• १३ साउन २०८१, आइतबार

जडीबुटी खन्ने क्रममा दुईको मृत्यु

blog

राजन रावत

हुम्ला, कात्तिक ३ गते । वनमा जडीबुटी खन्नेक्रममा दुुई जनाको मृत्युु भएको छ । सिमकोट गाउँपालिका –१ को चुँवा खोला क्षेत्रमा जडीबुटी सङ्कलन गर्नेक्रममा उहाँहरुको मृत्यु भएको हो । 

प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जडीबुटी सङ्कलन गर्ने क्रममा दुुई जनाको मृत्युु भएको बताउनुुभयो । मृत्युु हुनेमध्ये फुन्जोक लामाको वनमा लडेर मृत्युु भएको हो । अर्का सिमकोट गाउँपालिका –८ का खोल्सी गाउँका सख्खर शाही चिसोले कठ्याङ्ग्रिएर मृत्युु भएको बताउनुुभयो । 

सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकायाले दुुबै जनाको मृत्युु वर्षाका कारण भएको बताउनुुभयो । जडीबुटी खनिरहेको जमिन पानीले गलेर माथिबाट ढुुङ्गा खस्दा लामालाई लागेर उहाँको मृत्युु भएको हो । वर्षासँगै चिसो बढेको कारण शाहीको कठ्याङ्ग्रिएर मृत्युु भएको उहाँले बताउनुुभयो । 

मृतक दुवैको प्रहरीले घटनास्थलमै मुचुल्का तयार गरेको जनाएको छ । मृतकको लाश बोकेर घरसम्म ल्याउने कार्य स्थानीयले गर्नुभएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा जडीबुटी सङ्कलन गर्ने सङ्कलकलाई गाउँपालिकाले चिसो बढेपछि पाल सहयोग गर्ने जनाएको छ । हाल सो वनमा एक हजारभन्दा बढी मानिस जडीबुटी सङ्कलन गरिरहेको स्थानीयको भनाइ छ ।