आर्थिक स्रोत जुटाउने योजना बनाउनुपर्छ : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सबै पार्टीले आर्थिक स्रोत जुटाउने योजना बनाउनु पर्ने बताउनुभएको छ ।
लामिछानेलाई म्याद थपका लागि अदालत लगियो
गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थपका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
१० वर्ष लगाएर निर्माण भयो पुल
मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको १० वर्षपछि निर्माण सम्पन्न भएको छ ।
सहकारी ठगी प्रकरण : ढोरपाटन नगर प्रमुखलाई पोखरा ल्याइयो
बागलुङको ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीलाई आइतबार बिहान पोखरा ल्याइएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष नेपालीलाई सहकारी ठगीबारे अनुसन्धान गर्न पोखरा ल्याइएको हो ।
अन्तर बैङ्क फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमईलाई
बुटवलमा सम्पन्न प्रथम अन्तर बैङ्क फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैङ्कले जितेको छ ।
बाढीले बगर बनायो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त
दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो ।
कञ्चनजङ्घा जानेबाटोमा पर्ने खाम्बाचेन
समुद्र सतहदेखि चार हजार १४५ मिटरमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा रहेको खाम्बाचेन।
शिवनाथ मेलामा छालाको ‘गिर’
छालाको गिर (भकुन्डो) खेलेर यहाँको प्रसिद्ध शिवनाथ मन्दिरमा मेला मनाइएको छ । कात्तिक सप्तमीको रातिदेखि सुरु भएको मेला अष्टमीको बिहान मन्दिरमा विधिवत् पूजाआजा गरी छालाको गिर खेलेर मनाइएको हो ।
लक्ष्मी नारायण मठ आसपासको क्षेत्र
महोत्तरीको मठिहानीस्थित नेपालको ऐतिहासिक लक्ष्मीनारायण मठ, याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ९क्याम्पस०, लक्ष्मीसागर पोखरीलगायत आसपासको क्षेत्र ।
भुरुङ तातोपानी मुस्ताङ यात्राको चिसो फाल्ने स्थल
कालिगण्डकी कोरिडोरमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानी कुण्ड मुस्ताङ यात्राको चिसो फाल्ने स्थलका रूपमा विकास भएको छ ।
आँधीखोला कोरिडोर निर्माणले गति लिँदै
स्याङजाको वालिङ नगरपालिकाले आँधीखोलाको दायाँबायाँ कोरिडोर निर्माणलाई तीव्र बनाएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम : सूचीकृत भएकामध्ये ७६ प्रतिशत बेरोजगार
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारी दिने गरी सुरु भएको कार्यक्रमको अवस्था निराशाजनक रहेको छ ।
सिमसार क्षेत्रका रूपमा विकास हुँदै राजापानी
लुम्बिनी प्रदेश सरकारले प्रदेशमा रहेका सिमसार क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ ।
तीन पटक ठेक्का आह्वान, लागेन ठेक्का
नदीजन्य पदार्थको रोयल्टी स्थानीय तहका लागि राम्रो आम्दानीको स्रोत मानिन्छ । स्थानीय तहले खोला, नदी ठेक्कामा लगाएर रोयल्टी उठाउने गरेका छन् ।
राष्ट्रपति पौडेल आज अजरबैजान जानुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल आज साँझ अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन जाँदै हुनुहुन्छ ।
उपचारको खोजीमा नाबालक
आर्थिक अभावले सुर्खेतमा एक बालकको उपचारमा समस्या भएको छ ।
लोकसंस्कृति लोप हुने अवस्थामा
हाई हाई हाई सुपारीका बोट, वायु घट्ट जगतीपुर रैगो, दरबार जाजरकोट, माथि काल कैलाशैमा रुख ढल्यो आरिलको, आशा छैन परानीको भर छैन शरीरको, पाँच पञ्च बस्यौका ठाउँमा राम बोलुकी हरि...
व्यावसायिक फूल खेतीमा आकर्षण
सिराहा, लहान–१८ का रमानन्द महतो फूल खेती गरेर राम्रो कमाइ गर्ने सुरमा हुनुहुन्छ । छ वर्षअघिदेखि नै फूल खेतीतर्फ रुचि राख्ने रमानन्द अहिले व्यावसायिक खेती गर्न लागिपर्नु भएको छ ।
अवैध रूपमा माछा भित्रिँदा किसान मारमा
भारतबाट अवैध रूपमा माछा भित्रिँदा माछा उत्पादक किसान मारमा परेका छन् ।
आइपुगे पाहुना जलपन्छी
तराईका सिमसार क्षेत्र, सप्तकोशी नदी र तालहरूमा हिउँद लागेसँगै पानीचरा देखिन थालेका छन् ।
सय दिनमा गरेका कामको प्रतिवेदन सार्वजनिक गर्न आग्रह
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा बनेको बागमती प्रदेश सरकारले सय दिन पूरा गरेको छ ।
तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाले आफ्नो सात किलोमिटर लामो सुरुङमा दोस्रो पटक पानी पठाएर परीक्षण गर्न थालेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
मेहेलकुना बजार र आसपासको क्षेत्र
सुर्खेत, कात्तिक २५ गते । सुर्खेतको गुर्भाकोट नगरपालका-८, भेरीनदी किनारमा अवस्थित मेहेलकुना बजार र आसपासको क्षेत्र । तस्बिरः रासस
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा