• १६ चैत २०८०, शुक्रबार

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

blog

१. बेलायतको नयाँ राजा को बनेका छन् ? 

चार्ल्स  तृतीय

बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयको निधनपछि उनका जेठा छोरा चाल्र्स त्यहाँको राजा चाल्र्स तृतीय बनेका हुन्। 

यससँगै उनी १४ वटा राष्ट्रमण्डल देशका राष्ट्रप्रमुख पनि बनेका छन्। 

महारानी एलिजाबेथ द्वितीयको सन् २०२२ सेप्टेम्बर ८ मा निधन भएपश्चात् सोही दिन चाल्र्स तृतीयलाई राजगद्दी हस्तान्तरण गरिएको थियो। चाल्र्सलाई सेप्टेम्बर १० मा लन्डनको सेन्ट जेम्स दरबारमा एक्सेसन काउन्सिल सदस्यमाझ औपचारिक रूपमा राजा घोषित गरिएको हो। 

७३ वर्षीय चाल्र्स संसारकै सबैभन्दा बढी उमेरमा गद्दी आरोहण गर्ने राजासमेत हुन्। चाल्र्स राजा बनेसँगै उनकी पत्नी क्यामिला रानी बनेकी छन्। 

महारानी एलिजाबेथ द्वितीय र प्रिन्स फिलिपका जेठा छोरा चाल्र्स ब्रिटिस सिंहासनको उत्तराधिकारी थिए। 

चाल्र्स फिलिप आर्थर जर्जको जन्म सन् १९४८ नोभेम्बर १४ मा भएको थियो। जन्मेसँगै उनी सिंहासनको दोस्रो पङ्क्तिमा थिए। हजुरबुवा राजा जर्ज छैटौँको निधनपश्चात् चाल्र्सको आमा एलिजाबेथ द्वितीय बेलायतकी महारानी घोषित भइन् भने चाल्र्स राजसिंहासनको स्वाभाविक उत्तराधिकारी बनेका थिए। 

चाल्र्सले सन् १९८१ मा लेडी डायना स्पेन्सरसँग विवाह गरेका थिए। लेडी डायनासँग सन् १९९६ मा सम्बन्धबिच्छेद भएपश्चात् सन् २००५ मा क्यामिलासँग दोस्रो विवाह भएको हो।


२. तेस्रो चरणको बहुक्षेत्रीय पोषण कार्यक्रम कहिलेदेखि सुरु गर्न थालिएको छ ? 

सन् २०२३

सन् २०१३ मा सुरु भएको यो कार्यक्रम पहिलो चरणमा ३० जिल्लामा सञ्चालन गरिएको। 

दोस्रो चरण (सन् २०१८–२०२२) सम्ममा यो कार्यक्रम ७२ जिल्लामा सञ्चालन भएको। 

तेस्रो चरणको कार्यक्रम सन् २०२३ देखि २०३० सम्म सञ्चालन हुने।

मातृ तथा बाल्यावस्थामा हुने कुपोषणलाई द्रुत गतिमा न्यूनीकरण गर्न सरकारले यो योजना कार्यान्वयनमा ल्याएको। 

सरकारले सन् २०२३ देखि ७७ वटै जिल्लामा सञ्चालन गर्ने भएको। 

नेपाल सरकार, युरोपेली सङ्घ र युनेस्कोको प्राविधिक तथा आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको।

गरिबी न्यूनीकरण गरी खाद्य सुरक्षा कायम गर्ने र पोषणयुक्त कार्यक्रम प्राथमिकताका साथ अगाडि बढाउने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको। 

सरकारले बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन गर्न आ.व. २०७९÷८० को बजेटमा ६७ करोड रुपियाँ विनियोजन गरेको। 

यो योजनाअन्तर्गत स्वास्थ्य क्षेत्रबाट सुष्म पोषण तŒवको वितरण, मातृ तथा बाल्यकालीन आहार एवं स्याहार माध्यम तथा कडा शीघ्र कुपोषणको उपचार व्यवस्थापन, नवशिशु बालरोग व्यवस्थापन गरिने। 


३. तत्कालीन सोभियत सङ्घका अन्तिम राष्ट्रपति मिखाइल गोर्भाचेभको निधन कहिले भएको हो ? 

सन् २०२२ अगस्ट ३० (९१ वर्षको उमेरमा)

उनले १९८५ देखि ९१ सम्म सोभियत सङ्घको राष्ट्रपति भई कार्यभार सम्हालेका। 

कैयौँ पटक विश्वलाई आणविक युद्धको डिलमा पु¥याएको शीतयुद्धलाई शान्तिपूर्ण अन्त्य गर्न सफल मानिने गोर्भाचेभ सोभियत सङ्घको पतन रोक्न भने असफल रहेका। 


४. Green Cross International को संस्थापक अध्यक्ष को हुन् ?

मिखाइल गोर्वाचेभ


५. नेपालमा खुलेको पहिलो प्रादेशिक विश्वविद्यालय कुन हो ?

गण्डकी विश्वविद्यालय (गण्डकी प्रदेश) 


६. क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो गाउँपालिका हुम्लाको नाम्खा (२४१९.६४ व.कि.मि.) हो भने सबैभन्दा सानो गाउँपालिका कुन हो ?

परवानीपुर (बारा), १५.४८ व.कि.मि.

क्षेत्रफलका आधारमा सबैभन्दा ठूला पाँच गाउँपालिका क्रमशः नाम्खा (हुम्ला), मुगुमकार्मारोङ्ग (मुगु), फाक्ताङलुङ (ताप्लेजुङ), चुमनुब्री (गोरखा) र खुम्बुपासाङ ल्हामु (सोलुखुम्बु)

क्षेत्रफलका आधारमा सबैभन्दा साना पाँच गाउँपालिका क्रमशः परवानीपुर (बारा), यमुनामाई (रौतहट), दुर्गाभगवती (रौतहट), विश्रामपुर (बारा) र प्रसौनी (बारा)


७. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिकामा कम्तीमा कति वडा हुनुपर्ने व्यवस्था छ ?

पाँच (बढीमा २१ वडा)

(नगरपालिकामा कम्तीमा नौ वडा र बढीमा ३५ वडा हुने गरी निर्धारण गर्नुपर्ने प्रावधान रहेको ।)


८. क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो नगरपालिका कुन हो ?

शीतगङ्गा (अर्घाखाँची), ६१०.४३ व.कि.मि.

क्षेत्रफलका आधारमा सबैभन्दा ठूला पाँच नगरपालिका क्रमशः शीतगङ्गा (अर्घाखाँची), आठबीसकोट (रुकुम), त्रियुगा (उदयपुर), सोलुदूधकुण्ड (सोलुखुम्बु) र कमलामाई (सिन्धुली) 

क्षेत्रफलका आधारमा सबैभन्दा साना पाँच नगरपालिका क्रमशः भक्तपुर (भक्तपुर), कीर्तिपुर (काठमाडौँ), टोखा (काठमाडौँ) र गौर (रौतहट) 


९. नेपाल सरकारले ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ ‘नागरिक एप’ को शुभारम्भ कहिले गरेको हो ?

वि.सं. २०७७ माघ २


१०. नेपालमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाउन कहिलेदेखि थालिएको हो ?

सन् २००४


११. प्रदेश १ साक्षर घोषित कहिले भएको हो ? 

वि.सं. २०७९ भदौ २३

युनेस्कोद्वारा १२ मापदण्डलाई आधार बनाई प्रदेशलाई साक्षर घोषणा गरिएको। 

प्रदेशका १४ जिल्लामा रहेका १३७ पालिकामा १५ देखि ६० वर्ष उमेर समूहका ९६.७४ प्रतिशत साक्षर रहेको जनाइएको। 

१२. निकृष्ट बालश्रममुक्त घोषणा हुने देशकै पहिलो नगर कुन हो ?

हेटाैँडा उपमहानगरपालिका 


१३. काठमाडौँ उपत्यकामा हर्न निधेष (नो हर्न क्षेत्र) सम्बन्धी व्यवस्था कहिलेदेखि भएको हो ?

वि.सं. २०७४ वैशाख १


१४. विश्वको पहिलो महिला प्रधानमन्त्री को हुन् ?

सिरिमाओ वन्दरानायके, श्रीलङ्का

(सन् १९६० मा प्रधानमन्त्री बनेकी।)


१५. ग्रीष्म याममा समुद्रबाट जमिनतर्फ र हिउँद याममा जमिनबाट समुद्रतर्फ बहने वायु कुन हो ?

मनसुनी वायु 


१६. विश्वमा क्रेडिट कार्डको प्रयोग गर्ने पहिलो राष्ट्र कुन हो ?

अमेरिका 


१७. बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन कहिले भएको हो ? 

सन् २०२२ सेप्टेम्बर ८ 

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा स्कटल्यान्डस्थित बालमोरल दरबारमा निधन भएको हो। 

सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन्। उनी विश्वमै पनि लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा फ्रान्सका लुइस चौधौँपछि दोस्रो स्थानमा रहेकी राष्ट्राध्यक्ष हुन् । 

सन् १९३६ डिसेम्बरमा राजा एडवर्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि सिंहासन त्याग्ने निर्णय लिएपछि उनलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुलेको थियो। उनका पिता राजकुमार अल्बर्टलाई राजा जर्ज चौथोको उपाधि मिलेपछि जेठी छोरी एलिजाबेथ उत्तराधिकारी बनेकी थिइन् । 

उनी सन् १९५२ फेब्रुअरी ६ मा २५ वर्षको उमेरमा राजगद्दी आरोहण गर्न सफल भएकी थिइन्। 

दोस्रो विश्वयुद्धपछि बेलायत आर्थिक तथा राजनीतिक रूपमा तङ्ग्रिने प्रयास गरिरहेका बेला उनले गद्दी आरोहण 

गरेकी थिइन्। 


१८. सिद्धार्थ गौतम बुद्धको धर्मपत्नी को हुन् ?

यशोधरा

यशोधराको जन्म रुपन्देहीको पूर्वी क्षेत्रमा पर्ने कोलीय राज्यको देवदहमा भएको।

अमृता र सुप्पबुद्धको कोखबाट यिनको जन्म भएको।

सिद्धार्थ र यशोधराको कोखबाट एक छोरा राहुलको जन्म भएको।


१९. उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)को स्थापना कहिले भएको हो ?

सन् १९४९ अप्रिल ४


२०. हिन्द महासागर र बङ्गालको खाडीमा चल्ने वायुलाई के भनी चिनिन्छ ?

साइक्लोन 

(थार तथा गोबी मरुभूमिमा बहने तातो हावालाई ‘लु’ भनी चिनिने।)


२१. ब्लड मनी भनेको के हो ?

मृत्युदण्डको सजाय पाएको व्यक्तिको पक्षले पीडित पक्षलाई क्षतिपूर्ति दिई आरोपी पक्षलाई बचाउने गरी दुवै पक्षको हित गर्न गरिने रकमको आदानप्रदान


२२. ग्रामी अवार्ड कुन क्षेत्रसँग सम्बन्धित छ ?

सङ्गीत 

(यो अवार्ड पहिलो पटक सन् १९५४ मे ४ मा प्रदान गरिएको।)


२३. नेपालको संविधानको कुन धारामा प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी व्यवस्था छ ?

धारा २४४

(संविधानको धारा २४४ मा यससम्बन्धी व्यवस्था गरिएको। प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानुनबमोजिम हुने। साथै सोही धाराको उपधारा ३ मा सङ्घीय संसद्ले कानुन बनाई आधार र मापदण्ड निर्धारण गर्ने उल्लेख ।)


२४. नेपालकै ठूलो विद्युतीय सब–स्टेसन कहाँ रहेको छ ?

धनुषाको ढल्केबर 

चार सय केभीको यो सब–स्टेसन वि.सं. २०७७ माघ १९ मा उद्घाटन गरिएको।

यो सब–स्टेसन निर्माण सकिएपश्चात् ढल्केबर–मुजफ्फरपुर लाइनसहित सञ्चालनमा आएको।

यो सब–स्टेसनमा ३१५ एमभीए क्षमताका तीनवटा ४००÷२०० केभी रियाक्टर जडान गरिएको। 

चार सय केभी सब–स्टेसनबाट करिब ९ सय मेगावाट विद्युत् चार सय केभी र २२० केभीमा आदानप्रदान गर्न सकिने।

यो सब–स्टेसन नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको।


२५. नेपालमा पहिलो विद्युतीय राहदानी कसलाई प्रदान गरियो ?

सत्यमोहन जोशी (वि.सं. २०७८ मङ्सिर १)

नेपालमा राहदानीको सुरुवात गर्ने व्यक्ति भीमसेन थापा हुन्।

नेपालमा हस्तलिखित राहदानीको सुरुवात वि.सं. २०१९ मङ्सिर ४ बाट भएको।

नेपालमा एमआरपीको सुरुवात वि.सं. २०६७ पुस ११ बाट भएको।

२६. प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?

भीमशमशेर


२७. हरित सहर भनी हेटौँडालाई चिनिन्छ भने गुलाबी सहर भनी कुनलाई चिनिन्छ ?

वालिङ

(त्यसैगरी सेल्फी सहर भनी धनकुटा, फ्री वाईफाई नगर भनी मटिहानी तथा बालमैत्री स्थानीय शासन नगर भनी देवचुली र सुनवललाई चिनिने।)


२८. मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस कहिले मनाइन्छ ? 

भदौ २०

वि.सं. २०७९ भदौ २० मा ‘तीनै तहको सरकार ः मानव बेचबिखनविरुद्धको सरोकार’ भन्ने नाराका साथ १६औँ दिवस मनाइएको। 

प्रस्तुतकर्ता : टंक के.सी.