करिब १५ हजारमा डेंगु सङ्क्रमण पुष्टि, सातको मृत्यु
देशभर झण्डै १५ हजार जनामा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै सात जना सङक्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार जुम्लामा बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।
घाइते उपचारबाट वञ्चित हुँदैनन् : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपदमा घाइते भएकालाई सरकारले निःशुल्क उपचार गरिरहेको बताउनुभएको छ।
भीमथाङमा ५० हजार लिटरको रिचार्ज पोखरी निर्माण गर्दै नासोँ गाउँपालिका
मनाङको नासोँ गाउँपालिका-६ स्थित भीमथाङ तथा पोङ्कर ताल परिसरमा ‘रिचार्ज’ पोखरी निर्माण गरिने भएको छ । गाउँपालिकाले उक्त स्थानमा रिचार्ज पोखरी निर्माण गरी ३० घरलाई पानीको समस्याबाट मुक्त पार्ने लक्ष्य लिएको छ ।
डुबेर प्रजाको मृत्यु
पश्चिम मकवानपुरको मनहरी –६, प्रतापपुरमा घर नजिकैको कुलोमा डुबेर एकजना बालकको मृत्यु भएको छ । १८ महिनाको बालक सामुयल प्रजाको पानीमा डुबेर मृत्यु भएको हो ।
पाँचथरमा बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो, तीन बेपत्ता
पाँचथर जिल्लामा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या आठ पुगेको छ। बुधबार फिदिम नगरपालिका १ की ४९ वर्षीया थुममाया योङहाङको शव भेटिएसँगै मृतकको सङ्ख्या आठ पुगेको हो।
कृष्णभीरमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन
धादिङको बेनिघाट रोराङ गाउँपालिकामा पर्ने पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएको छ । लगातारको वर्षापछि सडक क्षेत्र करिब ३० मिटर भासिएपछि यातायात एकतर्फी सञ्चालन गरिएको छ ।
भाजंगल खोल्सामा महर्जन बेपत्ता
कीर्तिपुरको भाजंगल खोल्सामा परी प्रल्हाद महर्जन बेपत्ता हुनुभएको छ । हराइरहेका उहाँको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृषकले उत्पादन गरेका वस्तुको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खरिद गरेर सरकारले बजारीकरण गर्ने बताउनुभएको छ ।
बाढीले पुल बगाउँदा पढाइ ठप्प
गत शनिबार सुनकोशी नदीमा आएको बाढीले पुल बगाएपछि विद्यार्थीको पढाइ ठप्प भएको छ ।
बाढीबाट ललितपुर-१ वडा कार्यालयमा ८० लाखको क्षति
गतसाता बागमती नदीमा आएको बाढीबाट ललितपुर महानगरपालिका–१ को वडा कार्यालयमा करिब रु ८० लाख बराबरको क्षति भएको छ ।
हात्तीको आक्रमणले वृद्धको मृत्यु
झापाको हल्दिबारीमा जङ्गली हात्तीको आक्रमणमा परेर एक वृद्धको ज्यान गएको छ । हल्दिबारी गाउँपालिका –३ का ६५ वर्षीय वृद्ध वाङदी गुरुङको हात्तीको आक्रमणमा परेर ज्यान गएको हो ।
प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहनुभएका बङ्गलादेशका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गर्नुभएको छ ।
खोलाको बहावले डाइभर्सन निर्माणमा समस्या
बाढीका कारण पूर्ण रूपमा क्षति भएको बिपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सिमाना चौकीडाँडाबाट सडक डाइभर्सन गर्दै अघि बढ्नै समस्या भएको हो ।
नेपालगन्ज विमानस्थल र जमुनाहा नाकामा सुरक्षा चेकजाँचमा कडाइ
दसैँ तिहार जस्ता चाडपर्वको बेला हुन सक्ने विभिन्न प्रकारका आपराधिक कार्यहरू रोक्न नेपालगन्ज विमानस्थल र नेपाल भारत जमुनाहा नाकामा सुरक्षा चेकजाँचमा कडाइ सुरु गरिएको छ ।
च्याम्पियन्स लिग : रियललाई लिलेको झट्का
साबिक विजेता रियाल म्याड्रिडलाई युइएफए च्याम्पियन्स लिग फुटबलमा लिलेको झट्का लागेको छ । बुधबार राति भएको खेलमा रियल लेलेसँग उसैको मैदानमा १–० गोलले पराजित भयो ।
‘दसैँ लाग्यो, बजारमा खसी-बोकाको म्याँम्याँ–मुमु सुनिएन’
दसैँ नजिकिएसँगै बजारमा मासुजन्य उत्पादनको माग ह्वात्तै बढ्ने गर्दछ ।
तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँधको ढलान सुरु
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँधको ढलान कार्य सुरु गरिएको छ ।
लागुऔषध नियन्त्रण गर्न सचेतना आवश्यक : मन्त्री तिवारी
मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले लागुऔषध नियन्त्रणका लागि तीनै तहका सरकारले जनचेतनामूलक विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
यात्रुका लागि सहायता कक्ष
चाडपर्वलाई लक्षित गर्दे आज घटस्थापनादेखि गोरखा सदरमुकामको मुख्यचोक हरमटारीमा यात्रु सहयता कक्ष सञ्चालनमा ल्याइएको छ ।
जलेर दिदीभाइ घाइते
पेट्रोलबाट शरीरमा आगो सल्किदा २ जना बालबालिका घाइते भएका छन् ।
‘म्यान अफ दि इयर २०२४’ को उपाधि न्यूरेलाई
पुरुष सौन्दर्य प्रतियोगिता ‘म्यान अफ दि इयर नेपाल २०२४’को पहिलो संस्करणको उपाधि कृष्ण न्यूरेले जित्नुभएको छ ।
विपन्न परिवारलाई खाद्यान्न वितरण
झापाको दमक नगरपालिकाले अति विपन्न तीन सय घरपरिवारलाई दैनिक उपभोग्य खाद्य सामग्री उपलब्ध गराएको छ ।
नहरमा ट्याक्टर खस्दा बालकको मृत्यु, तीन घाइते
सर्लाहीको मलङ्गवा नगरपालिका–७, मुसैलीमा बिहीबार बिहान ट्याक्टर खस्दा नहरमा माछा मारिरहेका एक बालकको मृत्यु भएको छ ।
कौडीको मूल्यमा भाडामा दिइएको पशुपतिनाथको सम्पत्ति २१ वर्षपछि फिर्ता
भगवान् पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतले २०६० मा श्री पशुपतिनाथ अमाल कोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको हो ।