• १३ साउन २०८१, आइतबार

कांग्रेस उपसभापति खड्काद्वारा मनोनयन दर्ता

blog

नविन सुवेदी

सुर्खेत, असोज २३ गते । नेपाली कांग्रेसका पार्टी उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले मनोनयन दर्ता गर्नुभएको छ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि खड्काले वारेसनामामार्फत मनोनयन दर्ता गराउनु भएको हो । 

यस्तै, प्रदेशसभातर्फ गठबन्धनबाट कांग्रेसका खड्क पोखरेल र माओवादीका कृष्ण जिसीले पनि मनोनयन दर्ता गराउनुभएको छ । पोखरेल कांग्रेसका जिल्ला सभापतिसमेत हुनुहुन्छ । सुर्खेतमा माओवादी, कांग्रेस र समाजवादीको गठबन्धन रहेको छ । जसअनुसार सुर्खेतमा २ प्रतिनिधिसभा र २ प्रदेशसभा कांग्रेसले लिएको छ । 

क्षेत्र २ प्रदेशसभा माओवादीले पाएको छ । यस्तै नेकपा (एमाले) ले पनि मनोनयन दर्ता गरेको छ । एमालेबाट प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट धुव्रकुमार शाही, प्रदेश (क) मा ठम्मर विष्ट र (ख) मा डण्डीप्रसाद शर्माले पनि मनोनयन दर्ता गराउनु भएको छ ।