हलिया मुक्तिका सोह्र वर्ष : अवस्था अझै बदलिएन
हलिया मुक्तिको घोषणा भएको सोह्र वर्ष पुगेको छ । कञ्चनपुरका मुक्त हलिया परिवारको अवस्था बदलिएको छैन । साहुको घरबाट बिदा भएका मुक्त हलिया परिवार ज्याला मजदुरी गरेर जीविका चलाउन बाध्य छन् ।
लोपोन्मुख गिद्ध संरक्षणमा चुनौती
नवलपुरमा पछिल्लो समय लोपोन्मुख गिद्ध संरक्षणमा चुनौती थपिएको छ । जिल्लामा एक वर्षको अवधिमा विषादीयुक्त आहाराका कारण २३ गिद्धको मृत्यु भएको छ ।
योगेश भट्टराईलाई प्रश्न : दुई पटक सांसद हुँदा ताप्लेजुङमा के के काम गर्नुभयो ?
ताप्लेजुङका प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले आफू सांसद भएपछि भौगोलिक हिसाबले विकट ताप्लेजुङ जिल्लाका ९ वटा स्थानीय तहका ६१ वटै वडामा सडक पुगेको बताउनुभएको छ ।
समयमै पारिश्रमिक दिने सहमति पछि काममा फर्किएर मजदुर
म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाका मजदुरहरू काममा फर्किएका छन् । आयोजनाको सिभिल ठेकेदार जयप्रकाश (जेपी) एसाेसिएट्सले समयमै पारिश्रमिक नदिएको भन्दै मजदुरहरूले शुक्रबार आन्दोलन गरेका थिए । मजदुरको आन्दोलनका कारण अडिट नम्बर १, २ र ३ मा निर्माण कार्य प्रभावित भएको थियो ।
च्याउमा आत्मनिर्भर बनाउन व्यावसायिक उत्पादन सुरु
जिल्लाको कालिका नगरपालिका–२ पदमपुरमा च्याउ खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक उत्पादन सुरु गरिएको छ । यहाँ १२ वटा वातावरण अनुकूलित टनेलमार्फत डल्ले च्याउको व्यावसायिक उत्पादन सुरु गरिएको हो ।
मन लोभ्याउने दृश्य (फोटो फिचर)
पूर्वको पर्यटकीय नगरी धनकुटाको हिले आसपास सुन्दर डाँडाकाँडा रहेका छन् । हिले नजिकै रहेको त्रिशूले, नागढुङ्गा, गुराँसेले जोकोहीको मन लोभ्याउँछ ।
महिलाको नेतृत्वमा बहुउद्देश्यीय भवन निर्माण
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, स्थित दग्नाममा आमाहरूको नेतृत्वमा आमा समूहको भव्य बहुउद्देश्यीय भवन गरिएको छ ।
छात्रवृत्ति अनुदानबारे अनुगमन गर्छौं : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकमबारे अनुगमन गर्ने बताउनुभएको छ । शुक्रबार सामाजिक सञ्जालमार्फत विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठाएकाले सबै स्थानीय तहमा अनुगमन गरिने उहाँले जानकारी गराउनुभएको हो ।
पारिवारिक इजलास निर्देशिका : मुद्दा ‘फास्ट ट्र्याक’ मा सुनुवाइ
पारिवारिक विवादका मुद्दालाई अनिवार्य रूपमा एक पटक मेलमिलापमा पठाउनुपर्ने व्यवस्थासहित निर्देशिका जारी भएको छ । पारिवारिक इजलास सुरु भएको झन्डै एक वर्षपछि सर्वोच्च अदालतले पारिवारिक इजलास सञ्चालन (कार्यविधि) निर्देशिका जारी गरेको हो । २०८० असोज २२ गतेदेखि नेपालमा पहिलो पटक काठमाडौँ जिल्ला अदालतबाट पारिवारिक विवाद मात्र हेर्ने गरी इजलास सुरु भएको थियो । सर्वोच्च अदालतले हालै जारी गरेको निर्देशिकाले मुद्दा दर्ता, म्याद जारी र तामेली, सुनुवाइ, मेलमिलाप तथा आदेश कार्यान्वयन सबैमा प्राथमिकता दिनुपर्ने गरी निर्देशिका जारी गरेको हो । मुद्दामा प्रतिउत्तर परेपछि दुवै पक्षलाई अनिवार्य रूपमा मेलमिलापसम्बन्धी कार्यविधि र व्यवस्थाको जानकारी दिनुपर्ने निर्देशिकामा उल्लेख छ । तोकिएको अवधिमा छलफल गराई मेलमिलापकर्ताले प्रतिवेदन पेस गर्नुपर्ने छ ।
कर्मचारीलाई प्रविधिमैत्री बनाऔँ
सरकारले शनिबार २१ औँ निजामती सेवा दिवस मनाउँदै छ । गत तीन वर्षदेखि नै निजामती सेवा दिवसका लागि ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नारा तय गरिएको छ । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा २०६१ सालदेखि सरकारले निजामती सेवा दिवस मनाउँदै आएको हो । सरकारले प्रत्येक वर्ष निजामती सेवा दिवस मनाए पनि स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासनले दिने सेवाप्रति आमनागरिक भने पूर्ण रूपमा सन्तुष्ट हुन सकेका छैनन् ।
तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नगर्न भौतिक पूर्वाधार तथा यातायात पूर्वाधार मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
बाढीमा मृत्यु हुनेको सङ्ख्या ३ पुग्यो
बागलुङ नगरपालिका–४ कुँडुलेस्थित बान्द्रे खोलामा आएको बाढीले बगाएर मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ । अविरल वर्षासँगै खोलामा आएको बाढीले गए राति तीन जना युवालाई बगाएको थियो ।
द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन दिइँदैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः स्थापित शान्ति प्रक्रियालाई दिगो बनाउँदै द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन नदिनेतर्फ वर्तमान सरकार स्पष्ट रहेको बताउनुभएको छ ।
लडेर एकको मृत्यु
तनहुँमा बिहीबार लडेर घाइते हुनुभएका एक वृद्धको मृत्यु भएको छ । ऋषिङ गाउँपालिका –८ झिरुबास निवासी ७३ बर्षीय लोकबहादुर गुरुङको मृत्यु भएको हो ।
राष्ट्रिय वाणिज्य बैंक र खाद्यबीच सम्झौता
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
पशुपतिनाथ क्षेत्रमा तिजको रौनक (फोटो फिचर)
हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना गर्न आउने भक्तजनको भीड लागेको छ।
सिँचाइ आधुनिकीकरण गर्न १५ अर्ब सहुलियतपूर्ण ऋण लिइने
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेका २४ निर्णय शुक्रबार सार्वजनिक भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्नुभएको हो ।
सेवालाई अझ सर्वसुलभ र गुणस्तरीय बनाउने प्रतिबद्धता
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नवनियुक्त प्रबन्ध निर्देशक (एमडी) सङ्गीता अर्याल पहाडीले टेलिकमको सेवालाई अझ दुरुस्त बनाएर यसको गुणस्तर वृद्धि गर्ने बताउनु भएको छ ।
गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु
बर्दियामा गैंडाको आक्रमणमा परी एक जना वरिष्ठ नेचर गाइडको मृत्यु भएको छ । मध्यवर्ती क्षेत्रनजिक रहेको एक सामुदायिक वनमा विदेशीलाई घुमाउन लगेको बेलामा गैंडाले आक्रमण गर्दा शुक्रबार बिहान एक जना नेचर गाइडको मृत्यु भएको हो ।
मोटरसाइकल दुर्घटनामा मृत्यु
झापाको बुट्टाबारीमा भएको मोटरसाइकल दुर्घटनामा घाइते हुनुभएका एक जनाको मृत्यु भएको छ । घाइते मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका –५ बस्ने २४ वर्षीय दिवाङकर राईको उपचारका क्रममा शुक्रवार बिहान बीएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो ।
स्याउ बोकेको गाडी दुर्घटना
हेटौँडा–काठमाडौँ जोड्ने फाखेल मातातीर्थ सडक खण्डको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका –५ मकैबारीमा शुक्रवार पिकअप गाडी दुर्घटना भएको छ ।
ठुला पूर्वाधार निर्माण भरतपुर केन्द्रित
सहरीकरणको क्रममा पूर्वाधार निर्माण भरतपुरमा मात्रै केन्द्रित हुँदा चितवनका अन्य पालिकामा विकास निर्माणको कार्य गति लिन सकेको छैन । सघन सहरी तथा भवन निर्माण कार्यालयको ७४ वटा विकास निर्माणका कार्यक्रममध्ये ३९ वटा पूर्वाधार निर्माणका काम भरतपुर महा
हरितालिका तिज : जागरणमा कोसेढुङ्गा
तिज पर्व यही बेलादेखि मनाउन सुरु भएको भन्ने मिति निर्धारण भएको पाइँदैन । तैपनि यो भारतवर्ष विशेष गरी उत्तर भारत एवं नेपालमा पौराणिककालदेखि नै चलिआएको हो । त्यसमा पनि भारतको केही मात्रै ठाउँ र नेपालमा हिन्दु नारीले विशेष पर्वका रूपमा मनाउँदै आएको पाइन्छ । हिन्दु धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको विवाह (कन्यादान) भगवान् विष्णुसँग गरिदिने निर्णय गरे । पार्वतीलाई आफ्नो बाबुको निर्णय चित्त बुझेन । पार्वती
प्रधानमन्त्री ओली अमेरिका जाने
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिका भ्रमणमा जाने हुनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको अमेरिकाको न्युयोर्क भ्रमण स्वीकृत गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले प्रधानमन्त्री ओली राष्ट्रसङ्घको महासभाका लागि प्रधानमन्त्री न्युयोर्क भ्रमणमा जाने कार्यक्रम तय भएको बताउनुभयो । संयुक्त राष्ट्रसङ्घको महासभा भदौ २५ देखि असोज १२ गते (सेप्टेम्बर १० देखि २८) सम्म न्युयोर्कमा हुँदै छ । त्यस अन्तर्गत असोज ६ र ७ गते (सेप्टेम्बर २२ र २३) समिट अफ द फ्युचर हुने छ । प्रधानमन्त्री ओलीले महासभालाई समिट अफ द फ्युचरलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसहित भ्रमण दलमा परराष्ट्रमन्त्री डा. आरजु राणालगायत सहभागी हुनुहुने छ ।