• १३ साउन २०८१, आइतबार

स्मार्ट लाइसेन्स पढ्ने मेसिन हस्तान्तरण

blog

काठमाडौँ, कात्तिक ३ गते । यातायात व्यवस्था विभागले स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) जाँच गर्न दुई सय थान लाइसेन्सको विवरण पढ्ने मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ। मेसिनले लाइसेन्समा भएको चिप्समा रहेको विवरण देखाउने भएकाले जाँचमा सहज हुने विभागले जनाएको छ।

एसियाली विकास बैङ्कको अनुदान सहयोगमा विभागको सूचना तथा सञ्चार प्रविधि आयोजनाअन्तर्गत ८४ लाख १८ हजार ६९६ रुपियाँ बराबरको दुई सय थान स्मार्ट कार्ड रिडर र दुई सय थान स्याम कार्ड (एक प्रकारको सीम कार्ड) प्राप्त गरी प्रहरीलाई बुधबार हस्तान्तरण गरिएको हो। 

विभागका महानिर्देशक डा. टोकराज पाण्डेका अनुसार स्मार्ट कार्ड तथा स्मार्ट कार्डवाहकको आधिकारिकता पहिचान गर्न सहज हुनेछ। स्मार्ट कार्ड रिडर दुई सय थान, स्याम कार्ड १९८ थान तथा एप्लिकेसन सफ्टवेयर सिडी एक थान हस्तान्तरण गरिएको छ। पाण्डेले प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीलाई हस्तान्तरण गर्नुभएको हो।