आबेको निधनमा नेपालले राष्ट्रिय शोक मनाउने
नेपाल सरकारले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
राष्ट्रिय एकतालाई समृद्ध बनाउन रेडियो नेपालको भूमिका महत्वपूर्ण : मन्त्री कार्की
गोरखापत्र अनलाइन काठमाडौं, असार २४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुककै अग्रणी प्रसारण संस्था रेडियो नेपालको गरिमा र महत्वलाई समयानुकूल अगाडि बढाउँदै देशका सबै भाषाभाषी, समुदाय र कुनाकाप्चामा पुराउनुपर्ने बताउनुभएको छ । रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक विमोचन एवम् समावेशी तालिम समापन समारोहमा मन्त्री कार्कीले विविधितामा एकता नै मुलुकको विशिष्ट पहिचान भएको बताउनु भयो । उहाँले विविधितालाई राष्ट्रिय पुँजीका रुपमा विकास गरी जातीय सदभावलाई समृद्ध बनाउन रेडियो नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । । मन्त्री कार्कीले अहिलेको समय र समाजको गतिशीलतालाई बुझेर रेडियो नेपाललाई सबै जनताको मनमा बस्ने प्रसारणको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव एवम् रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष डा. वैकुण्ठ अर्यालले रेडियो नेपालको शैली पुस्तकले प्रसारण शैलीमा थप निखार ल्याउने बताउनु हुँदै समावेशी तालिमबाट प्राप्त ज्ञानसिपलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सञ्चालक समितिका अध्यक्ष डा. अर्यालले सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्ने यस किसिमका तालिमलाई निरन्तरता दिनुपर्ने भन्नुहुँदै यसमा सरकारको साथ रहने प्रतिबद्धता जनाउनुभयो । रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले प्रसारणलाई फरक र आफ्नै शैलीको बनाउन रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक थप सहयोगी हुने बताउनुभयो । निर्देशक केसीले रेडियो नेपाल प्रसारण क्षेत्रकै जननी भएकाले अरुको नक्कल गर्ने नभई पृथक ढङ्गले अगाडि बढ्न शैली पुस्तकले प्रसारण र प्रस्तुतिलाई थप समावेशी र आकर्षक बनाई सबैको मनमा बस्ने विश्वास व्यक्त गर्नुभयो । रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले शैली पुस्तक निर्माणका क्रममा विज्ञहरुको सल्लाह र सुझाव अनुसार अगाडि बढेको भन्नुहुँदै शैली पुस्तकले प्रसारण सामग्रीमा एकरुपता ल्याउने विश्वास व्यक्त गर्नुभयो । सञ्चार क्षेत्रका विज्ञहरु डा. सुरेश आचार्य, धर्मेन्द्र झा, अनिता गुरुङ, टिकाराम यात्री र जनार्दन विष्टले समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण सम्बन्धी तीन दिने तालिम प्रदान गर्नुभएको थियो । कार्यक्रममा समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारणसम्बन्धी तालिममा सहभागी रेडियो नेपालका कार्यक्रम तथा समाचारमा रहेर काम गर्ने ६५ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । गत बुधबारदेखि सुरु भएको ३ दिने समावेशी तालिममा सहभागीमध्ये चन्द विष्ट र अच्युत अर्यालले तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक विमोचन गर्नुभयो ।
सुदूरपश्चिममा अझै विद्यार्थीको हातमा पुगेन पुस्तक
नयाँ शैक्षिकसत्र सुरु भएको दुई महिना बित्नैलाग्दा सुदूरपश्चिम प्रदेशका धेरैजसो विद्यार्थीको हातमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले यहाँको आवश्यकतानुसार किताब उपलब्ध गराउन नसक्दा विद्यार्थीको हात खाली रहेको बताएको छ ।
सुशील कोइराला अस्पतालका लागि बजेट व्यवस्थापन गर्ने राज्यमन्त्रीको प्रतिवद्धता
स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हिराचन्द्र केसीले बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल अनुगमन गर्नुभएको छ।
नेपालबाट भारतमा सिमेन्ट निर्यात सुरु
नेपालबाट आधिकारिक रुपमा पहिलो पटक भारतमा सिमेन्ट निर्यात सुरु भएको छ। पश्चिम नवलपरासीको सुनवल-७ मा रहेको पाल्पा सिमेन्टले स्थापनाको चार वर्षमै आफ्नो उत्पादन भारत निर्यात गरेको हो।
निर्धारित मितिमै प्रतियोगिता हुन्छ : खेलकुदमन्त्री
आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना गरिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सम्पन्न हुने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले बताउनुभएको छ ।
मलामी बोकेको ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु
खाँदबारी लेगुवा सडकखण्डको चैनपुर १० दुम्कटामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ३१ जना घाइते भएका छन्।
भ्रष्टाचार मुद्दामा सप्तरीका तीन पालिकाका अधिकृत निलम्बित
भ्रष्टाचार अभियोग लागेका सप्तरीका तीन पालिकाका अधिकृत निलम्बित भएका छन् । आर्थिक वर्षको अन्त्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरिएको हो ।
सप्तरीका चार पालिकाले गर्न सकेनन् सभा
सप्तरीका चार पालिकाले नगरसभा गर्न सकेका छैनन्। १८ वटा स्थानीय तहमध्ये १२ वटाले असार १० गते नै नगरसभा सम्पन्न गरिसके भने दुई पालिकाले भर्खरै सभा सम्पन्न गरेका छन्। चार पालिकाले भने अझै सभा गर्न नसकेका हुन्।
जिल्लाको लामो र अग्लो झोलुङ्गे पुल चिउरीमा
गल्याङ नगरपालिका–७ पेलाकोट र ८ चिउरी जोड्न आँधीखोलामा झोलुङ्गे पुलको निर्माण भएको छ ।
कोशी ब्यारेजका फिस ल्याडर नखोलिँदा डल्फिनलाई समस्या
कोशी ब्यारेजमा जलचरका लागि बनाइएका दुईवटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिनलाई समस्या बढेको छ । जलचरका लागि बनाइएका दुईवटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिन कोशी ब्यारेज पार गर्न नपाएका हुन् ।
प्रतिबन्धित लागूऔषधसहित दुईजना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा इलाका प्रहरी कार्यालय कुमारखोद र प्रचौ टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–३ झाट प्रतिबन्धित लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको हो ।
मतदाताले नै परिचयपत्र छाप्ने व्यवस्था मिलाउन सुझाव
निर्वाचन आयोगले निर्वाचन कार्यालयमा सेवाग्राही उपस्थित नहुने गरी मतदाता नामावली अनलाइन दर्ता सफ्टवेयर तयार गर्न सुझाव दिएको छ । सफ्टवेयर तयार गर्ने परामर्शदाताले निर्वाचन आयोगमा बिहीबार प्रस्तुति दिँदा आयोगले उक्त सुझाव दिएको हो ।
अध्यक्ष अधिकारीलाई निलम्बन नगर्न आदेश
सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कार्यकारी अध्यक्षमाथि छानबिन गर्न‘परे पनि निलम्बन गर्न‘ नपर्ने ठहर गरेको हो । आदेशसँगै अध्यक्ष अधिकारीलाई कार्यकारी अध्यक्षका रूपमा निगममा काम गर्न फर्किने बाटो खुलेको छ ।
न्यायाधीश नियुक्तिको मापदण्ड
जिल्ला र उच्च अदालतको न्यायाधीश नियुक्तिको निर्देशिका तयार भएको छ । पछिल्लो दस वर्षको अवधिमा न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले दोस्रो पटक निर्देशिका तयार पारेको हो । २०६९ सालमा पनि न्यायाधीश नियुक्तिको मापदण्ड परिषद्ले पारित गरेको थियो ।
यातायात क्षेत्र सुधार्न विशेष व्यवस्था
गृह मन्त्रालयले ट्राफिक तथा यातायात क्षेत्रको व्यवस्थापन सुुधारको योजनालाई कार्यान्वयन गर्न सरोकारवाला मन्त्रालयलाई पत्राचार गरेको छ । सरोकारवाला सबै मन्त्रालयलाई पत्राचार गर्दै सडकमा ग्रिनबेल्ट विकास गर्न, विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न, सवारीसाधनबाट सिर्जित फोहोरमैलाको समयमै व्यवस्थापनका लागि काम गर्न तत्काल काम सुरु गर्न अनुरोध गरिएको छ ।
खेतमा चर्दै मयूर
शुक्लाफाँटा नगरपालिका–९ सिसैयास्थित स्थानिय किसानको खेतमा चर्दै गरेको मयूर ।
केन्द्रीय प्रहरी प्रवक्तामा टेकप्रसाद राई नियुक्त
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राई नियुक्त हुनुभएको छ।
अब सवारी साधनमा ‘साहित्य र विज्ञापन’ लेख्न नपाइने
। गृहमन्त्रालयले ट्राफिक तथा यातायात क्षेत्रको व्यवस्थापन गर्न, सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माणका लागि बिहीबार विभिन्न निर्णय गर्दै सम्बन्धित मन्त्रालय र निकायलाई कार्यान्वयनका लागि परिपत्र गरेको छ ।
सीमा क्षेत्रमा हुने अवान्छनीय गतिविधिको निगरानी होस् : प्रधान सेनापति शर्मा
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले सीमा सुरक्षाको विषयलाई राष्ट्रिय सुरक्षा र क्षेत्रीय अखण्डतासँग जोडेर निरन्तर अध्ययन तथा अनुसन्धान गर्दै आइरहेको बताउनुभयो ।
सडकमा पानीको दह !
वरपरको सडक ठीकै छ, सहजै सवारी आवतजावत गर्न सक्छ बीचमा पुगेपछि पानीका दह देखिन्छ, खाडल कति गहिरो छ भनेर सवारी एकछिन रोकिएर मात्र जाने गर्छन् ।
मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु
सर्लाहीको हरिपूर्वामा भएको मोटरसाइकल दुर्घटनामा एक जना शिक्षकको मृत्यु भएको छ । हरिपूर्वा–सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत पथरा पुल नजिकै भएको दुर्घटनामा सोनफी जनता प्राथमिक विद्यालय हरिपूर्वाका शिक्षक ५७ वर्षीय किसनुदेव रजकको मृत्यु भएको हो ।
छत ढलान गर्ने क्रममा करेन्ट लागेर मृत्यु
कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका–३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेली रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक जेशी शाहले बताउनुभयो ।
भारतको सिलिगुडी हुँदै काठमाडौंसम्म बस सेवा सुरु
भारतको पश्चिम बङ्गालस्थित सिलिगुडी हुँदै नेपालको सङ्घीय राजधानी काठमाडौँसम्म सीधा बस सेवा सञ्चालनमा आएको छ । पश्चिम बंगाल सरकारको सरकारी बस सेवा प्रदायक कम्पनी (एनबीएसटीसी) नर्थ बंगाल स्टेट ट्रान्सपोर्ट कर्पाेरेशनको मातहतमा रहनेगरी उर्वन परीवहन सर्भिस प्रा.लि.ले भारतीय नम्बर प्लेटको सवारी साधनबाट नेपाल–भारत बस सेवा सुरु भएको हो ।