• २८ फागुन २०८१, बुधबार

गुल्मीमा एक पुरुष मृत फेला

blog

रमेश विश्वकर्मा

गुल्मी, फागुन २८ गते । गुल्मीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । यस जिल्लाको मदाने गाउँपालिका वडा नम्बर- ४, झार्कीसल्लास्थित ढोरपाटन सडक खण्ड देखी अन्दाजी ३०० मिटर तल भिरको खरबारीको गोरेटो बाटोमा पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार साँझ करिब ७:३० बजेको समयमा नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षको देखिने पुरुषको शव फेला परेको छ । 

शव फेला परेको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक दिपक केसीको कमान्डमा ७ सात जनाको टोली घटनास्थलमा खटिएको बताइएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।