महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्छ : अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राज्यका हरेक प्रतिनिधिमूलक क्षेत्रमा संविधानले नै महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गरेकाले त्यसलाई समुचितरूपमा कार्यान्वयन गरेर व्यवहारमा उतार्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।
हरेक आन्दोलनमा महिलाको निर्णायक भूमिका रह्यो : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक सहभागिता रहेको बताउनुभएको छ ।
पहिलो महिला न्यायाधीश : उमेर ८१ वर्ष, काम गर्ने जोश र जाँगर उस्तै
नेपालकै पहिलो महिला न्यायाधीश हुनुहुन्छ शारदा श्रेष्ठ । सानै उमेरदेखि व्यस्त रहन मन पराउने न्यायाधीश श्रेष्ठमा ८१ वर्षको हुँदा पनि उस्तै जोश र जाँगर देखिन्छ । उहाँ आज पनि आफ्नो काममा व्यस्त रहनुहुन्छ र भविष्यको योजना बनाउने गर्नुहुन्छ ।
सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोही सम्मानित
अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोहीलाई सम्मान गरिएको छ ।
माइती नेपालको आयोजनामा फुटसल प्रतियोगिता
माइती नेपालले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फुटसल प्रतियोगिताको आयोजना गरेको छ। माइती नेपालले लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यले माइती नेपालको महिला पुनर्स्थापना केन्द्रमा सहभागीबीच बुधबार फुटसल प्रतियोगिता आयोजना गरेको हो ।
सूचना प्रविधिमा महिलाको पहुँच विस्तार गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको उपयोगमा महिलाको पहुँच विस्तार गरी सेवा प्रवाह, उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिनुभएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा टोखामा निःशुल्क स्वास्थ्य शिविर
टोखा नगरपालिकाले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार सातै प्रदेशबाट गरिनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिने बताउनुभएको छ ।
नेपाली महिला पाइलटद्वारा पहिलो अन्तर्राष्ट्रिय उडान
सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक (पाइलट) लाई स्वागत गरेको छ ।