• ७ जेठ २०८१, सोमबार

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

blog

१. प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन (२०७९)का लागि तोकिएको मिति कुन हो ? 

वि.सं. २०७९ मङ्सिर ४

मन्त्रिपरिषद्को २०७९ साउन १९ को बैठकले दुवै तहको विधायिकी निर्वाचन सो मितिमा गर्ने निर्णय गरेको। 

आमनिर्वाचनबाट २७५ प्रतिनिधि सभा (१६५ प्रत्यक्ष र ११० समानुपातिक) सदस्य निर्वाचित हुनेछन्। त्यसैगरी प्रदेश सभातर्फ सातवटा प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी ५३० सदस्य निर्वाचित हुनेछन् ।

निर्वाचनको मिति घोषणासँगै आयोगले साउन १९ गतेसम्म नामावली सूचीकृत गराएका नागरिकलाई मात्रै मतदाता नामावलीमा सूचीकृत गर्नेछ। निर्वाचन मिति घोषणापश्चात् साउन २० देखि नामावली सङ्कलन स्थगित भएको छ ।

निर्वाचन आयोगले काठमाडौँ उपत्यकाका अतिरिक्त पाँच जिल्लामा अनलाइन नामावली दर्ता पहिलो पटक सुरु गरेको।


२. गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आ.व. २०७८÷७९ का लागि भएको कार्यसम्पादन सम्झौताको मूल्याङ्कन प्रतिवेदनअनुसार कुन जिल्ला प्रशासन कार्यालय सर्वोत्कृष्ट बनेको छ ?

गुल्मी 

गुल्मी जिल्ला प्रशासन कार्यालय ९७.७५ प्रतिशत अङ्कका साथ पहिलो स्थान हासिल गर्न सफल भएको।

कार्यासम्पादन सम्झौताका छवटा विषयगत क्षेत्र शान्तिसुरक्षा र अपराध मूल्याङ्कन, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन रहेका ।

कार्यसम्पादन मूल्याङ्कनमा प्रथम पाँच स्थानमा रहन 

सफल जिल्ला। 

गुल्मी – ९७.७५ प्रतिशत

अर्घाखाँची – ९७ प्रतिशत

नवलपरासी पूर्व – ९६.७५ प्रतिशत

रुकुम पश्चिम – ९६ प्रतिशत

डडेलधुरा र हुम्ला – ९५ प्रतिशत


३. उदयपुर, सप्तरीलगायत जिल्लाका एक हजारभन्दा बढी घर डुबानमा पर्ने गरी कोसी नदीमा बाढी कहिले आएको हो ?

वि.सं. २०७९ साउन (झन्डै साढे तीन दशकपश्चात् बाढीका कारण कोसी नदीले धार परिवर्तन गरिबहँदा थुप्रै बस्ती डुबानमा परेका।)


४. सरकारले ४० माइक्रोभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगलाई कहिलेदेखि देशभरि नै कडाइका साथ लागू गर्ने निर्णय गरेको हो ?

वि.सं. २०७९ भदौ ७ (यससम्बन्धमा यसअघि पनि विभिन्न प्रयास हुँदै आएका।)


५. सन् २०२२ जुलाई ८–३१ सम्म सञ्चालित कोपा अमेरिका फेमेनिना च्याम्पियनको उपाधि जित्न सफल राष्ट्र कुन हो ?

ब्राजिल

सन् २०२२ जुलाई ३१ मा भएको फाइनल खेलमा घरेलु टोली कोलम्बियालाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिलको महिला फुटबल टिम आठौँ पटक कोपा अमेरिका फेमेनिना च्याम्पियन बनेको । योसमेत ब्राजिलले लगातार चौथो पटक कोपा अमेरिका फेमेनिनाको उपाधि उचालेको ।

प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको।


६. होलसेल बैङ्किङ अवार्ड तथा नेपाल डोमेस्टिक इनिसिएटिभ अफ द इयर अवार्डबाट सम्मानित हुने बैङ्क कुन हो ?

एसबीआई बैङ्क

सिङ्गापुरको एसियन बैङ्किङ एन्ड फाइनान्सले होलसेल बैङ्किङ अवार्डअन्तर्गत सो अवार्ड प्रदान गरेको।

एबीएफ होलसेल बैङ्किङ अवार्ड उत्कृष्ट एवं भरपर्दो 

बैङ्किङ सेवा तथा सुविधा प्रदान गर्ने बैङ्कलाई प्रदान गरिने सो संस्थाले जनाएको।


७. हालै खोटाङको मात्तिमविर्ता केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प कहिले गयो ?

वि.सं. २०७९ साउन १५

खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प जाँदा केही घरमा क्षति पुगेको।

खोटाङसँगै आसपासका जिल्ला भोजपुर, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गालगायत काडमाडौँ उपत्यकासम्म भूकम्पको धक्का महसुस भएको थियो।

भूकम्पका कारण कुनै मानवीय क्षति एवं पशु चौपायाको क्षति नभएको।


८. वि.सं. २०७९ मा महानगर प्रमुखहरूको सम्मेलन कहाँ सम्पन्न भयो ?

पोखरा

सम्मेलन वि.सं. २०७९ साउन १४–१५ सम्म सञ्चालन भई सम्पन्न भएको।

सम्मेलनले सात बुँदे ‘पोखरा घोषणापत्र’ जारी गरेको। 

२०८० सालको सम्मेलन भरतपुर महानगरपालिकाले आयोजना गर्ने सहमति भएको।

सम्मेलनले महानगरहरूबीच पारस्परिक सम्पर्क–सञ्जाल प्रवद्र्धन गरी आपसी सहयोग र सहकार्यका लागि ‘महानगर मञ्च नेपाल’ गठन गरेको । 

मञ्चद्वारा प्रत्येक वर्ष पालैपालो महानगर सम्मेलन आयोजनासँगै यसका प्रतिबद्धता कार्यान्वयनमा सहजीकरण गर्न आयोजक महानगरपालिकाले सम्मेलनको अध्यक्षता ग्रहण गरी सचिवालयसमेतको आवश्यक प्रबन्ध गर्ने सहमति भएको ।


९. सरकारले २०७९ साउनमा प्रकाशित तथ्याङ्कअनुसार आ.व. २०७८÷७९ मा नेपालको आर्थिक वृद्धिदर कति कायम भएको जनाएको छ ?

४.१ प्रतिशत

आर्थिक वृद्धिको अघिल्लो लक्ष्यमा संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४.१ प्रतिशतमा मात्र भएको जनाइएको।

यसअघि वैशाखमा केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो।

सरकारले पछिल्लो पटक गरेको संशोधन नेपालका दातृ निकायले गरेको प्रक्षेपणकै बराबर रहेको छ।


१०. नेपाली स्याटेलाइट नेपाली स्याट–१ अन्तरिक्षमा कति दिन रहेर खस्यो ? 

८४१ दिन


११. सन् २०२६ को विश्वकप फुटबल प्रतियोगितामा फिफाले एसियाबाट कति टोलीको कोटा निर्धारण गरेको छ ?

आठ


१२. अनौपचारिक सेवा केन्द्रद्वारा २८औँ प्रकाश मानव अधिकार पुरस्कार (२०७९ साउनमा) कसलाई प्रदान गरियो ?

दलिया मुक्ति अभियन्ता राजुराम भुल (पुरस्कार राशि ः रु. ५० हजार)

राजुराम भुल वि.सं. २०६४ मा सम्पन्न हलियाको प्रथम सम्मेलनबाट गठित राष्ट्रिय हलिया मुक्त महासङ्घ नेपालको केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो ।

उहाँको अगुवाइमा देशव्यापी रूपमा सञ्चालन गरिएको आन्दोलनको प्रभावस्वरूप २०६५ भदौ २१ गते सरकारले हलियाका माग सम्बोधन गर्दै हलिया प्रथा अन्त्यको घोषणा गरेको थियो ।


१३. यूएनओले अन्तर्राष्ट्रिय पोषण दशकका रूपमा घोषणा गरेको अवधि कुन हो ? 

सन् २०१६–२०२५


१४. भैरहवामा निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कुन हुने भएको छ ?

हङ्गेरीको ‘विज एयर’ 

सन् २०२२ अक्टोबर ३० देखि अवुधावी–भैरहवा (सातामा तीन दिन) उडान गर्न विज एयरले अनुमति मागेको।

युरोपेली देश हङ्गेरीको ‘अल्ट्रा लो कस्ट’ एयरलायन्स विज एयरले मध्यपूर्व एसियाको दुवईलाई हव (आधार) बनाएर उडान गर्दै आएको।

२०७९ जेठ २ देखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले दैनिक तीनवटा उडान गर्दै आइरहेको छ।

यात्रुको चाप राम्रो भएपछि जजिराले सन् २०२२ सेप्टेम्बर १५ देखि दैनिक एक उडान गर्ने भएको।


१५. नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले उत्कृष्ट इन्जा खोजी पत्रकारिता पुरस्कार कसलाई प्रदान ग-यो ?

पत्रकार गजेन्द्र बुढाथोकी (सन् २०२२ जुलाईमा) 

अन्तर्राष्ट्रिय कम्पनी कोकाकोलाले नेपालमा कर छली गरेको विषयलाई पत्रकारिताको माध्यमबाट सूचना सम्प्रेषण गरी राज्यलाई करिब सात अर्ब राजस्व असुल गर्न सहयोगी भूमिका निर्वाह गरेकाले उनलाई सो पुरस्कार प्रदान गरिएको जनाइएको ।

त्यस्तै बौद्धिक पत्रकारिता पुरस्कार नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्लेलाई प्रदान गरिएको।


१६. नेपालसँग दौत्य सम्बन्ध कायम भएको १७७औँ राष्ट्र कुन हो ?

ट्रिनिडाड एन्ड टोवागो (सन् २०२२ जुन १६)


१७. गण्डकी प्रदेशको संसद्बाट नेपालको चुच्चे नक्सा कहिले पारित गरियो ?

वि.सं. २०७९ साउन १४

(प्रदेश सभा नियमवलीको अनुसूची ८ मा रहेको प्रदेश सभाको प्रतीक चिह्न (लोगो)मा समावेश नेपालको परिमार्जित नक्सालाई समावेश गर्ने प्रस्ताव पारित गरिएको ।)


१८. युरो महिला फुटबल च्याम्पियनसिपको उपाधि कसले जित्यो ?

इङ्ग्ल्यान्ड

इङ्ग्ल्यान्डले सन् २०२२ जुलाई ३१ मा भएको फाइनल खेलमा जर्मनीलाई २–१ ले हराएर सो उपाधि जितेको ।

इङ्ग्ल्यान्डको महिला फुटबल टिमले प्रमुख प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो ।


१९. संयुक्त राष्ट्रसङ्घमा हालसम्म सबैभन्दा बढी भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ? 

रुस (१२० पटक, सन् २०२२ फेब्रुअरीसम्म), दोस्रो ः अमेरिका 


२०. राष्ट्रसङ्घीय महासभाले रुसलाई मानव अधिकार परिषद्बाट कहिले हटाएको हो ? 

सन् २०२२ अप्रिल ७ 


२१. हाल नेपाल सरकारबाट वैदेशिक रोजगारीका लागि खुला गरिएका राष्ट्र कति रहेका छन् ? 

१११

वैदेशिक रोजगारीका लागि खुला गरिएको १११औँ राष्ट्र सर्विया हो। 

यससम्बन्धी निर्णय वि.सं. २०७९ वैशाख १२ अर्थात् सन् २०२२ अप्रिल १ मा भएको। 

वैदेशिक रोजगारीका लागि खुला गरिएको ११०औँ राष्ट्र उज्वेकिस्तान हो। 


२२. अन्तरिक्षमा हिँड्ने पहिलो चिनियाँ महिला को हुन् ? 

वाङ यापिङ


२३. मुलुकभर हाल कति कारागार छन् ?

७४ 

वि.सं. २०७९ असारसम्मको तथ्याङ्कअनुसार देशभरका ७४ कारागारमा २६ हजार २४० कैदी बन्दी रहेका।

कैदी बन्दीमध्ये सवैभन्दा धेरै (२७ प्रतिशत, ७११८) बलात्कार मुद्दाका रहेका।

त्यस्तै कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दाका ५,४४६, लागूऔषध मुद्दाका ४८४४, चोरी मुद्दाका २५६९, सवारी ज्यान÷अङ्गभङ्ग मुद्दाका ९४५, मानव बेचबिखन मुद्दाका ७३२ एवं अन्य मुद्दाका ४५८६ कैदी बन्दी रहेका । 

अपराध न्यूनीकरणका लागि दण्ड दिने सिद्धान्तअनुरूप कारागारको व्यवस्था भएको। यस अवधारणाअनुरूप संसारकै पहिलो कारागार सन् १६२५ मा बेलायतमा बनेको ।

नेपालमा पहिलो पटक वि.सं. १९७१ मा कारागार (हालको केन्द्रीय कारागार) स्थापना गरिएको।

विश्वमै अपराध नियन्त्रणका लागि मूलतः दण्डात्मक र सुधारात्मक दुई दृष्टिकोण कार्यान्वयनमा रहेका। अभियुक्तलाई बन्दी बनाउने, जरिवाना भराउनेदेखि मृत्युदण्ड दिनेसम्मका कार्य अपराध नियन्त्रणको दण्डात्मक विधि हुन् तर यो विधि नै अपराध नियन्त्रणको अन्तिम विकल्प होइन । सुधारात्मक विधि उत्तम भए पनि धेरै मुुलुकमा यो विधि लागू भएको पाइँदैन ।


२४. कतार विश्वकप फुटबलको अफिसियल बल कहिले सार्वजनिक गरिएको हो ? 

सन् २०२२ मार्च ३०

(एडिडास कम्पनीद्वारा निर्माण गरिएको यस बलको नाम अल रिहला रहेको। जसको अर्थ दी जर्नी अर्थात् यात्रा रहेको।)

प्रस्तुतकर्ता : टङ्क के.सी.