• २८ पुस २०८१, आइतबार

लोकसेवाले घटायो अङ्कभार

blog

काठमाडौँ, भदौ २४ गते । लोकसेवा आयोगले सहसचिव वा सोसरहको पदको द्वितीय चरणको सक्षमता परीक्षाको अङ्कभार घटाएको छ। द्वितीय चरणअन्तर्गत मामिला प्रस्तुतीकरणको पूर्णाङ्क ५० को ठाउँमा ३० अङ्क कायम गर्ने निर्णय आयोगले गरेको छ। 

आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार आयोगले सहसचिव, शाखा अधिकृत वा सोसरह, नायब सुब्बा वा सोसरह र खरिदार वा सोसरहको लिखित परीक्षाको पाठ्यक्रम र अङ्कभारमा पनि संशोधन तथा परिमार्जन गरेको छ। 

आयोगले आर्थिक वर्ष २०७९/८० देखि हुने विज्ञापनमा लिखितमा सो व्यवस्था लागू गर्ने भएको छ। आयोगद्वारा जारी विज्ञप्तिअनुसार आयोगले लिने प्रथम चरणको परीक्षामा सहसचिवभन्दा तल्ला पदको लिखित परीक्षामा प्राप्त गरेको अङ्कको ५० प्रतिशत मात्रै अन्तिम चरणमा जोडिने भएको छ।

आयोगले लिने विज्ञापनमा लिखित परीक्षाको प्रथम चरण (प्रथमपत्र)मा उम्मेदवारले प्राप्त गरेको कुल अङ्कको ५० प्रतिशत अङ्कभार मात्रै अर्काे चरणमा जोड्ने निर्णय भएको छ। 

शाखा अधिकृत, नायब सुब्बा र खरिदार वा सोसरहका पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको प्रथम चरण प्राप्त गरेको नम्बरको ५० प्रतिशत अन्तिम चरणको योग्यता क्रममा गणना गरिने आयोगले जनाएको छ।