जबज र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध : नेता पौडेल
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले जनताको बहुदलीय जनवाद (जबज) र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपाल, रूपन्देही शाखाले सोमवार तिलोत्तमामा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताउनुभयो ।
विपतको तयारीमा जुटन स्थानीय तहलाई आग्रह
बर्खायामको विपदबाट हुनसक्ने मानवीय र भौतिक क्षतिबाट वच्न झापाका स्थानीय तहलाई तयारी थाल्न जिल्ला विपद व्यवस्थापन समितिले आग्रह गरेको छ । आइतवार जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले झापाका १५ वटै स्थानीय तहलाई विपद तयारी थाल्न आग्रह गरेको हो ।
दिलमाया सुनारको हत्या आरोपमा एक पक्राउ
प्रहरीले दिलमाया सुनारको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका –१ घर भई हाल काठमाडौं गोठाटार बस्ने ३८ वर्षीय खिलबहादुर श्रेष्ठ रहेका छन् । श्रेष्टलाई प्रहरीले हिजो नै काठमाडौंको नेपालटारबाट नियन्त्रणमा लिएको भएपनि आज सोमबार सार्वजनिक गरेको हो ।
संविधानको कार्यान्वयनबाटै समाजवादमा पुग्न सकिन्छ : नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन भए मात्र समाजवादको जग बसाल्न सकिने बताउनुभएको छ । सोमबार राजधानीमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना विषयमा धारणा राख्नुहुँदै उहाँले संविधानले महिला, दलित, अल्पसंख्यक, मुसलमान, दुर्गम एवम् ग्रामीण क्षेत्रलाई अधिकार प्रदान गरेको बताउनुभयो ।
कुटपिट गर्ने तीन भारतीय लुटेरा पक्राउ
कैलालीमा सरकारी कर्मचारीलाई निर्घात कुटपिट गरी गाडी लुटेर भागेका भारतीय नागरिक पक्राउ परेका छन् । डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई सोमबार बिहान तीन भारतीयले लुटपाट गरेका थिए ।
शिक्षा प्रणालीभित्रको विभेद अन्त्य हुनुपर्छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले समाजवादका लागि शिक्षा प्रणालीभित्रको विभेद अन्त्य हुनुपर्ने बताउनुभएको छ । उत्पादक शक्तिको विकासका लागि समान र सही शिक्षादीक्षाको व्यवस्थालाई केन्द्रीय प्रश्न बनाइनुपर्ने उहाँको भनाइ छ ।
गाउँपालिका कर्मचारीमाथि निर्घात कुटपिट
कैलालीमा एक सरकारी कर्मचारीलाई भारतीय नागरिकहरुले निर्घात कुटपिट गरेका छन् । डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई तीन भारतीयले लुटपाट गरी बाँधेर बाटोमा अलपत्र छोडेका हुन् ।
टिकट नपाएपछि पार्टीभित्र अन्तरघात : उपसभापति खड्का
नेपाली कांग्रेसका केन्द्रीय उप–सभापति पूर्णबहादुर खड्काले टिकट नपाएको झोकमा पार्टीभित्रै अन्तरघात भएको बताउनुभएको छ । आइतबार सुर्खेतमा भएको स्थानीय तह निर्वाचन–२०७९ बाट निर्वाचित कांगे्रस जनप्रतिनिधिलाई शुभकामना एवम् अभिमुखीकरण कार्यक्रममा उपसभापति खड्काले यस्तो बताउनुभएको हो ।
बढ्दै कोरोना सङ्क्रमण, २४ घण्टामा ३६ जना सङ्क्रमित
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३३७ जनाको पीसीआर परीक्षण गर्दा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
आमसञ्चारमा जबजको दृष्टिकोण विषयक अन्तरक्रिया सम्पन्न
रेडियो श्वेत शार्दूलले आमसञ्चार, सामाजिक उत्तरदायित्व र जबजको दृष्टिकोण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मदन भण्डारी मेमोरियल कलेज अनामनगरमा सोमबार विहान जननेता मदन भण्डारीको ७१ औँ जन्मजयन्तीको सन्दर्भमा सो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
नेपालगञ्जमा अत्याधुनिक वाल पार्क बन्दै
नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझीमा आकर्षक वाल पार्क निर्माण भई सञ्चालनमा आउनेभएको छ । सुन्दर वाटरपार्क र धम्बोझी माविसँगै जोडिएको यो पार्क सञ्चालनमा आएपछि नेपालगञ्जमा अर्को पर्यटकीय क्षेत्र थपिनेछ ।
ढल्केबर चार्जिङ स्टेशनले सवारी चार्ज गर्नमा सहज
धनुषाको ढल्केबरमा चार्जिङ स्टेशन राखेपछि पूर्व–पश्चिम राजमार्गमा गुड्ने विद्युतीय सवारीसाधनलाई चार्ज गर्न सहज भएको छ । गत फागुन महिनामा एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले ढल्केवरमा पहिलो पटक चार्जिङ स्टेशन राखेको हो ।
संसदमा कोरमको समस्या
दुई वर्षपछि विधायिकी प्रक्रिया पुनः प्रारम्भ गर्दा संसद्मा भने प्रस्ताव निर्णयार्थ पेसका लागि आवश्यक न्यूनतम सङ्ख्या नै अभाव भएको छ । २०७७ असार १५ पछि ठप्प कानुन निर्माण प्रक्रियामा प्रतिनिधि सभामा सरकारले प्रस्ताव अघि बढाउन नसक्ने अवस्था सिर्जना भएको हो ।
लोकसेवा आयोग विधेयक पारित
विधायिकी चरणमा प्रवेश गरेको साढे तीन वर्षपछि लोकसेवा आयोग विधेयक पारित भएको छ । प्रतिनिधि सभाले आइतबार राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकार गरेसँगै विधेयक प्रमाणीकरणको प्रक्रिया अघि बढेको छ । पहिलो बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि दोस्रो बैठकमा विधेयकलाई निर्णयार्थ पेस गरिएको थियो । सभामुखबाट प्रमाणित भएपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक दोस्रो पटक स्थगित
सुदूरपश्चिम प्रदेश सभाको बैठक दोस्रो पटक स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बोलाइएको बैठक प्रदेश सभा सचिवालयले सूचना टाँस गरेर स्थगित भएको जनाएको हो ।
यस वर्षको मदन भण्डारी पुरस्कार राई र प्रेरणा विद्यालयलाई
मदन भण्डारी फाउन्डेशनले जननेता मदन भण्डारीको जन्मोत्सवको अवसरमा हरेक वर्ष दिँदैआएको पुरस्कार यस वर्ष राष्ट्रिय पुरस्कारबाट दुई जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । समाजमा सिर्जनात्मक काम गरी अरुलाई उत्प्रेरित गर्ने व्यक्ति र संस्थालाई फाउन्डेशनले सो पुरस्कार प्रदान गर्दैआएको छ ।
घट्यो सवारीसाधनको भाडा
सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा घटाएको छ । नेपाल आयल निगमले शनिबार डिजेल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि सोही आधारमा यात्रुबाहक र मालबाहक सवारीसाधनको भाडादर कम गरिएको हो ।
विश्व कीर्तिमानी आरोही तामाङको स्वास्थ्यस्थिति बुझ्न अध्यक्ष दाहाल अस्पतालमा
सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका शम्भु तामाङको स्वास्थ्यअवस्थाका बारेमा राजनीतिक नेतृत्वले चासो लिएको छ । उहाँ यतिबेला क्यान्सर रोगसँग लडिरहनुभएको छ । लिसङ्खुपाखर गाउँपालिका–२, सिन्धुपाल्चोक स्थायी घर भई हाल काठमाडौँ महाराजगञ्ज निवासी तामाङले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।
बागमती प्रदेशसभा बैठक बस्दै
बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुनेछ ।
निजी क्षेत्र भन्छ : ‘मूल्य बढेकै छैन’
सरकारले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर कटाएर उपभोक्तालाई राहत दिएको छ । सरकारको निष्कर्ष पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण बजार मूल्य बढेको भन्ने छ ।कर कटाएर पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले बजार मूल्य अस्वाभाविक बढेकाले उपभोक्तालाई राहत दिन सरकारले मूल्य घटाएको जानकारी दिनुभयो ।उहाँले डिजेल, पेट्रोलको मूल्य घटेसँगै बजारमा भएको मूल्यवृद्धि घट्ने बताउनुभयो । बजार अनुगमनलाई प्रभावकारी रूपमा अगाडि बढाउने र अस्वाभाविक मूल्य लिएको पाए तत्काल कारबाही गर्ने पनि उहाँले बताउनुभयो ।
विपत् व्यवस्थापन र उद्धारका लागि तयारीमा सेना
मनसुन सुरु भएसँगै सम्भावित बाढीपहिरो र डुबानबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण तथा उद्धारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ । गृह मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०७९ पारित गरी उद्धार, पुनस्र्थापना तथा राहतमा नेपाली सेनाको नेतृत्वमा अन्य तीनवटा सुरक्षा निकायलाई परिचालन गर्ने निर्णय गरेको छ ।
समन्वयको अभावले सास्ती
विकास निर्माण कार्यमा सरकारी निकायबीच समन्वय अभावको गतिलो उदाहरण काठमाडौँको कपनस्थित आनीगुम्बा–धोबीखोला सडकको नाला निर्माणमा देखिएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत काठमाडौँ उपत्यका विकास प्राधिकरण तथा नेपाल विद्युत् प्राधिकरणबीचको आपसी टकराव र समन्वयको अभावले सडक निर्माण प्रक्रिया प्रभावित भएको हो ।
यी हुन् आज धेरै पानी पर्नसक्ने क्षेत्र
मनसुन भित्रिएसँगै एकसाता देखि निरन्तर परेको पानी रोकिन सकेको छैन । आइतबार पनि बिहानैदेखि देशभर पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको हो।
चार करोडभन्दा बढी बिगो दाबी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका तत्कालीन प्रशासकीय प्रमुख अधिकृत शिवराज सेढाईंसहित दुुई जनाविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेढाईंले हेटौँडाको न्यु पाथिभरा सप्लायर्सलाई न्यूनतम सर्त पूरा नगरे पनि उपमहानगरपालिकाभित्रको गिट्टी, बालुवा उत्खनन तथा सप्लायर्सको जिम्मा दिएर राजस्व चुहावट गराएको आयोगको दाबी छ ।