लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
निजामती कर्मचारीका कार्य विवरण १. नेपालको सार्वजनिक खर्च व्यवस्थापनमा देखिएका समस्या पहिचान गर्दै सार्वजनिक खर्चको कुशल र नतिजामूलक व्यवस्थापन गर्ने उपाय सिफारिस गर्नुहोस् । सार्वजनिक हितका लागि सरकारले गर्ने खर्चलाई सार्वजनिक खर्च भनिन्छ । नागरिकप्रति सरकारको आधारभूत दायित्व निर्वाह गर्न सार्वजनिक खर्च अपरिहार्य मानिन्छ । लोककल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्ने संवैधानिक दिशा निर्देशसँगै सार्वजनिक खर्चको माग बढ्दै गएको छ । यसैकारण सरकारको व्यय अनुमान बर्सेनि बढ्दै गएको देखिन्छ । तथापि वार्षिक बजेटले अनुमान गरेअनुसारको परिमाण, गुणस्तर र समयमा सार्वजनिक खर्च हुन नसक्दा नागरिकले अनुभूत गर्ने गरी खर्चको प्रभावकारिता हासिल हुन सकेको छैन । नेपालको सार्वजनिक खर्च व्यवस्थापनामा देखिएका समस्या – नेपालको सार्वजनिक खर्च व्यवस्थापनमा योजना, स्रोत विनियोजन, खर्च, लेखाङ्कन, प्रतिवेदन, आन्तरिक नियन्त्रण, परीक्षणलगायतका विषयमा नीतिगत, व्यवस्थापकीय र व्यवहारगत समस्या छन् । यी समस्यालाई समग्रमा निम्नानुसार उल्लेख गर्न सकिन्छ ः – आवधिक योजनाका सोच, लक्ष्य, तथा अपेक्षाहरू महìवाकाङ्क्षी हुनु, – वार्षिक बजेट तथा कार्यक्रमले योजनालाई अनुसरण गर्न नसक्नु, – साधारण खर्च र विकास खर्च विनियोजनका आधार र मापदण्ड पालना नहुनु, – साधारण खर्च बर्सेनि बढ्दै जानु तर तुलनात्मक रूपमा पुँजीगत विनियोजन बढ्न नसक्नु, – सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता वृद्धि गर्ने मापदण्डको परिपालना हुन नसक्नु, – सञ्चालनमा रहेका आयोजनाहरू निर्धारित समय, लागत र गुणस्तरमा सम्पन्न नहुनु, – आयोजना अनुशासन कायम गर्न नसक्दा क्रमागत, अधुरा एवं रुग्ण आयोजनाको सङ्ख्या बढ्दै जानु, – विनियोजनको तुलनामा पुँजीगत खर्च कम हुनु, भएको खर्चसमेत अन्तिम चौमासिक तथा अन्तिम महिनामा हुने प्रवृत्ति बढेसँगै खर्चको गुणस्तरीयता कमजोर हुनु, – प्रतिबद्धताअनुरूप वैदेशिक सहायता प्राप्त हुन नसक्नु, समयमा शोधभर्ना गर्न नसकिनु, सार्वजनिक ऋणको कुशल परिचालन गर्न नसक्नु, – खर्चको समयमै लेखाङ्कन र प्रतिवेदन गर्ने गरी कर्मचारी र पदाधिकारीलाई जवाफदेही बनाउन नसक्नु,
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. ६८ वर्षपश्चात् सुपरमुन कहिले देखियो ? वि.सं. २०७३ कात्तिक २९ (सन् २०१६ नोभेम्बर १४) (वि.सं. २००५ पछि २०७३ कात्तिक २९ मा पृथ्वीको सर्वाधिक नजिक आइपुगेको चन्द्रमा ‘सुपरमुन’ सामान्य अवस्थामा भन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत चम्किलो देखिएको।) २. ‘सबैका लागि शिक्षा’ विषयक विश्व सम्मेलन कहिले र कहाँ भएको थियो ? सन् १९९०, थाइल्यान्डको जोम्टिनमा ३. नेपालमा अप्टिकल फाइबर बिछ्याउने कार्यको सुरुवात कहिलेदेखि गरिएको हो ? वि.सं. २०७६ जेठ ६ ‘डिजिटल पूर्वाधार समृद्धिको आधार : हाम्रो प्रयास सूचना प्रविधिको विस्तार’ नाराका साथ अप्टिकल फाइबर बिछ्याउने कार्य धादिङको गल्छीका साथै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेबाट सुरुवात भएको। अप्टिकल फाइबरमार्फत उच्च गतिको ब्यान्डविथ प्रवाह गर्न सकिने।
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
लोकसेवा आयोगको भूमिका १. सहरीकरण भनेको के हो ? नेपालमा नगरपालिका घोषणा गर्न के कस्ता सर्त तथा सुविधालाई आधार मानिन्छ ? उल्लेख गर्नुहोस्। ग्रामीण बस्तीमा आधुनिक सहरी सुविधा विस्तार भई सघन र सुविधासम्पन्न बस्तीमा रूपान्तरण हुने प्रक्रियालाई सहरीकरण भनिन्छ। सहरीकरणसँगै आर्थिक तथा सामाजिक सम्बन्ध परिवर्तन हुँदै जान्छन्। बढ्दो जनसङ्ख्या र बसाइँसराइका कारण सहरी क्षेत्रको भूमिमाथि अनावश्यक चाप पर्न थाल्छ। आवास, सहरी पूर्वाधार एवं व्यापारिक क्रियाकलापका लागि भूमिको माग बढ्दै जाने भएकाले भूमिको मूल्य र महìव उच्च हुने गर्छ। पछिल्लो समय नेपालमा बढ्दै गएको अव्यवस्थित सहरीकरणलाई व्यवस्थित बनाई स्वच्छ, हराभरा र बस्नलायक सहर निर्माण गर्नु चुनौतीपूर्ण देखिएको छ।
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. टी–२० विश्वकप क्रिकेट २०२२ को उपाधि जित्ने राष्ट्र कुन हो ? इङ्गल्यान्ड – इङ्गल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराउँदै टी–२० विश्वकप क्रिकेट च्याम्पियन बनेको। इङ्गल्यान्ड दोस्रो पटक (यसअघि सन् २०१० मा) टी–२० विश्वकपको उपाधि जित्न सफल भएको। – इङ्गल्यान्डले अस्ट्रेलियाको मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै सो उपाधि हात पारेको। – यससँगै इङ्गल्यान्डले वेस्ट इन्डिजले राखेको कीर्तिमानी बराबरी गरेको। हालसम्मका टी–२० विश्वकप क्रिकेट विजेता सन् विजेता उपविजेता २००७ भारत पाकिस्तान २००९ पाकिस्तान श्रीलङ्का २०१० इङ्गल्यान्ड अस्ट्रेलिया
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
१. नेपाल बीमा प्राधिकरणको परिचय दिँदै नेपालमा बीमा क्षेत्रलाई नियमित र व्यवस्थित गर्न बीमा प्राधिकरणले निर्वाह गर्न सक्ने भूमिका उल्लेख गर्नुहोस्। नेपालमा बीमा व्यवसायको नियमनकारी निकायका रूपमा बीमा ऐन, २०७९ ले नेपाल बीमा प्राधिकरण स्थापना गरेको छ। यो एक अविछिन्न उत्तराधिकारवाला स्वशासित सङ्गठित संस्थाका रूपमा रहेको छ। यसले कानुनी रूपमा व्यक्तिसरह अधिकारको प्रयोग, कर्तव्य निर्वाह र दायित्व ग्रहण गर्न सक्छ। काठमाडौँ उपत्यकामा केन्द्रीय कार्यालय रहने यो निकायले आवश्यकताअनुसार नेपालभित्र वा बाहिर आफ्ना शाखा कार्यालय खोल्न सक्ने व्यवस्था रहेको छ । नेपाल बीमा प्राधिकरणले देहायका भूमिका निर्वाह गरी नेपालको बीमा क्षेत्रलाई नियमित, व्यवस्थित, प्रतिस्पर्धी एवं विश्वसनीय बनाई बीमा क्षेत्रको विकास र विस्तारमा सहयोग गर्न सक्छ।
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. राष्ट्रपति विद्यादेवी भण्डारी ‘रेक्युभिक ग्लोबल फोरम’मा सहभागी हुने सन्दर्भमा आइसल्यान्डतर्फ कहिले प्रस्थान गर्नुभएको हो ? वि.सं. २०७९ कात्तिक २२ सन् २०२२ नोभेम्बर ८ देखि १० सम्म चल्ने फोरममा विश्वभरका महिला नेत्रीको सहभागिता हुने । सो अवसरमा महिला राजनीतिक नेतृत्व (डब्लूपीएल)ले राष्ट्रपति भण्डारीलाई यस वर्षको प्रतिष्ठित डब्लूपीएल ट्रेलब्लेजर अवार्डद्वारा सम्मानित गरेको ।
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
सार्वजनिक निकायमा समय व्यवस्थापन १. आयकर भनेको के हो ? आयकर ऐन, २०५८ अनुसार कर बुझाउने सम्बन्धमा करदातालाई प्रदान गरिएका अधिकारहरू उल्लेख गर्नुहोस्। कुनै व्यक्तिले रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट प्राप्त गरेको आयमा लाग्ने करलाई आयकर भनिन्छ। श्रम वा पुँजी वा श्रम र पुँजी दुवैको लगानीबाट प्राप्त हुने प्रतिफल वा आकस्मिक रूपमा प्राप्त हुने लाभमा कुनै मुलुकको आयकरसम्बन्धी कानुनले निर्धारण गरेअनुसार लाग्ने कर आयकर हो।
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. ब्राजिलको नयाँ राष्ट्रपतिमा निर्वाचित हुने राजनीतिज्ञ को हुन् ? लुइज इनासियो लुला दा सिल्भा (सन् २०२२ अक्टोबर ३०) नयाँ राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता लुलाले ५०.९ प्रतिशत मत प्राप्त गरेका। सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति थिए।
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
अर्थतन्त्रसँग विप्रेषणको सम्बन्ध १. लोकसेवा आयोगको कार्यसम्पादनका आधार एवं सिद्धान्तहरू जानकारी गराउनुहोस्। सात दशक लामो कार्यानुभवबाट कार्यसम्पादनमा परिपक्वता एवं उत्कृष्टता हासिल गर्दै लोकसेवा आयोग आमजनमानसमा विश्वसनीय संस्थाका रूपमा स्थापित