• ७ वैशाख २०८१, शुक्रबार

समान सहभागितामा सबैको जोड हुनुपर्छ: ओली

blog

काठमाडौँ, फागुन २४ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगट्ने महिलाको समान सहभागितामा जोड दिनुभएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणमा महिलाहरूको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहेको बताएका छन् । ‘ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरूमा नेपाली महिलाहरूले अग्र मोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णक्षरले लेखिएको छ’ ओलीले शुभकामना सन्देशमा उल्लेख छ । 

एमाले नेतृत्वको सरकारले महिला अधिकारको क्षेत्रमा लिएका नीति र गरेका कामको नतिजा स्वरूप नेपालको लैङ्गिक विकास सूचकाङ्कमा उल्लेख्य सुधार भएको उहाँले विज्ञप्ति मार्फत बताउनुभएको छ ।