएको नेपालकै ठुलो जलविद्युत् आयोजना माथिल्लो तमोरको कामले तीव्रता पाउने भएको छ । कुल २८५ मेगावाट क्षमताको
बजारमा म्याद नाघेका सामग्री
गाउँपालिका स्तरमा बजार अनुगमन भएको छ । ती बजारमा म्याद गुज्रेका सामग्रीको बिक्री गर्ने कार्य भइरहेको जानकारीका आधारमा अनुगमन गरिएको हो ।
कार्यालय स्थापनापछि भूकम्पपीडित आशावादी
जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडित भूकम्पबाट क्षति भएका आफ्ना संरचनाको पुनर्निर्माण र पुनस्र्थापना हुनेमा आशावादी देखिएका छन् ।
काम अघि बढाउँदै भूमि आयोग
सुकुमवासी, भूमिहीन र अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि गठित राष्ट्रिय भूमि आयोगले जिल्लामा आफ्नो सक्रियता बढाएको हो ।
डढेलोको उच्च जोखिममा नवलपुर
विगत तीन वर्षको अवधिमा नवलपरासीपूर्व (नवलपुरको) एक हजार १४५ हेक्टर वन क्षेत्रमा डढेलोले क्षति पु¥याएको छ । डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार विगत १० वर्षको अवधिमा जिल्लाका विभिन्न ५०८ स्थान वन क्षेत्रमा डढेलो लागेको छ ।
रोजगार प्रवर्धन दशक
कामबिना मामको व्यवस्था हुन सक्दैन । नेपालमा युगौँदेखि कामको समस्या रहँदै आएको छ ।
प्रधान न्यायालयका कालजयी फैसला
संविधानवादको मर्मबमोजिम न्यायिक कार्यलाई कार्यकारी तथा प्रशासनिक निकायबाट अलग गरी स्वतन्त्र र निष्पक्ष न्यायपालिका स्थापित गर्ने राज्यको उद्देश्यबमोजिम विसं १९९७ मा स्थापना भएको प्रधान न्यायालयले नेपालको न्यायिक इतिहासमा कालजयी फैसलाहरू गरेको पाइन्छ ।
पर्वतारोहण पर्यटन प्रवर्धन
नेपालको पर्यटन भन्ने बित्तिकै विश्व समुदायमा सुन्दर हिमालहरूको दृश्यवलोकन, पदयात्रा र पर्वतारोहणको छवि आउने गरेको छ ।
गुल्मीमा एक पुरुष मृत फेला
रमेश विश्वकर्मागुल्मी, फागुन २८ गते । गुल्मीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । यस जिल्लाको मदाने गाउँपालिका वडा नम्बर- ४, झार्कीसल्लास्थित ढोरपाटन सडक खण्ड देखी अन्दाजी ३०० मिटर तल भिरको खरबारीको गोरेटो बाटोमा पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार साँझ करिब ७:३० बजेको समयमा नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षको देखिने पुरुषको शव फेला परेको छ । शव फेला परेको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक दिपक केसीको कमान्डमा ७ सात जनाको टोली घटनास्थलमा खटिएको बताइएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
झोलुङ्गे पुल तर्दै खच्चड
डोल्पा, फागुन २८ गते । डोल्पाको मुड्केचुला गाउँपालिका–३ र ४ को बिचमा जगदुल्ला खोलामाथि रहेको झोलुङ्गे पुल तर्दै खच्चडहरू । स्थानीय यही पुल भएर जगदुल्ला र मुड्केचुला गाउँपालिका आवातजावत गर्ने गर्दछन् । तस्बिरः रासस
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२५ मा सर्वोत्कृष्ट राष्ट्रिय वृत्तचित्रको अवार्ड प्राप्त गर्न सफल वृत्तचित्र कुन हो ? डिजाइन्ड टु डिस्एपियर – शिव पुरी निर्देशित वृत्तचित्रले सो अवार्ड जितेको ।
लोक्ताबाट हाते कागज बनाउँदै
फुङ्लिङ, फागुन २८ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगमा कागज बनाउँदै उद्यमी । हाते कागज सरकारी कार्यालयमा प्रयोग हुनुका साथै विदेशमा पनि निर्यात हुने गरेको छ । तस्बिरः रासस
स्रोतसाधनको वितरण : विषयगत प्रश्नोत्तर
स्रोतसाधनको वितरण १.स्रोतसाधनको वितरणमा समन्याय भनेको के हो ? नेपालमा वार्षिक बजेटको माध्यमबाट स्रोतसाधन वितरणमा समन्याय हासिल गर्न गरिएका प्रयासहरू चर्चा गर्नुहोस् ।
आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, फागुन २८ गते । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैँकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ७२ पैसा र बिक्रीदर १५२ रूपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रूपैयाँ ०४ पैसा र बिक्रीदर १८० रूपैयाँ ८२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ८४ पैसा र बिक्रीदर १५८ रूपैयाँ ५२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रूपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ५१ पैसा र बिक्रीदर १०४ रूपैयाँ ९६ पैसा निर्धारण गरिएको छ । त्यस्तै जापानी येन १० को खरिददर नौ रूपैयाँ ४३ पैसा र बिक्रीदर नौ रूपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २५ पैसा र बिक्रीदर १९ रूपैयाँ ३३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १३ पैसा र बिक्रीदर ३७ रूपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ २१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ३७ पैसा कायम भएको छ । केन्द्रीय बैँकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रूपैयाँ ६९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५८ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ८२ पैसा र बिक्रीदर १३ रूपैयाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ३४ पैसा र बिक्रीदर २० रूपैयाँ ४३ पैसा तोकिएको छ । राष्ट्र बैँकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९२ पैसा र बिक्रीदर १८ रूपैयाँ, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ ९२ पैसा र बिक्रीदर ४५३ रूपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३७० रूपैयाँ ९५ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रूपैयाँ ७० पैसा र बिक्रीदर ३६३ रूपैयाँ २६ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैँकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैँकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
‘झिल्को’ को टिजर सार्वजनिक
निर्देशक यादवकुमार भट्टराईको तेस्रो चलचित्र ‘झिल्को’ को टिजर सार्वजनिक भएको छ ।
रानाथारू समुदायमा होरीको रौनक सुरु
सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू समुदायमा होरी पर्वको रौनक सुरु भएको छ । एक महिना आठ दिनसम्म चल्ने होरी पर्वमा अहिले रानाथारू समुदायका मानिसले जिन्दा होरी मनाइरहेका छन्
प्राज्ञसभा सम्पन्न
नेपाल प्रज्ञा–प्रतिष्ठानको ४२ औँ प्राज्ञसभा सम्पन्न भएको छ । सो अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले आफू प्राज्ञिक सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
‘महाभोज’ को प्रदर्शन मिति घोषणा
निर्माण घोषणादेखि नै प्रतिक्षित बनेको नेपाली चलचित्र ‘महाभोज’ आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसर पार्दै प्रदर्शनमा आउने घोषणा गरिएको छ ।
चुरे समितिमा १५ अर्ब खर्च, उपलब्धि कति.... ?
काठमाडौँ, फागुन २८ गते । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापना भएयता १० वर्षमा झण्डै रु १५ अर्ब खर्च भएको छ । समितिले यस अवधिमा गरेको खर्च उद्देश्यअनुसारको उपलब्धिबारे समिक्षा हुन थालेको छ ।विसं २०७१ असार २ गते स्थापना भएको समितिले आर्थिक वर्ष २०८०÷८१ सम्म रु १४ अर्ब ९६ करोड खर्च गरेको छ । समितिका अनुसार यस अवधिमा वित्तीय प्रगति ८८ दशमलव ९३ र भौतिक प्रगति ९१ दशलवल ८४ प्रतिशत भएको छ । समितिमा मासिक तलब सुविधा लिने छ पदाधिकारीसहित १२४ जना कर्मचारीको दरबन्दी रहेकामा हाल ८६ जनाको पदपूर्ति रहेको छ । समितिले हालसम्म एक हजार ४५९ स्थानमान गल्छी, पहिरो, खहरे नियन्त्रण, १६६ हेक्टर भिरालो कृषि भूमिमा बहुवर्षिय बाली विस्तार गरेको समितिका अध्यक्ष डा किरण पौडेलले जानकारी दिनुभयो । त्यस्तै पाँच हजार २३० हेक्टरमा हरियाली प्रवद्र्धन कार्यक्रम गरेको र दुई करोड ९३ लाख ४९ हजार विरुवा उत्पादन र वितरणलाई समितिले उपलब्धिमा मानेको छ ।“हालसम्म हामीले नदि÷खोला किनारामा ४१२ किमी तटबन्ध निर्माण, १६२ हेक्टर हरित पेटिका निर्माण, १३९ सिमसार तालतलैया संरक्षण÷पुनःनिर्माण, ६२८ वर्षातको पानी सङ्कलन पोखरी निर्माण र ५४८ वटा पानी मुहान संरक्षण गरेको छौँ”, उहाँले भन्नुुभयो, “यस बाहेक अन्य विभिन्न कार्य पनि गर्दै आएका छौं, गुरुयोजनाअनुसार बजेट प्राप्त गर्न नसकेका कारण अपेक्षाकृत काम गर्न सकेका छैनौ, आवश्यकताअनुसारको जनशक्तिको पनि कमी छ ।”ललितपुरमा केन्द्रीय कार्यालय रहेको समितिले मुलुकभर सलकपुर, जनकपुर, चितवन, बुटवल र लम्कीमा कार्यक्रम कार्यान्वयन इकाई स्थापना गरी काम गर्दै आएको जनाएको छ । चुरे क्षेत्र सात प्रदेशका ३७ जिल्ला र ३२५ स्थानीय तहमा फैलिएको छ । कमलो भूवनोट, जनसङ्ख्या बसाईसराई, जलवायुजन्य जोखिम, आगलागीलगायतका कारणले चुरे विनास हुँदै गएको छ । चुरेको प्राकृतिक स्रोत संरक्षण, दीगो व्यवस्थापन, पारिस्थितिकीय सेवाको सम्बद्र्धनद्वारा गरिबी न्यूनीकरणमा टेवा पु¥याउने लक्ष्यका साथ भएको समितिको स्थापना भएको हो ।समितिले स्थापनाकालदेखि नै विभिन्न विवाद र चुनौतीको सामना गर्नुपरेको थियो । राजनीतिक हस्तक्षेपको सामना गर्नुपरेको गुनासो गर्दै आएको समितिले आफै बेला बेला भ्रष्टाचार र अनियमितताको आरोप पनि खेप्दै आएको छ । हाल समितिका दुई पदाधिकारीको नियुक्तिमा अयोग्यता पुष्टि भएपछि अदालतको आदेशानुसार पदमुक्त भएका छन् । पछिल्लो समय समितिलाई प्रभावकारी र चुस्त बनाउन सरकारले यसको पुनःसंरचनाका लागि कार्यदल गठन गरी सुझाव सङ्कलन गर्न लागेको छ ।स्थापनाकालदेखि नै समिति गठनको विरोधसामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले समुदायलाई वेवास्ता गरी समितिको स्थापना भएको भन्दै सुरुदेखि नै विरोध जनाउँदै आएको छ । महासङ्घका अध्यक्ष ठाकुर भण्डारीले समितिका काम स्थानीय जनतासँग नजोडिएको भन्दै समिति जनतामाथि शासन गर्न गठन गरिएको टिप्पणी गर्नुभयो ।“यसले स्थानीय आदिवासी÷जनजातिको अधिकार कुण्ठित गरेको छ । यो समिति तत्काल खारेज गर्नुपर्छ, यो जति दिन रहन्छ, त्यति नै चुरे विनाश हुने क्रम पनि जारी रहन्छ, चुरेको संरक्षण गर्न समुदाय नै सक्षम छन्”, उहाँले भन्नुभयो, “समुदायलाई पन्छाएर गरिएका काम दिगो हुन सक्दैनन् । प्राकृतिक स्रोतको अधिकारबाट स्थानीय समुदायलाई बञ्चित गर्नुहुँदैन ।”चुरे समितिका संस्थापक अध्यक्ष रामेश्वर खनालले भने समितिले चुरेको संरक्षणमा उल्लेख्य योगदान रहेको बताउँदैै समितिका काम प्रभावकारी बनाउन समितिलाई गुरुयोजना कार्यान्वयन गर्ने गरी बजेटको व्यवस्था हुनुपर्ने र आवश्यक जनशक्तिको व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभयो । साथै चुरेसम्बन्धी ऐन ल्याउनुपर्ने, समितिमा समुदायको समेत प्रतिनिधित्व गर्नुपर्ने, प्रदेश सरकार र सरोकारवाला निकायलाई समन्वय गर्ने गरी काम गर्नुपर्ने उहाँको सुझाव छ ।त्यस्तै चुरे विज्ञ डा विजयसिंह दुनवारले तराई मधेसको सुरक्षित भविष्यका चुरेको संरक्षण अतिआवश्यक भएको बताउँदै चुरे विनाश भएमा तराई क्षेत्र मरुभूमिमा परिणत हुनेमा चिन्ता व्यक्त गर्नुभयो । चुरे संरक्षणका लागि समितिको महत्व दर्शाउँदै उहाँले पनि समितिका काम प्रभावकारी बनाउन चुरेसम्बन्धी ऐन ल्याउनुपर्ने सुझाव दिनुभयो ।महालेखापरीक्षकको कार्यालयले समितिले लक्ष्यअनुसार प्रगति नभएको औल्याएको छ । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा समितिको गुरुयोजनाको पहिलो पाँच वर्षको लक्ष्य प्रगति विवरणअनुसार ३६ जिल्लामा वन व्यवस्थापकीय एकाइ छुट्टिने गरी वन क्षेत्रको नक्साङ्कन गर्ने, १४ हजार १५० हेक्टर वन अतिक्रमण नियन्त्रण गर्ने, चार हजार ८०० कृषक समूहमा वन क्षेत्र तथा बगरमा चरिचरन व्यवस्थापन गर्ने जस्ता लक्ष्यमा प्रगति नभएको उल्लेख छ । त्यस्तै सात हजार २६५ हेक्टर भिरालो कृषि भूमिमा बहुवर्षीय बाली विस्तार गर्ने, एक लाख ६५ हजार ६७५ हेक्टर वन व्यवस्थापन गर्ने, १८० नदीमा नदीजन्य पर्दाथको उपयोग व्यवस्थापन गर्ने, संवेदनशील क्षेत्रमा रहेका २० हजार ५०५ घरधुरीका लागि बस्ती व्यवस्थापन गर्ने, ३८ हजार ४८४ घरधुरीमा गार्हस्थ्य सौर्य ऊर्जा विस्तार र लघु जलविद्युत् विकास तथा उपयोग २६१ किलोवाट पु¥याउने जस्ता लक्ष्यमा पनि प्रगति नभएको प्रतिवेदनमा उल्लेख छ ।यसैगरी ८९ सीमसार क्षेत्र व्यवस्थापन गर्ने लक्ष्य भएकामा ६५ मात्र प्रगति भएको, ६४ नदीमा एकीकृत नदी प्रणाली स्रोत विकास कार्ययोजना तयार गर्ने लक्ष्य भएकोमा ४७ मा मात्र प्रगति भएको, ८१ हजार १३७ घरधुरीमा गोबरग्यास विस्तार गर्ने लक्ष्य भएकोमा एक हजार ९१७ घरधुरीमा मात्र विस्तार भएको प्रतिवेदनमा उल्लेख छ । गुरुयोजना कार्यान्वयनका पाँच वर्षमा अपेक्षित उपलव्धि हासिल हुन नसकेको औल्याउँदै प्रतिवेदनले गुरुयोजनामा समावेश भएका लक्ष्यहरू पूरा हुने गरी कार्यक्रम कार्यान्वयन गर्नुपर्ने महालेखापरीक्षकको कार्यालयले सुझाएको छ । रासस
सोरमखोला सिँचाइ योजना अलपत्र
सर्लाहीको गोडैता नगरपालिका–२, बेल्वाजब्दीमा सोरमखोला सिँचाइ योजना अलपत्र पर्दा किसान मारमा परेका छन् ।
देशका अधिकांश भागमा आज मौसम सफा रहने
काठमाडौँ, फागुन २८ गते । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानका साथै बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।देशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको जनाउँदै महाशाखाले यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सावधानी अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
‘श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन आवश्यक’
सरकारले श्रम सम्झौतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्दा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक आफ्नो अधिकारप्राप्तिबाट वञ्चित भएको सरोकारवालाले बताएका छन् ।