सशस्त्र प्रहरीले माग्यो ७९ इन्स्पेक्टर र ८३ जना असई
सशस्त्र प्रहरी बल , नेपाल प्रधान कार्यालयले ७९ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) का लागि भर्ना आवेदन खुल्ला गरेको छ । प्रहरीको मानव श्रोत विभाग , मानव श्रोत निर्देशनालय भर्ना तथा छनौट शाखा स्वयम्भूले शुक्रवार सूचना प्रकाशित गर्दै नयाँ भर्ना सम्बन्धी आवेदन माग गरेको हो ।
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. काठमाडौँमा सम्पन्न छैटौँ साफ महिला फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ? बङ्गलादेश यो जितसँगै साफ महिला फुटबलले नयाँ च्याम्पियन पाएको हो। यसअघि भारतले मात्र साफ महिला फुटबल च्याम्पियनसिप जितेको इतिहास छ। – प्रतियोगितामा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पछि पर्दै उपविजेता बन्न पुगेको छ। योसँगै नेपाल पाँच पटक फाइनलमा पुगेर पनि उपाधिविहीन बन्न पुगेको हो। – प्रतियोगितामा उत्कृष्ट खेलाडी सविना खातुन
लोकसेवा सम्बन्धी आजको ताजा विषयगत प्रश्नोत्तर
१. नेपालको जलविद्युत् क्षेत्रका समस्या पहिचान गरी समस्या समाधानका उपाय उल्लेख गर्नुहोस्। जलप्रवाहमा रहेको शक्तिबाट उत्पादन हुने विद्युतीय ऊर्जालाई जलविद्युत् भनिन्छ। भिरालो भू–बनावट, लामो हिमशृङ्खला तथा लामो दूरी तय गर्दै उत्तर–दक्षिण बहने हजारौँ नदी नेपालको ऊर्जा विकासका लागि प्राकृतिक वरदान हुन्। नेपालसँग उच्च जलविद्युत् क्षमता भए तापनि यसको उत्पादन, प्रसारण, वितरण र उपयोगको अवस्था सन्तोषजनक छैन। यस क्षेत्रमा देखिएका समस्या र समस्या समाधानका उपायहरू यस प्रकार छन् :
विद्युत् प्राधिकरणले माग्यो ५२२ जना कर्मचारी
नेपाल विद्युत् प्राधिकरणले तह १० देखि तह तीनसम्म गरी ५२२ जना कर्मचारी माग गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै प्राधिकरणले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको हो ।
नेपाली सेनाले माग्यो २२९ जना सहायक सेनानी
नेपाली सेनाले २२९ जना अधिकृत माग गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै सेनाले रिक्त रहेको सहायक सेनानी पदको पूर्तिका लागि ठुलो सङ्ख्यामा अधिकृत भर्नाका लागि फारम खुल्ला गरेको हो ।
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. बेलायतको नयाँ राजा को बनेका छन् ? चाल्र्स तृतीय बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयको निधनपछि उनका जेठा छोरा चाल्र्स त्यहाँको राजा चाल्र्स तृतीय बनेका हुन्। – यससँगै उनी १४ वटा राष्ट्रमण्डल देशका राष्ट्रप्रमुख पनि बनेका छन्।
लोकसेवा सम्बन्धी आजको ताजा विषयगत प्रश्नोत्तर
मौलिक हक र नागरिकको कर्तव्य १. जलवायु परिवर्तनका चुनौतीसँग जुध्न नेपालले के कस्तो वित्त व्यवस्थापन रणनीति तय गरेको छ ? उल्लेख गर्नुहोस्। जलवायु परिवर्तन वर्तमान र भावी पुस्ताको ज्वलन्त समस्याका रूपमा देखा परेको छ। यो एक विश्वव्यापी साझा समस्या रहेकाले यसलाई सम्बोधन गर्न सबै मुलुकले आ–आफ्नो क्षमताअनुसारको दायित्व बहन गर्नुपर्ने मान्यता विकसित भएको छ। जलवायु परिवर्तनका विषयलाई सम्बोधन गर्न नेपालले राष्ट्रिय स्रोतको पहिचान गर्ने र द्विपक्षीय, बहुपक्षीय तथा अन्तर्राष्ट्रिय वित्तीय स्रोतमा पहुँच बढाई सबै स्रोतलाई न्यायोचित परिचालन ग
चार हजार जवान भर्ती गर्दै नेपाली सेना
नेपाली सेनाले चार हजार जना जवान भर्नाका लागि आवेदन खुल्ला गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशित गरी नेपाली सेनाको श्री सेना भर्ना छनौट निर्देशनालय, कार्य रथी विभाग, जङ्गी अड्डाले उक्त पदका लागि आवेदन माग गरेको हो ।
लोकसेवाले घटायो अङ्कभार
लोकसेवा आयोगले सहसचिव वा सोसरहको पदको द्वितीय चरणको सक्षमता परीक्षाको अङ्कभार घटाएको छ। द्वितीय चरणअन्तर्गत मामिला प्रस्तुतीकरणको पूर्णाङ्क ५० को ठाउँमा ३० अङ्क कायम गर्ने निर्णय आयोगले गरेको छ। आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार आयोगले सहसचिव, शाखा अधिकृत वा सोसरह, नायब सुब्बा वा सोसरह र खरिदार वा सोसरहको लिखित परीक्षाको पाठ्यक्रम र अङ्कभारमा पनि संशोधन तथा परिमार्जन गरेको छ।